म देख्दछु बल्दै गरेको आगो,
त्यसमा बुद्धको शीर प्रष्ट बन्छ,
त्यो ठुलो सिक्का बन्छ,
अनि सुर्य बन्छ।
म देख्दछु बल्दै गरेको आगो,
त्यसमा बुद्धको शीर प्रष्ट बन्छ,
त्यो ठुलो सिक्का बन्छ,
अनि सुर्य बन्छ।
मित्र, मुला साग!
यादहरूमा नआउनु भो,
अब त सम्झन लाई कारण रहेन।
भुलेर पनि सम्झिन्नँ भो,
अब त सम्झन लाई कारण रहेन।
सम्झेर पनि के अर्थ रह्यो र?
अब त तिम्रो यादका कुनै कारण रहेन।
----
बाख्रा पाले पो देश बन्छ!
बाइक पालेका छौँ,
अनि कसरी हुन्थ्यो?
गाई पाले पो देश बन्छ!
नेता पालेका छौँ,
अनि कसरी हुन्थ्यो?
कुखुराहरु पाले पो देश भन्छ!!
कुकुरहरु पालेका छौँ,
अनि कसरी हुन्थ्यो?
शहर मात्र फुक्दो छ,
गाउँ रित्तिदों छ,
अनि कसरी हुन्थ्यो?
जति जान्दिँन, त्यति जान्दै म जान्छु।
जति जान्दछु, त्यति बुझ्दै म हुन्छु।
जति बुझ्छु, त्यति बुजिदैँ म हुन्छु।
जति बोल्दिँन, त्यति अर्थिदैँ जान्छु,
जति अर्थिन्छु, झन् चुप म हुन्छु।
जति हेर्दछु, त्यति साँगुरिदैँ म जान्छु,
जति साँगुरिन्छु, तेती उघारिन खोज्छु।
कहीँ हुर्किएँ झैँ लाग्छ,
कतै कलिलै झैँ पाउँछु।
कहीँ मस्तिष्कले वयस्क बताउँछ,
त्यहीँ नजान्दो बनेर उभ्याउँछ।
म जाने झैँ गरी नायक बन्छु,
तर, अभिनयमा कच्चा निस्कन्छु।
कहीँ पुष्प झैँ बनेर सुवास छरुँ,
तहीँ अझै म कोपिला हुन्छु।
खै! कसो गर्ने हो?
न अब आसाहरु रहे, न रहे सपनाहरु...
उद्घोष मात्र उद्घोष, र बाचा मात्र बाचा...
मेरा पाइलाहरु, यिनै गल्ली र चोकमा,
र शहरका अधेँरा कुनामा, पाङ्ग्रा झैँ घुम्दछ।
खै! कसो गर्ने हो?
न कहीँ पुग्दछु, न कहीँ उठ्दछु,
जाग्दछु र पनि अचेत... बन्द ओठका
शब्दहरु बोल्दिँन।
रातहरु सुत्छन्... म सुत्दिँन।
दिन उजेलिन्छ... म हुँदिँन।
अब आउँदिन म!
चोकचोकमा हल्लाहरु लिएर, क्रान्ति लिएर!
क्रोध लिएर, इतिहास बनेर!
खै! कसो गरेर बोलाउँछौँ?
तिम्रो हिसाब मिलाउन!
म सक्दिँन भो!
तिम्रा उद्घोष मात्र उद्घोष, र
बाचा मात्र बाचा सुनिदिन!
आइदेऊ नेपाली तिमी,
कृषिमा पाखुरी लिएर,
माटोमा भविष्य खोज्न,
पसिनाको अर्थ बुझेर,
आइदेऊ नेपाली तिमी
कृषिमा भविष्य बनेर,
आकाश मुनि,
बादलका भुवाहरुसँग
मितेरी गाँसेर,
उकाली ओराली गर्दै,
डाँडा-काँडा र पाखो-बारीमा,
जोश फलाउन...
आइदेऊ नेपाली
नेपालको कृषिमा
क्रान्ति लिएर,
भर कसैमा परेर हुदैँन,
गुनासा अब कसैलाई गरेर हुदैँन,
माटोमा बिउ फल्छ ...
गुनासा फल्दैन,
माटैमा बेर्ना फल्छ ...
सामाजिक-सन्जालका
गफ फल्दैन,
डाहा र अल्छी
फल्दैन,
त्यसैले
आइदेऊ नेपाली
कृषिमा साहास लिएर,
चुनौती पन्छाउँदै तिमी
कर्मको बाटो लिएर,
अफ्ठ्यारा जरुर छन्,
हरेश नखानु तिमी,
विदेशका सपना बोकेर
देश नबिर्सनु तिमी,
आइदेऊ नेपाली तिमी
अठोट लिएर,
प्रविधि बोकेर
सपना बोकेर
...तिम्रै त खाँचो छ...
आइदेऊ नेपाली तिमी
कृषिकै बाटो रोजेर...
Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...