Wednesday, 26 June 2024

सुसाइड सोच

म मेरो दुनियाँमा करिब धेरै चोटी मरेँ। २ चोटी हाम्फालेर, १ चोटी झुन्डेर,१ चोटी हातको नशा काटेर... दृश्यहरु बार बार सजिव हुदैँ आउँथ्यो। आकाश अधेँरीए झैँ हुन्थ्यो। म मेरो मृत शरीर कल्पना गर्छु। छियाछिया, टाउको पट्ट फुट्दो हो, रगतै रगत, हड्डिहरू देखिँदो, शरीर छ्याल्लब्याल्ल! आँखा पिचिक्क परेका! दृश्यमा झुन्डिएको शव झिक्दै गरेका! सास फूलेर आउँथ्यो। रुम रुम झैँ लाग्थ्यो। ट्युब्लाइटको बत्तीको उज्यालोमा हेर्दा पनि अँध्यारो लाग्थ्यो। लामो सास बाट म फूल्लिन्थेँ।
कयौँपटक, कयौँ पटक जमलकै पुलबाट हाम फालूँ झैँ सोचिरहन्थेँ। एकचोटी दिनमा त्यहीँ पर बसेर पुललाई हेरिरहेँ। कस्तो हुँदो हो! रगताम्य, मृत शरीर। र म डराएर हच्कन्थेँ। सायद जिउँदो थिएँ अझै त्यसैले।

कयौँपटक, चक्कुलाई हेरेर, त्यसको धारिलोपनलाई नियाल्थेँ। धारिलोपनमा अझ मृत-पन तिखारिएर आउँथ्यो। कहिलेकाहीँ, यही चक्कुले आफ्नै घाँटी रेटिदिऊँ झैँ लाग्थ्यो। रेटिदिऊँ? रेटिदिऊँ? यो केही पत्र घाँटीको छालाले छोपेको शरिर... रेटिदिऊँ यो सास नली? फालिदिऊँ? फालिदिऊँ एक सास? म कायरताले पुनः डगमगाउँथे। म मृत्यु हुँदाको छट्पटी सम्ममा कल्पना गर्न भ्याउँछु। मान्छे... कति सम्म बाँच्छ हो सास नफेरी? ध्यान भङ्ग भएर आउँथ्यो। म फेरी जिवित हुन्छु।

मुटुको कम्पन पुनः जागृत हुन्छ। झ्याल बाहिरको सुनसानमा उजेली छैन। म सुत्न खोज्छु। एकनासले सास बढिरहन्छ। आँखा भयले कुद्छन्। म डराउँछु। फेरी रोऊँ रोऊँ झैँ लाग्छ। रुवाइको नाममा आँसु झर्दैनन्। मुटु कायरताले ढुकढुक गरिरहन्छ।

केही छैन, केही पनि छैन। न कुनै बाटा छन्। केही छैन, केही छैन। केही गर्न नसक्ने भयो। नर...माइलो लागेर आउँछ। 

राति निद्रा नलागेको धेरै भो। आँखा चिम्लन्छु, निन्द्रा पर्दैनन्। ब्युझँदा प्रतेक बिहान कम्पन हुन्छ। दिउँसो सबै ठीक हुन्छु। उकालो हिँड्दाको झैँ म लामा लामा सास फेर्छु। उही एक्लोपन। अब जिन्दगीमा अगाडी केही गर्न नसक्ने नैराश्यता। सबै घेर्छन्।

तर, म जोश लिइ आउँछु। एक्लै उद्घोष गराउँछु। सजाउँछु। शान्त पार्ने प्रयासमा म आफैँलाई "नआत्तिन" भन्छु। 
मुटुको चाल अझै कम्पनमै हुन्छ।

र म अर्को दिन समाचार पाटीमा मेरो बारेमा हुने खबर तिर आँखा पुर्याउँछु। ममी रुदीँ हुन्, लास्टै रुदीँ हुन्। ड्याडी सबैलाई सुनाउँदा हुन्। "हिजो सम्म ठिकै थ्यो। अब म गर्छु, केही त भइहाल्छ नि भन्दै थियो, खै के गर्यो, गर्यो।" उडिरहेको धुँवा, सेताम्य दृश्यमा, जलिरहेको म। 'म' पनि होइन, 'एउटा कायर मान्छेको शरीर", "एउटा हारको कथा" वा त्यही जीत हो?

मृत्यु शीत्तल हुन्छ। त्यसको मृत्यु पछि कसरी जान्नु? आनन्द, मरे पछि हुन्छ। दिमाग बन्द हुन्छ र शान्त हुन्छ। म प्रत्येक दिन यही कल्पनाहरूबाट गुज्रन्छु। यिनै सोचहरू बाट गुज्रन्छु।

केही छिन पछिको लामो द्धन्द पश्चात् म साधारण बन्छु। म जागृत हुन्छु। मनमा "मर्नुहुन्न" भन्ने गीत गुन्जिएर आउँछ। आकाश निलो हुदैँ आउँछ। म रङ देख्छु। तर धेरै समयमा रङ्गहिन समयहरूमा हुन्छु। म आवाजहरू सुन्न छाड्छु र सिलिङको एक कोणलाई एक तमासले नियालिरहेको हुन्छु। र, मेरो दुनियाँमा प्रतेक चोटी म मरिरहन्छु। कसैलाई केही सुनाउन मन लाग्दैन, भन्न मन लाग्दैन।

मृत्यु कस्तो हुन्छ भनेर म बारबार इन्टरनेटमा खोज्छु। मान्छे डुबेर कति समयमा मर्छ? मान्छे मरेपछि पनि उसमा केी चेत बाँकी हुन्छ? जानेमा पेनलेस डेथ भन्ने पनि हुन्छ। र कुन मेरो काल्पनिक मृत्यु वास्तविक बनेर आउनेछ, म जान्दिँन। म मेरो मुटुलाई सुनाउन सकुँ, "तिम्रो कम्पन बन्द गर्न मलाई कसैले सिकाउनु पर्दैन।"

बेखबर जिन्दगी
बेहाल बनाएर बोल्यो
अर्थको अनर्थमा
असफल मै सफल बन्दा
हारकै प्रहरमा
मान्छे बनाउनलाई बोल्यो,
अनौठो यात्रा बनेरे जिन्दगी
अनेकौँ पटकमा
प्रयासकै प्रहारमा
प्रयत्न प्रयत्न र प्रयत्न
त्यस्तो यो जिन्दगी
लडाकु बनाउनलाई बोल्यो 


Say No to Suicide

No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...