![]() |
युगकवुको विशाल मानव शालिक |
पहाडी जिल्लामै जन्मि हुर्केका, वा लामो समय त्यतै घुमी बसेकाहरूका लागि ओखलढुङ्गा भुगोलको हिसाबले नयाँ नलाग्न सक्छ । घर गोरखा भई काठमाडौं हुर्किए पनि पहाडको अनुभव र गाउँठाउँको रहनसहन म बुझ्दछु । त्यसो हुनाले ओखलढुङ्गा अलिअलि मात्र नभई धेरै नै गोरखाकै सक्कल सँग मिल्दा जुल्दा रहेको आभाष पक्का भएको छ । गोरखा बजार पनि पहाडमै टाँसिएको र ओखलढुङ्गा पनि पहाडमै टाँसिएकै जस्तो हुँदा -- यी दुई जिल्ला मलाई उस्तै उस्तै नै लागेको छ । जातीय हिसाबले राई, तामाङ, मगर, नेवार, बाह्रमण आदिको बाहुल्यता रहेको पनि बुझियो । त्यसो हुनाले सांस्कृतिक पक्षबाट धनी भएकोमा दुईमत रहेन । मिलेमा केही जात्राहरू ओखलढुङ्गा बजारका सडकमा हेरुँला पनि!
एेतिहासिक र पौराणिक पक्षबाट महत्त्व रहेको ओखल जस्तै ठुलो ढुङ्गा हाल इटैँइटँले घेरिएर ओखल आकारको संरचना बनाइएको रहेछ । मल्ल र किराँतहरूको युद्धमा किराँतहरूलाई लेखेटी त्यसै ठाउँमा धान कुटी खाएको भन्ने पनि रहेछ । सो संरचनाकै अर्का छेऊ कवि सिद्धिचरणको विशाल मानव आकृतिको शालिक पनि छ । अवलोकन हेतु बनाईएको माथि पार्क सम्म पनि हामी पुग्न सक्छौँ । नेपाल एकिकरणको समयपश्चात् भिमसेन थापाको समयमा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामध्ये ओखलढुङ्गा उक्त समयकै प्रशाशनिक हिसाबले महत्त्व बोकेको स्थान पनि रहेछ । राजा महेन्द्रको समयमा सगरमाथा अञ्चलमै ओखलढुङ्गालाई राखियो । उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर र सिन्धुली, पुर्वमा दुधकोशीले खोटाङ सँग बनाएको विभाजन र पश्चिममा लिखु नदिले रामेछापसँग विभाजनको रेखा कोरेको रहेछ ।
No comments:
Post a Comment