Saturday, 7 March 2020

म तिम्रा लागि केवल एक लायक हुँ

म तिम्रा लागि केवल एक लायक हुँ।

म डिजिटल युगको,
आधुनिक औँठा छाप,

तिमीले लगाएको त्यो सारी,
अनि तिम्रो मोहनीमा मोहित!
सधैँ,
अनलाइनका भित्ताहरु चाहर्छु,
फेसबुक, इन्स्टा,
नियाल्छ, हेर्छु,
तस्बिर तिम्रो 
कति उजेलो, उजेलो
बनेर आउँछ,

र, 
मेरा बुढी औँला,
एकलब्यको निपुणतासँगैँ
पुर्ण बनेर आउँछु,
र,
म  तिम्रा लागि अंकमा एक हुँ। 
तिम्रा लागि केवल एक लायक हुँ।

म मेरो मगजको
छायाङ्कन स्टुडियोमा,
तिमीलाई नायिका चुन्छु।

तिम्रा तस्बिरले बटुलेका 
कमेन्ट्सहरुको अनि लाएकहरुका,
डाटा जाँच्दैँ बन्छु,

र,
तिम्रो सुन्दर तस्बिर,
अति नै सुन्दर,
पोखिदाँ म 
तिमीलाई प्रेम,
बढी तिम्रो 
तस्बिरलाई प्रेम गर्छु,
र, 
म पनि चढाउँछु,
एक सिङ्गल लायक,
र, 
मेरो लायक को मुल्य,
मात्र एक हो।
र, 
तिम्रो र मेरो सम्बन्ध
यसैमा उत्तरित बन्छ,
अनुत्तरित हुन्छ,

हराइरहन्छु सधैँ,
बनेर, 
मेरो हुनु, म हुनु 
तिम्रा लागि 
एक लायक मात्र हो।

तिमीलाई नियाल्ने मात्र एक लायक हुँ।


No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...