Tuesday, 25 March 2025

खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच

स्वच्छ र गुणस्तरीय खानेपानीमा मुलुकको २७ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । त्यसै गरी आधारभूत खानेपानीमा भने ९७ प्रतिशत नेपालीको पहुँच पुगेको

आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई स्वच्छ र गुणस्तरीय खानेपानी मानिएको

१५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको 

सरकारले १६ औँ पञ्चवर्षीय योजनाको अन्त्य (२०८१/८२–२०८५/८६) सम्म गुणस्तरीय खानेपानीमा ४५ प्रतिशत जनसङ्ख्याको पहुँच पुर्‍याउने लक्ष्य लिएको 

दिगो विकास लक्ष्यले भने सन् २०२२ मा ५० प्रतिशत र सन् २०२५ भित्र ६५ प्रतिशत जनसङ्ख्यामा गुणस्तरीय खानेपानी पुर्‍याउने प्रक्षेपण गरेको थियो, जुन पूरा हुन सकेन 

‘हिमनदी संरक्षण’ मूल नाराका साथ शनिबार नेपालसहित विश्वभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पानी दिवस मनाइएको

नेपाल सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी सरकारको लगानी’ जस्ता नीति अगाडि बढाएको

नेपालमा खानेपानी सेवाको व्यवस्थित सुरुवात विसं १९४८ मा वीरधाराबाट सुरु भएको र पहिलो पञ्चवर्षीय योजना विसं २०१३ देखि खानेपानीलाई योजनाबद्ध रूपमा सम्बोधन गरिँदै 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आइएको

https://gorkhapatraonline.com/news/148108 



No comments:

Post a Comment

Current Affairs: April 1, 2025

1. Prime Minister Oli Departs for Thailand to Attend BIMSTEC Summit Official Visit to Thailand Prime Minister KP Sharma Oli is departi...