Thursday, 23 May 2024

चुरोट-भक्तहरूलाई सानु सन्देश

भनेको थाहा नभएको पनि होइन - "धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ, क्यान्सर निम्तयाउँछ"। तथ्यांक आफ्नै ठाउँमा होलान्, चर्चा नगरौँ। अनेकथरी रसायनकै नाउँ घोकेर पनि पार लाइने होइन, यद्यपि तथ्यांक र रसायन जानीकन आफ्नै दिमाग स्फुर्त हुने हुँदा जान्दा बेठिक पनि होइन। यो लेखमा चाँइ चुरोट किन नखाने भन्ने चर्चा मात्र के!

भनिन्छ के भने चुरोट खाने लाई भन्दा वरपरका लाई बढी असर गर्छ रे - नखानेहरूलाई! हुन पनि जिन्दगीमा मेरो अस्सलै बानी मध्ये यही एक चुरोट नखानु पनि हो। खैर स्वः तारिफ गर्नु उद्देश्य पनि होइन। भनूँ के भने, कोठामा रङमङ्गिएर एक डफ्फा अरुले नै खाएको चुरोटको धुँवाले सरसर-सरसर प्रवेश पाउँदा भनन्न भए जस्तो, निसास्सिए जस्तो र धेरै बेर सम्म हुँदा टाउकै दुखे जस्तो पनि हुने महशुस गरेको छु। फेरी शहर जस्तो ठाम, हावा नै मैलो, धुँवा मिसिएको, घामले तताएको अनि गर्मीले सताउँदा सुकेको माछा नै बनिँदा -अनि- त्यसै माथि नखाएकै विष जस्तो अरुले खाएकै चुरोटको धुँवाले पनि बढो सताउँदो र पोल्दो रहेछ। मेरै चुरोट नखाने बानीको डाड‍स लागेर मेरै कोठमा चुरोटको धुप सल्काए जस्तो नगरेस् ए! 

मेरो चुरोट खानेहरू सँग रिस होइन, हुदैँ होइन। मात्र के भने यसो अरुको त ख्याल गरो। म चुरोट खाँदिन, आहा! मै राम्रो केटो, गुणवान्- भनेर दुनियाँलाई सुनाउन झन् हुदैँ होइन तर चुरोट खानेहरूले अरुको ख्याल गरेस्। उसकै अम्मलमै आफु सँगै अरुलाई त नजलाओ भो! स्वार्थी यति सम्म कि अरुको स्वास प्रक्रिया सम्मलाई असर नगरेस् भो। चुरोट खानेहरूको चेत किन चुरोट सँगै डढेको हो?

 "आ! मरिन्छ एकदिन! सबै मर्नी हो, चुरोट खाएरै मर्नी हो", भन्नेहरू हो! मर, चुरोट खाएरै मर। अरुलाई, आफैँसँग जलाउने दुस्साहस चाँइ किन हो? बरू रक्सी खानेहरू सित सिक। हेर उनीहरू लाई, उनीहरू बरु कराउँछन्, खैलाबैला गर्लान केहीबेर - म त कान थुन्छु; गित घन्काउँछु - र्याप गित बन्छ - एकछिन पनि आनन्दले सेलाउँछन् रक्स्याहरू। मलाई उनीहरू प्रति बरु सहानुभूति छ, तिरस्कार छैन - कमसेकम मेरो स्वास सँग त केही असर गर्दैनन्। तिमी मुला चरोट खानेहरू त, आफ्नो फोक्सोमा त ढडेलो लाउँछौ, लाउँछौ - अरुका फोक्सो र दिमागसुद्दा पनि छाड्दैनौ। रक्सी खानेहरू त उनारुकै कलेजो कालो बनाउँछन्, अरुका होइन। टाउको फोड्छन् त उही आफु जस्तै रक्स्याहाको। मनमा बह गाँठो बनाएर राख्दैनन्। यत्ति कुरा चुरोट भक्तहरले सिकुन्।

हो, मर्न त सबै मर्ने नै हो - तिमी चुरोट खानेहरू पनि मर्छौ, रक्सी खानेहरू पनि मर्छन वा चुरोट-रक्सी नखानेहरू पनि मर्छन्, गितै छ "मान्छे नमर्ने शहर हुदैँन" तर मेरो सानो इच्छा अलिक बढी - बाँचुला भन्ने हो, जति बाँचिन्छ सफा र सिंगारिएर बाँचूँ भन्ने हो। परमात्माले सबैलाई आयु दिएकै छन्। यति आयुलाई पनि आफ्नोमा त आगो सल्कायौ, सल्कायौ, कम्तिमा अरुकोमा त सल्काउन नआऊ। बरु, अरुलाई सास फेर्न देऊ।

सामाजिक प्राणी हौँ, समाजमै बस्छौँ। चुरोट खानेहरू बाट भाग्न-बच्न सकिन्न। फेरी, दुर्गन्ध बाट टाढा पार्क, वा अलिक स्वच्छ ठाउँ नै जाम् भन्दा पनि... त्यता पनि चुरोट खानेहरूको पनि त्यत्तिकै छ। हाय भाग्य! केटी पनि त्यस्तै युवकलाई मन पराउँछन्। कोहीकोही नारी पनि स्वयं चुरोट भक्त बनेकै छन्। र, अर्थतन्त्र चलेकै छ। 

अब चन्द्रमामै गएर बस्न सकिने त के कोठामा हावा छान्ने जाली राख्ने धन छैन मसँग। यही बिन्ति भो, चुरोटे मनुवाहरूलाई, कृपया चुरोट नखानेहरको माझ बडा साउथका हिरो जसरी चुरोट नखाइसिनुहोला। एक-दुई वर्ष सै अलिक बडी बाँच्ने र'र छ, तपाईहरू भन्दा... न्याय गरिदिनुहोला शनिदेव।


No comments:

Post a Comment

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...