मैले लगाएको हरियो
बलाउजमाथी
म लगाएर रातो सारी,
मैले लगाएको हात भरीका चुरा,
अनुहारमा केही सुन्दरता
लिएर,
तिमीलाई सधैँ देखेर मैले
सजाएको,
मन भरिको प्रेम!
तिम्रै निम्ति त हो ।
बडा रहर गरेर,
र पनि बडो रकम जोरेर,
तिमीले किनिदिएको
सुनको सिक्री!
हातका यी औँठीसँग,
तिमीले अर्थ्याएको प्रेम!
मरो मन भरिको प्रेम!
तिम्रै निम्ति त हो ।
बाकसमाथि सजाएको!
तिम्रो र मेरो बिहेको फोटो,
अझै कति सुन्दर बनेर,
जिवित छ!
अनि, तिमीले नै फेसबुकमा
अपलोड गरेको,
तिम्रो र मेरो फोटोमा,
हामी कति अझै
मुस्कुराउँदैँ छौँ!
है!
र, पनि मुस्कानमा
कति मिठ्ठो!
मेरै निम्ति त हो ।
तिम्रो छातीमा ढल्काएर,
जब म मेरो शिरले,
तिमीसँगको बसको यात्रा
जिन्दगीको यात्रा झैँ
कल्पिऊँ झै लाग्छ ।
मलाई सबैभन्दा प्रिय
मान्छे तिमी मात्र हौ
भनेर,
भनिरहूँ झैँ लाग्छ ।
साँच्चिकै...
यो कथा!
तिम्रो र मेरै त हो ।
जब हेरिकन हाँसू
झै गर्छौ र फेरी
रिसाए झैँ शिर
म भन्दा पर भगाउँछौँ,
तिमी सुन्दर!
अझै सुन्दर
भएर आउँछौँ!
तिमी कुनै राजकुमार भन्दा कम छैनौ!
मलाई तिम्रो उचाई, सधैँ झैँ उच्च लाग्छ!
र, मलाई तिमी सँग केही गुनासाहरू छैनन् ।
र, यी जीवनमा चाहना भनेकै
तिमीसँगै रहिरहूँ भन्नुमा छ ।
म तिम्रै,
तिमी मेरै त हौ नि है?
बलाउजमाथी
म लगाएर रातो सारी,
मैले लगाएको हात भरीका चुरा,
अनुहारमा केही सुन्दरता
लिएर,
तिमीलाई सधैँ देखेर मैले
सजाएको,
मन भरिको प्रेम!
तिम्रै निम्ति त हो ।
बडा रहर गरेर,
र पनि बडो रकम जोरेर,
तिमीले किनिदिएको
सुनको सिक्री!
हातका यी औँठीसँग,
तिमीले अर्थ्याएको प्रेम!
मरो मन भरिको प्रेम!
तिम्रै निम्ति त हो ।
बाकसमाथि सजाएको!
तिम्रो र मेरो बिहेको फोटो,
अझै कति सुन्दर बनेर,
जिवित छ!
अनि, तिमीले नै फेसबुकमा
अपलोड गरेको,
तिम्रो र मेरो फोटोमा,
हामी कति अझै
मुस्कुराउँदैँ छौँ!
है!
र, पनि मुस्कानमा
कति मिठ्ठो!
मेरै निम्ति त हो ।
तिम्रो छातीमा ढल्काएर,
जब म मेरो शिरले,
तिमीसँगको बसको यात्रा
जिन्दगीको यात्रा झैँ
कल्पिऊँ झै लाग्छ ।
मलाई सबैभन्दा प्रिय
मान्छे तिमी मात्र हौ
भनेर,
भनिरहूँ झैँ लाग्छ ।
साँच्चिकै...
यो कथा!
तिम्रो र मेरै त हो ।
जब हेरिकन हाँसू
झै गर्छौ र फेरी
रिसाए झैँ शिर
म भन्दा पर भगाउँछौँ,
तिमी सुन्दर!
अझै सुन्दर
भएर आउँछौँ!
तिमी कुनै राजकुमार भन्दा कम छैनौ!
मलाई तिम्रो उचाई, सधैँ झैँ उच्च लाग्छ!
र, मलाई तिमी सँग केही गुनासाहरू छैनन् ।
र, यी जीवनमा चाहना भनेकै
तिमीसँगै रहिरहूँ भन्नुमा छ ।
म तिम्रै,
तिमी मेरै त हौ नि है?
No comments:
Post a Comment