Monday, 27 November 2017

...

उनी,
को थिइन्?

मनमा हलचल हलचल भए भए झैँ गरेर
अपुग एक मीठो सपनाबाट ब्युझेँ ब्युझेँ झैँ बनेर
उनी मेरो चेत
भुलाउने को थिइन्?
उनी एक हेराइमा,
मलाई बुझाएर अर्को कथाको,
मलाई जनाएर अर्कै सन्सारको,
चैन हरेर,
लग्ने को थिइन्?

मन कस्तोकस्तो? कस्तो भएर गो!
मन कस्तोकस्तो?
बनाइदिने,
उनी को थिइन्?
मनमा तुफान,
ल्याइदिएर,
स्मरणमा नबसिकनै लोप
भएर जाने को थिइन्?
को?

अदृश्य भएर गइन्? हराएरै गइन्!
उनी को थिइन्?
मलाई पत्तो सम्म भएन!
हुँदै भएन,
उनी को थिइन्, को?
मीठो यादमा लुकेर रहनेछिन्!
मीठो यादमा सधैँ सधैँ रहनेछिन्!
मलाई तर कइलेइ था हुनेछैन!
उनी को थिइन्?
को थिइन्!