Saturday, 17 October 2020

चलचित्र समिक्षा: Selfie King

चलचित्र "सेल्फी किङ" हेर्ने अवसर युट्युब बाटै भो। हल गएर नहेर्ने, नेपाली फिलम लाई केही रुचाउने, केही मन नपराउने तर प्रशंसा भने गर्न पछाडि नपर्ने एक जमात पनि छ; भलै धेरैले त्यति खुलेर मन भने नपराउन् नेपाली फिलम लाई...यस्त अवसर युट्युबले दिएकै छ। बिपिन कार्की अभिनित चलचित्र हुनाले यसमा दर्शकको रुचि र चाँसो हुने भइहाल्यो। फिल्म को निर्माण र प्राविधिक पक्ष भन्दा पनि कथात्मक प्रयास र अभिनिय प्रयास एक हिसाबले समिक्षा योग्य र अन्य चलचित्र भने हेर्न योग्य रहेको मेरो समिक्षा रह्यो।



नेपाली कलाकारको जीवनमा आधारित चलचित्रले बोलेको कथा वास्तविक नै देखिन्छ। कलाकारको जिन्दगी सुखमा बित्ने, आरामदायी र मोजमा बित्दछ भने नेपालीका मानसिकता रहेको विषयलाई खल्बल्याउँदैँ; अरुका जीवन जस्तै -ट्रक चालक जस्तै- हुने गरी दाँजिएर यस चलचित्र कथा बताउने प्रयत्न गर्छ। रक्सी र अनैतिक सम्बन्ध, घर परिवार देखि टाढापन, आफ्नै बाबु बाट टाढा जस्ता विषयबाट आम व्यक्ति भन्दा कुनै पनि फरक नभई, पर्दामा देखिए झैँ जिन्दगी कत्ति पनि नहुने कथाले प्रष्ट पार्दछ ।

कथा सार:
सेल्फी किङ "गोपाल दाहाल" साना पर्दाबाट ख्याती प्राप्त हास्य कलाकार हुन्। आफ्ना बाबु बाट उनको यस पेसा प्रति त्यति खुसी नभएका सेल्फ किङ सबै सामु चर्चित छन्। उनका बाबु सेल्फी किङकै कार्यक्रम हेर्दा हेर्दै स्ट्रोकले ग्रसित भई उपचारत अस्पतालमा जीवनको अन्तिम अवस्था सम्म पुग्दछन्। यस क्रममा कार्यक्रमका लागि सल्लेरी (सोलुखुम्बु) मा जानै पर्ने दोधारत्मक निर्णय बाट सल्लेरी जान्छन्। आयोजक बाट अवेहलना वा बेवास्ता  सहदैँ कार्यक्रमको समय सम्म बाबुको देहान्त भएको खबर पाउँदछन्। बाबु लाई अन्तिममा देख्न भए पनि कार्यक्रम लाई त्यति ध्यान नदिइ काठमाण्डौँ फर्कने प्रयास गर्दछन्।
यी र यीनै घटनाक्रममा सेल्फी किङको पात्र विकास, चरित्रको प्रकाश पारिन्छन् भने विभिन्न व्यक्तिको धारणा पनि दर्शाइन्छन्।


बलियो पक्ष
नेपाली विषयको कथा हुनाले, असान्दार्भिक लाग्रे अन्य चलचित्र भन्दा चलचित्र वास्तवमै उत्कृष्ट लाग्दछ। कलाकार छनोट, अभिनय पक्ष पनि बलियो नै भएको मान्न सकिन्छ। चलचित्रले चुनेको विषय नै यसको बलियो पक्ष हो। हास्य कलाकार भित्रको रोदन र पिडा, अब्यस्त जिन्दगीको वास्तविक दृश्यलाई नै सामान्य व्यक्ति झैँ हुनु नै कथाले प्रस्तुत गरेको त्रासदी हो।
बाबु र छोरा को सम्बन्ध पनि बोकेको हुदाँ कहीँ कहीँ "कर्णाली ब्लुज" पढेका दर्शक लाई (जस्तो मलाई नै) बाबु छोराको सम्बन्ध बारे पनि केही छोएको आभास हुन सक्दछ। मृत्यु, बिछोड र पश्चाताप जस्ता विषय पनि घोलिएको हुदाँ सम्बन्ध पनि केही क्षण, सो विषय पनि प्रस्तुत हुन्छ।  यद्यपी, कथाको मुख्य उद्देश्य भने त्यो अलिक होइन। जे होस्, मुख्य पात्र परिवार बाट टाढा रहेको प्रस्ट हुन जान्छ।


कमजोर पक्ष
नेपाली चलचित्र, सधैँ २ घन्टा भन्दा पनि बढी हुनु आफैँमा कमजोरी हुन सक्दछ। कथा केही दृश्यले भन्न नसक्नु र बढी ‍संवादको प्रयोग बाट पनि कथा अप्रष्टिनु यो चलचित्रमा पनि कमजोरी हो। 
पात्रले अरुलाई हसाउँनु आफ्नो कर्तब्य भनी हिडेँ पनि रक्स्याहा बानीले उनलाई आफु त्यति त्यस प्रति लगाव नभएको देखाउँछ। उक्त बानीले दर्शकमा, पात्र प्रति, त्यति  सहानुभूति प्रकट नगर्न सक्दछ, वा चलचित्रको त्यो उद्देश्य नहुन सक्दछ।
व्यक्तिगत रुपमा, कथाको प्राविधिक पक्षमा अन्य चलचित्र भन्दा भिन्न भएको महशुस हुदैँन। नेपाली चलचित्र हाल जुन किसिमले आवाज, पर्दाको रङको सम्मिश्रण - उज्यालोमा त्यति भिन्न भएको महशुस भने हुदैँन।

 
सुझाव
थोरै दृश्य खिचेर वा थोरै सम्वादको प्रयोग बाट पनि धेरै कुरा, अर्थपूर्ण बताउन सक्ने चलचित्रको कलात्मक पक्ष पनि चलचित्रहरुले पक्ष्याउनु पर्छ। कथा छनोट भने चलचित्रकै बलियो पक्ष सेल्फी किङको मान्न सकिन्छ। कथा कत्ति पनि विचलित नभई चलचित्र भर बताउन सकेको विषयमा भने निर्माताहरुको प्रशंसा गरिनै पर्छ। अन्य चलचित्र निर्माताहरुलाई नेपाली कथा भने पछि, नेपाली समाजकै, यस्ता कथा छनोट गरिनुपर्न सुझाव हो। 


समग्रमा चलचित्र उत्कृष्ट र नेपाली परिवेश सु‍हाउँदो, र सान्दार्भिकता भने बोकेको छ। नवनिर्देशक/लेखक बाट बनेको चलचित्र बाट यस चलचित्रमा आसयोग्य प्रयत्न भएको मान्न सकिन्छ। 


No comments:

Post a Comment