Monday, 5 September 2016

यसो ब्लग लेखम् कि भनेर...

फ्नै उमेरकाले किताब लेखी भ्याए । कोइ छन्दका विज्ञ बनिसके, कोइ कविका पनि महाकवि बनी भ्याए । केइले युरोप गएर फुटो खिचेर फेसबुकमा हालेका हालेइ । केइ अमरिका पुगेर मोटाएर नचिनिने बनेको पनि हेरियो, त्यै फेसबुक बाट । एक जनाले कुखरो पालन थालेर नमुनै बनिसक्यो । अरूद्वारा गरिएको भनेर मैले अर्थ्याएको प्रगति आफ्नो भने शून्य छ । खै कुन त, अइले सम्मै प्रगति गरिनस्? भन्दा धेर थोर ब्याचलरे हुँ भनेर धक्कु देखाउन सक्छु कि झैँ लाग्छ । आ... होइन प्रगति गरेकै होस् त भन्दा उल्लेख्य चाँइ गर्न सकिन है बाबै! दुनियाँले चिनिदिने जानिदिने यो अनुहार बनी सकेको चाँइ छैन ।


   मान्छेको प्रगति यइ पैसो चिजको अजीव शक्तिमै नअल्झिएको भनौँ कसरी? मास्टर्स-पिएचडी इन्द्र र जुनै भष्मे डन वाला ज्ञान पाए पनि भैरवेको भूँडीकै जय! राम्रो जागिर र रूपैँया भन्दा पार लाउन सकिएको देखिएन । अँ, साँची प्रगति त्यसरी नै भनिएको हो, अलि कमाएका र शहर-बजार तिर जग्गा किनि राख्ने र घर ठड्याउनेहरूले नै प्रगति गरेको मानिन्छ । धान उम्रने ठाउँमा बनेको आलिसान बङ्लामा बसेर घरको गमलामा शब्जी लाउने एकै थरी हुदाँ रैचन् के! प्रगति अर्थ्याउने त्यइ देख्या हुँ ।

   प्रगति भनेपछि दुर्गति के त? रक्सी खाएको, दुर्लभ मानव बोको बनेको, मुस्किलले कमाएको पैसो खर्च गरेको... यी नै कुराहरलाई भनिंदो रहेछ तर ती सबै पनि नगर्ने तर एक सुको दाम सम्म नकमाउनेलाई के भन्नु? जानिएन । आफू त्यहीँ ग्याङको केटागोरी तिर... अनि सोचेँ आ... लेखदिम् न त ब्लग, अरूले पडे पनि नपडे पनि के? फेसबुकका स्टयाटस् त कल्ले पड्लान् झैँ लाग्च? लेख्दिम्, लेख्दिम् भनेर सुरू गरम् झैँ लाग्या भ'र आजको दिन बाटै कुनै तिथि मिति साइतै नहेरिकनै सुरू गर्दैछु । कोइ याँ सम्म पड्दैहुनुहुन्थ्यो भने, यो शब्दहरू बाटै धन्यबाद ।
 
   लौ त, यसो प्रगति-दुर्गतिका कुरा सोच्न लाउँदैँ आज बाट यसो बलक बलक गर्ने दिमागलाई ब्लग लेखाउन पर्यो । त्यत्ति हो । लौ त, यसो पढिदैँ गर्नुहोला! :D

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...