Thursday, 24 August 2023

कविता

मित्र, मुला साग!

कस्सैको नभाको ब‍ुडी,
कस्सैले नगर्या पिएचडी,
कस्सैको नभाको घर र गाडी,
कस्सैले नलगाको सुन सिक्री र साडी,
कोही नपुगेको अम्रिकाको न्यु योर्क सिटि,

झैँ गरेर
फेसबुकमा
फोटो हालेर,
मन शान्त, शितल प्रफुल्लित
हुन्छ भने भन,

एउटा लायक म पनि
दिदिउँला।

कस्सैले नजन्माएको सुनको बच्चो झैँ,
कस्सैले पनि आफुले जति आमाबुबालाई सम्मान नगर्ने झैँ,
जन्मदिन यस्तो कि कलियुगको कल्की नै जन्मे झैँ,
यात्रा यस्तो कि अनन्त लोक ‍को यात्रा झैँ,

भनेर,
फेसबुकमा सुनाएर,
मन शान्त, शितल प्रफुल्लित
हुन्छ भने भन,

एउटा लायक म पनि
दिदिउँला।

***

सुनाउनु हुदैँन साथी,
पुष्प झिसमिसे अधेँरीमै सुन्दर छ,
घाममा ओइलाउँछ।




No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...