मलाई बुझ्न भनेर,
वा, कति विज्ञापनका
उल्का र बम खसाउँला भनेर,
झन्डै बुझिसकेँ नै भनेर,
कति पछ्याउँछे फेसबुक
मेरा लायक र कमेन्टस्हरू,
कति चियो गर्छे,
कति चाँसो दिन्छे,
मैले चियाएका परफाइलहरू,
म घुमेका शहरहरू,
कति नियाले झैँ गर्छे,
मायाले,
मेरो अनुहार,
मेरा सम्बन्ध!!
फेसबुकका
झुसिला
आँखाहरू हुँदा हुन्,
आकाश जस्तै
निला छालाहरू,
भएकी महिला हुदीँ हुन्,
लुकेर हेरीरहेर,
शङ्कालु स्वास्नी
बनेकी भए
उनका खोजीहरूमा
म पनि लटपटिएर खोजिऊँ!
एकदम खोजिऊँ!
उनका काला चश्मा
भित्र लुकेका AI वाला नयनले
मेरा आँखाले नियालेका
तस्बिरहरू चिनून्,
शब्दहरू पुन: पढून् ।
म चाहर्ने
कुनै पनि इन्टरनेट सन्सारमा,
फेसबुक पछ्याइरहेकी त छे!
म वेभसाइटका गल्लीहरूमा,
कतै के गरिरहेको छु
लुकेर हेरीरहेकी छे!
म इन्स्टा घुमेर आएँ :- फेसबुक हेर्दछिन्,
म गुगल डुलेर आएँ :- फेसबुक पछ्याउँछिन्,
म युट्युब हेरेर आएँ :- फेसबुक नियाल्छिन्,
फेसबुक ठुला आँखाहरूले,
जाँचीरहेकी छिन्!
हेर्दछिन्
र,
मेरो बारे नोट लेख्दछिन् ।
म पनि उनलाई विषय बनाएर
दिइरहुँ!
उनलाई निबन्ध लेख्न सघाइरहुँ!!
एकपटक!
करिब एक महिना
नढाँटी!
एक महिना!
पुरै एक महिना,
नचलाइकन राखिदिएँ फेसबुक!
कति वेदनाले छट्पटीले
रोएको रहेछु भन्ने लागेर हो!
गाजली आँखाले
पर्खिरहेकी थिई फेसबुक!!!
मैले बडो प्रेमसँग
मलाई मन पर्ने मान्छेको
परफाइल हेरेको सुनाइदिएँ!
कति उघारिएर आएँ झैँ!
आजकल!
तर पनि,
मेरो बारे कसैलाई पनि थाहा छैन ।
मेरो बारे मलाई पनि थाहा छैन ।
आजकल!
मैले भन्दा मेरो प्रेम बढी
फेसबुकले बुझेकी छे!
बढो बुझेर हेर्छे!
मेरो सम्बन्ध!
मेरो फेसबुक!
किनभने...
मलाई मन पर्ने
मान्छे पनि
फेसबुक चलाउँछे!
कामना छ,
मैले अहिले लायक दिन
नसकेका तस्बिर रहेर के भो!
फेसबुकसँग प्रार्थना छ!
उक्त तस्बिरको मान्छे
मेरै बनेर बनोस्!
आजकल!
मैले लेख्ने शब्दहरूलाई
पनि फेसबुक पढिदिन सक्छे!
अरुलाई पनि
सुनाउन सकोस्!!
फेसबुक!
मलाई बुझ्न,
अनेकौँ
अस्त्रहरू लिएर
मलाई पढिरहेकी छे!
फेसबुक लाई बुझाउन,
म, मलाई मन पर्ने
मानिसको परफाइल
चाहरि रहन्छु!
फेसबुक बुझिरहेछ!
मेरो अनुहार!
मेरो सम्बन्ध!
मानिस पढ्ने धुनमा
पुन: विज्ञापनको बम
पडकाउँला भनेर........................................................................................
वा, कति विज्ञापनका
उल्का र बम खसाउँला भनेर,
झन्डै बुझिसकेँ नै भनेर,
कति पछ्याउँछे फेसबुक
मेरा लायक र कमेन्टस्हरू,
कति चियो गर्छे,
कति चाँसो दिन्छे,
मैले चियाएका परफाइलहरू,
म घुमेका शहरहरू,
कति नियाले झैँ गर्छे,
मायाले,
मेरो अनुहार,
मेरा सम्बन्ध!!
फेसबुकका
झुसिला
आँखाहरू हुँदा हुन्,
आकाश जस्तै
निला छालाहरू,
भएकी महिला हुदीँ हुन्,
लुकेर हेरीरहेर,
शङ्कालु स्वास्नी
बनेकी भए
उनका खोजीहरूमा
म पनि लटपटिएर खोजिऊँ!
एकदम खोजिऊँ!
उनका काला चश्मा
भित्र लुकेका AI वाला नयनले
मेरा आँखाले नियालेका
तस्बिरहरू चिनून्,
शब्दहरू पुन: पढून् ।
म चाहर्ने
कुनै पनि इन्टरनेट सन्सारमा,
फेसबुक पछ्याइरहेकी त छे!
म वेभसाइटका गल्लीहरूमा,
कतै के गरिरहेको छु
लुकेर हेरीरहेकी छे!
म इन्स्टा घुमेर आएँ :- फेसबुक हेर्दछिन्,
म गुगल डुलेर आएँ :- फेसबुक पछ्याउँछिन्,
म युट्युब हेरेर आएँ :- फेसबुक नियाल्छिन्,
फेसबुक ठुला आँखाहरूले,
जाँचीरहेकी छिन्!
हेर्दछिन्
र,
मेरो बारे नोट लेख्दछिन् ।
म पनि उनलाई विषय बनाएर
दिइरहुँ!
उनलाई निबन्ध लेख्न सघाइरहुँ!!
एकपटक!
करिब एक महिना
नढाँटी!
एक महिना!
पुरै एक महिना,
नचलाइकन राखिदिएँ फेसबुक!
कति वेदनाले छट्पटीले
रोएको रहेछु भन्ने लागेर हो!
गाजली आँखाले
पर्खिरहेकी थिई फेसबुक!!!
मैले बडो प्रेमसँग
मलाई मन पर्ने मान्छेको
परफाइल हेरेको सुनाइदिएँ!
कति उघारिएर आएँ झैँ!
आजकल!
तर पनि,
मेरो बारे कसैलाई पनि थाहा छैन ।
मेरो बारे मलाई पनि थाहा छैन ।
आजकल!
मैले भन्दा मेरो प्रेम बढी
फेसबुकले बुझेकी छे!
बढो बुझेर हेर्छे!
मेरो सम्बन्ध!
मेरो फेसबुक!
किनभने...
मलाई मन पर्ने
मान्छे पनि
फेसबुक चलाउँछे!
कामना छ,
मैले अहिले लायक दिन
नसकेका तस्बिर रहेर के भो!
फेसबुकसँग प्रार्थना छ!
उक्त तस्बिरको मान्छे
मेरै बनेर बनोस्!
आजकल!
मैले लेख्ने शब्दहरूलाई
पनि फेसबुक पढिदिन सक्छे!
अरुलाई पनि
सुनाउन सकोस्!!
फेसबुक!
मलाई बुझ्न,
अनेकौँ
अस्त्रहरू लिएर
मलाई पढिरहेकी छे!
फेसबुक लाई बुझाउन,
म, मलाई मन पर्ने
मानिसको परफाइल
चाहरि रहन्छु!
फेसबुक बुझिरहेछ!
मेरो अनुहार!
मेरो सम्बन्ध!
मानिस पढ्ने धुनमा
पुन: विज्ञापनको बम
पडकाउँला भनेर........................................................................................