Showing posts with label movies. Show all posts
Showing posts with label movies. Show all posts

Monday, 1 February 2021

चलचित्र समिक्षा "आमा" - Film Review "Aama"

कोरोनाको कारणले, पाइरेसीको प्रकोपले, युट्युबको युगमा; हलमा लाग्न नपाउँदैँ, विदेशमा त्यति साह्रो घुम्न नपाउँदैँ शुक्रबार अति नै सुहाउँदो बनाएर "आमा" नामक चलचित्र प्रदर्शन भएको पाइयो। आर्थिक रुपमा चलचित्रले कति आर्जन गर्यो, गरेन, त्यस प्रति मेरो अलिक चाँसो नभई—फिल्म साह्रै राम्रो बनेको भन्नु, नेपाली चलचित्रको थोरै-बहुत प्रशंसा गर्नु र केही समीक्षा गर्ने प्रयन्त यसमा गर्दछु। तर, चलचित्र लाई समिक्षकले पुरै कथा बताइदिने गरी लेखिदिनु हुदैँन भन्ने बुझ्दै आएको हुँदा, सम्पुर्ण प्रकाश पार्ने चाहीँ खोज्दिँन। फेरी यसो भन्दा म समिक्षक स्वयं नभई दर्शक हुँदा, यदी भुलेर वा झुक्केर कथै बताएँ भने बताएँ! कोही यी अनुच्छेदहरु पढ्दै छन् भने, उसले चलचित्र हेरिसकेको हुनुपर्ने म विश्ववास राख्दछु।




कथा-वस्तुः

नेपाली चलचित्रले नेपालीपन बोल्नुपर्छ भन्ने कुरा प्रष्ट बोलेकोमा चलचित्र आफैँमा निपुण बनेर पोखिएको छ। नेपाली परिवेशमा बाग्लिदैँ गरेको विदेश पलायनले भइरहेको "पुत्र वियोग", "पारिवारिक विछोड" जस्ता सामाजिक समस्याले मुख्यतः -आमा- मा परेको विषय चलचित्रले टिपेको छ। आर्थिक कठिनाइ र हामी नेपाली, अस्पतालको हालको उदाङ्गो व्यवसायिक मानसिकतामा अल्झिनु परिरहेको वास्तविकता लाई लिएर चलिचित्र अघि बढ्दछ। बिरामी परिवारका सदस्यलाई अस्पतालमा लगेपछि, बिरामी सदस्यलाई उपचार निम्ति परिवारका सदस्यहरु यस तर्फ लाग्दछन् - चलचित्रको मुख्य कथा यही हो। यस क्रममा विभिन्न पात्रको मनोवश्था प्रकाश पारिदैँ जान्छन्।

आफ्ना बाबु मृत अवस्था सम्म पुग्दा छोरा भेट्न आउन नपाउनु वा नसक्नु, आफ्नो सन्तान जन्मिदाँ पनि भेट्न आउन नपाउनु, नाती खेलाउन पनि विदेश पुग्नु पर्ने जस्ता - धेरै - मसिना तर आजका समयमा वास्तविक रुपमा देखा परेका विषयलाई चलचित्रले, नेपाली समाज पारिवारिक स्थिति बाट एक्लिदैँ गइरहेको, गह्रुङ्गो त्रसादी नै चलचित्रले बोलेको छ। 


राम्रा पक्षः

अन्य चलचित्रले झैँ नानाथरी डिस्को डानस नदेखाई कथा सल्लल बग्नु नै फिल्मको अति प्रशंसा योग्य पाटो हो। मुख्य कुरा त कथा छनोट नै यसरी हुन सकिदों रहेछ भनेर अन्य चलचित्र निर्माताहरुलाई सिकाएको जस्तो पनि महशुस हुन्छ। 

चलचित्रमा अनावश्यक रुवाईका दृश्य छैनन्। रुवाइलाई नै कारु‍णिक पात्र निर्माण वा पात्र प्रति सहानुभूति बटुल्न प्रयोग गरिएका छैनन्। यसमा पनि, पात्रले बोलेका वाक्य बाट मात्र पनि पात्र प्रति स्नेह जगाउन सक्ने कला मिथिला शर्माको भूमिका अति नै उत्कृष्ट लाग्दछ। संवादले नै पात्र प्रति धेरै स्नेह जगाउन सकेको हुँदा बोलिएका एकल संवाद वा दोहोरो संवाद अनावश्यक कत्ति पनि लाग्दैनन्। 

सामाजिक परिवेश बाट छोरीले पनि दागबत्ती किन दिन नहुने भन्ने विषयको उद्घोष पनि कथाको राम्रो पक्ष हो। नेपाली समाजले यसलाई आत्मसाथ गरेको कुरा बोलेको आभाष हुन्छ। नायिका शुरक्षा पन्तको अभिनय निडर र साहशिली भएर प्रस्तुत भएको देखिन्छ। आर्थिक उन्नति गरे पश्चात् नै सन्तान जन्माउने भन्ने हालको नेपाली मानसिकतामा आइरहेको विचार प्रवेश लाई पनि दर्शक सामु प्नस्तुत गर्न चलचित्र सफल भएको छ।

हाल, येशुका प्रचारकहरु कसरी अस्पतालमा देखिन्छन् भन्ने सम्मका कुरा लाई औँल्याउनु जस्ता यसका राम्रा पक्ष हुन्।


कमजोर पक्षः

चलचित्रका कमजोर पक्ष साधारण दर्शकले पहिल्याउने किसिम बाट चलचित्र निर्माण भएको देखिन्न।  सोही कारण चलचित्र अति नै सान्दार बनेर प्रस्तुत हुन्छ। चलचित्रमा, यहाँ यही कमजोर भो! भनेर देखाइहाल्नु त्यति आवश्यक भएको देखिन्न।

ध्वनी सम्पादन, पर्दाको रङ सम्मिश्रण, सिनेमाटोग्राफी जस्ता प्राविधिक विषयमा पनि भविष्यका चलचित्र निर्माणका सिकारुहरु लाई चलचित्रले थुप्रै सिकाइहरु पक्कै राखेका छन्। यसमा पनि केही कमजोरी बोल्ने पनि प्राविधिकहरु बाट होस्। साधारण रुपमा प्राविधिक पक्षमा बोल्नुपर्ने  ठाउँ देखिन्न। झरी परेको अवस्थालाई प्राविधिक रुपमा चित्रण गर्न चलचित्र सफल भएको छ।

 

यसरी चलचित्रले "आमा" नाम पाएर नेपाली परिवेशको सामाजिक परिवेशको झल्को दिएको छ। चलचित्र प्रशंसा योग्य छ - नेपाली चलचित्र भएर साँच्चिकै नेपालीहरुकै कथा बोलेको र बोकेकै भएर मात्र यसो हुन पुगेको हो। निर्माता, निर्देशक सम्पूर्ण टिमलाई बधाई्!!



Saturday, 17 October 2020

चलचित्र समिक्षा: Selfie King

चलचित्र "सेल्फी किङ" हेर्ने अवसर युट्युब बाटै भो। हल गएर नहेर्ने, नेपाली फिलम लाई केही रुचाउने, केही मन नपराउने तर प्रशंसा भने गर्न पछाडि नपर्ने एक जमात पनि छ; भलै धेरैले त्यति खुलेर मन भने नपराउन् नेपाली फिलम लाई...यस्त अवसर युट्युबले दिएकै छ। बिपिन कार्की अभिनित चलचित्र हुनाले यसमा दर्शकको रुचि र चाँसो हुने भइहाल्यो। फिल्म को निर्माण र प्राविधिक पक्ष भन्दा पनि कथात्मक प्रयास र अभिनिय प्रयास एक हिसाबले समिक्षा योग्य र अन्य चलचित्र भने हेर्न योग्य रहेको मेरो समिक्षा रह्यो।



नेपाली कलाकारको जीवनमा आधारित चलचित्रले बोलेको कथा वास्तविक नै देखिन्छ। कलाकारको जिन्दगी सुखमा बित्ने, आरामदायी र मोजमा बित्दछ भने नेपालीका मानसिकता रहेको विषयलाई खल्बल्याउँदैँ; अरुका जीवन जस्तै -ट्रक चालक जस्तै- हुने गरी दाँजिएर यस चलचित्र कथा बताउने प्रयत्न गर्छ। रक्सी र अनैतिक सम्बन्ध, घर परिवार देखि टाढापन, आफ्नै बाबु बाट टाढा जस्ता विषयबाट आम व्यक्ति भन्दा कुनै पनि फरक नभई, पर्दामा देखिए झैँ जिन्दगी कत्ति पनि नहुने कथाले प्रष्ट पार्दछ ।

कथा सार:
सेल्फी किङ "गोपाल दाहाल" साना पर्दाबाट ख्याती प्राप्त हास्य कलाकार हुन्। आफ्ना बाबु बाट उनको यस पेसा प्रति त्यति खुसी नभएका सेल्फ किङ सबै सामु चर्चित छन्। उनका बाबु सेल्फी किङकै कार्यक्रम हेर्दा हेर्दै स्ट्रोकले ग्रसित भई उपचारत अस्पतालमा जीवनको अन्तिम अवस्था सम्म पुग्दछन्। यस क्रममा कार्यक्रमका लागि सल्लेरी (सोलुखुम्बु) मा जानै पर्ने दोधारत्मक निर्णय बाट सल्लेरी जान्छन्। आयोजक बाट अवेहलना वा बेवास्ता  सहदैँ कार्यक्रमको समय सम्म बाबुको देहान्त भएको खबर पाउँदछन्। बाबु लाई अन्तिममा देख्न भए पनि कार्यक्रम लाई त्यति ध्यान नदिइ काठमाण्डौँ फर्कने प्रयास गर्दछन्।
यी र यीनै घटनाक्रममा सेल्फी किङको पात्र विकास, चरित्रको प्रकाश पारिन्छन् भने विभिन्न व्यक्तिको धारणा पनि दर्शाइन्छन्।


बलियो पक्ष
नेपाली विषयको कथा हुनाले, असान्दार्भिक लाग्रे अन्य चलचित्र भन्दा चलचित्र वास्तवमै उत्कृष्ट लाग्दछ। कलाकार छनोट, अभिनय पक्ष पनि बलियो नै भएको मान्न सकिन्छ। चलचित्रले चुनेको विषय नै यसको बलियो पक्ष हो। हास्य कलाकार भित्रको रोदन र पिडा, अब्यस्त जिन्दगीको वास्तविक दृश्यलाई नै सामान्य व्यक्ति झैँ हुनु नै कथाले प्रस्तुत गरेको त्रासदी हो।
बाबु र छोरा को सम्बन्ध पनि बोकेको हुदाँ कहीँ कहीँ "कर्णाली ब्लुज" पढेका दर्शक लाई (जस्तो मलाई नै) बाबु छोराको सम्बन्ध बारे पनि केही छोएको आभास हुन सक्दछ। मृत्यु, बिछोड र पश्चाताप जस्ता विषय पनि घोलिएको हुदाँ सम्बन्ध पनि केही क्षण, सो विषय पनि प्रस्तुत हुन्छ।  यद्यपी, कथाको मुख्य उद्देश्य भने त्यो अलिक होइन। जे होस्, मुख्य पात्र परिवार बाट टाढा रहेको प्रस्ट हुन जान्छ।


कमजोर पक्ष
नेपाली चलचित्र, सधैँ २ घन्टा भन्दा पनि बढी हुनु आफैँमा कमजोरी हुन सक्दछ। कथा केही दृश्यले भन्न नसक्नु र बढी ‍संवादको प्रयोग बाट पनि कथा अप्रष्टिनु यो चलचित्रमा पनि कमजोरी हो। 
पात्रले अरुलाई हसाउँनु आफ्नो कर्तब्य भनी हिडेँ पनि रक्स्याहा बानीले उनलाई आफु त्यति त्यस प्रति लगाव नभएको देखाउँछ। उक्त बानीले दर्शकमा, पात्र प्रति, त्यति  सहानुभूति प्रकट नगर्न सक्दछ, वा चलचित्रको त्यो उद्देश्य नहुन सक्दछ।
व्यक्तिगत रुपमा, कथाको प्राविधिक पक्षमा अन्य चलचित्र भन्दा भिन्न भएको महशुस हुदैँन। नेपाली चलचित्र हाल जुन किसिमले आवाज, पर्दाको रङको सम्मिश्रण - उज्यालोमा त्यति भिन्न भएको महशुस भने हुदैँन।

 
सुझाव
थोरै दृश्य खिचेर वा थोरै सम्वादको प्रयोग बाट पनि धेरै कुरा, अर्थपूर्ण बताउन सक्ने चलचित्रको कलात्मक पक्ष पनि चलचित्रहरुले पक्ष्याउनु पर्छ। कथा छनोट भने चलचित्रकै बलियो पक्ष सेल्फी किङको मान्न सकिन्छ। कथा कत्ति पनि विचलित नभई चलचित्र भर बताउन सकेको विषयमा भने निर्माताहरुको प्रशंसा गरिनै पर्छ। अन्य चलचित्र निर्माताहरुलाई नेपाली कथा भने पछि, नेपाली समाजकै, यस्ता कथा छनोट गरिनुपर्न सुझाव हो। 


समग्रमा चलचित्र उत्कृष्ट र नेपाली परिवेश सु‍हाउँदो, र सान्दार्भिकता भने बोकेको छ। नवनिर्देशक/लेखक बाट बनेको चलचित्र बाट यस चलचित्रमा आसयोग्य प्रयत्न भएको मान्न सकिन्छ। 


SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...