Thursday, 2 January 2020

....


File:Rose thorns2.JPG
तिमीलाई लाग्न सक्छ,
कति सजिलो हुन्छ,
बिर्सन!
कसैलाई,

म त भन्छु,
काँडाहरू भएपनि होउन् 
यी यादहरू...

चस्स घोचिरहुन्,
घोचिरहुन्,

मैले खोजिरहेका आँखाहरू,
मलाई खोजिरहने आँखाहरू,

कतै पुन: देखिने
आशमा,
सानो रोशनीको 
चाहमा,

रहिरहूँ,
रहि रहूँँ,

म भन्छु,
रत्तिभर पनि
सजिलो हुन्न!
बिर्सन...
कसैलाई ।


No comments:

Post a Comment

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...