Monday, 1 February 2021

चलचित्र समिक्षा "आमा" - Film Review "Aama"

कोरोनाको कारणले, पाइरेसीको प्रकोपले, युट्युबको युगमा; हलमा लाग्न नपाउँदैँ, विदेशमा त्यति साह्रो घुम्न नपाउँदैँ शुक्रबार अति नै सुहाउँदो बनाएर "आमा" नामक चलचित्र प्रदर्शन भएको पाइयो। आर्थिक रुपमा चलचित्रले कति आर्जन गर्यो, गरेन, त्यस प्रति मेरो अलिक चाँसो नभईफिल्म साह्रै राम्रो बनेको भन्नु, नेपाली चलचित्रको थोरै-बहुत प्रशंसा गर्नु र केही समीक्षा गर्ने प्रयन्त यसमा गर्दछु। तर, चलचित्र लाई समिक्षकले पुरै कथा बताइदिने गरी लेखिदिनु हुदैँन भन्ने बुझ्दै आएको हुँदा, सम्पुर्ण प्रकाश पार्ने चाहीँ खोज्दिँन। फेरी यसो भन्दा म समिक्षक स्वयं नभई दर्शक हुँदा, यदी भुलेर वा झुक्केर कथै बताएँ भने बताएँ! कोही यी अनुच्छेदहरु पढ्दै छन् भने, उसले चलचित्र हेरिसकेको हुनुपर्ने म विश्ववास राख्दछु।




कथा-वस्तुः

नेपाली चलचित्रले नेपालीपन बोल्नुपर्छ भन्ने कुरा प्रष्ट बोलेकोमा चलचित्र आफैँमा निपुण बनेर पोखिएको छ। नेपाली परिवेशमा बाग्लिदैँ गरेको विदेश पलायनले भइरहेको "पुत्र वियोग", "पारिवारिक विछोड" जस्ता सामाजिक समस्याले मुख्यतः -आमा- मा परेको विषय चलचित्रले टिपेको छ। आर्थिक कठिनाइ र हामी नेपाली, अस्पतालको हालको उदाङ्गो व्यवसायिक मानसिकतामा अल्झिनु परिरहेको वास्तविकता लाई लिएर चलिचित्र अघि बढ्दछ। बिरामी परिवारका सदस्यलाई अस्पतालमा लगेपछि, बिरामी सदस्यलाई उपचार निम्ति परिवारका सदस्यहरु यस तर्फ लाग्दछन् - चलचित्रको मुख्य कथा यही हो। यस क्रममा विभिन्न पात्रको मनोवश्था प्रकाश पारिदैँ जान्छन्।

आफ्ना बाबु मृत अवस्था सम्म पुग्दा छोरा भेट्न आउन नपाउनु वा नसक्नु, आफ्नो सन्तान जन्मिदाँ पनि भेट्न आउन नपाउनु, नाती खेलाउन पनि विदेश पुग्नु पर्ने जस्ता - धेरै - मसिना तर आजका समयमा वास्तविक रुपमा देखा परेका विषयलाई चलचित्रले, नेपाली समाज पारिवारिक स्थिति बाट एक्लिदैँ गइरहेको, गह्रुङ्गो त्रसादी नै चलचित्रले बोलेको छ। 


राम्रा पक्षः

अन्य चलचित्रले झैँ नानाथरी डिस्को डानस नदेखाई कथा सल्लल बग्नु नै फिल्मको अति प्रशंसा योग्य पाटो हो। मुख्य कुरा त कथा छनोट नै यसरी हुन सकिदों रहेछ भनेर अन्य चलचित्र निर्माताहरुलाई सिकाएको जस्तो पनि महशुस हुन्छ। 

चलचित्रमा अनावश्यक रुवाईका दृश्य छैनन्। रुवाइलाई नै कारु‍णिक पात्र निर्माण वा पात्र प्रति सहानुभूति बटुल्न प्रयोग गरिएका छैनन्। यसमा पनि, पात्रले बोलेका वाक्य बाट मात्र पनि पात्र प्रति स्नेह जगाउन सक्ने कला मिथिला शर्माको भूमिका अति नै उत्कृष्ट लाग्दछ। संवादले नै पात्र प्रति धेरै स्नेह जगाउन सकेको हुँदा बोलिएका एकल संवाद वा दोहोरो संवाद अनावश्यक कत्ति पनि लाग्दैनन्। 

सामाजिक परिवेश बाट छोरीले पनि दागबत्ती किन दिन नहुने भन्ने विषयको उद्घोष पनि कथाको राम्रो पक्ष हो। नेपाली समाजले यसलाई आत्मसाथ गरेको कुरा बोलेको आभाष हुन्छ। नायिका शुरक्षा पन्तको अभिनय निडर र साहशिली भएर प्रस्तुत भएको देखिन्छ। आर्थिक उन्नति गरे पश्चात् नै सन्तान जन्माउने भन्ने हालको नेपाली मानसिकतामा आइरहेको विचार प्रवेश लाई पनि दर्शक सामु प्नस्तुत गर्न चलचित्र सफल भएको छ।

हाल, येशुका प्रचारकहरु कसरी अस्पतालमा देखिन्छन् भन्ने सम्मका कुरा लाई औँल्याउनु जस्ता यसका राम्रा पक्ष हुन्।


कमजोर पक्षः

चलचित्रका कमजोर पक्ष साधारण दर्शकले पहिल्याउने किसिम बाट चलचित्र निर्माण भएको देखिन्न।  सोही कारण चलचित्र अति नै सान्दार बनेर प्रस्तुत हुन्छ। चलचित्रमा, यहाँ यही कमजोर भो! भनेर देखाइहाल्नु त्यति आवश्यक भएको देखिन्न।

ध्वनी सम्पादन, पर्दाको रङ सम्मिश्रण, सिनेमाटोग्राफी जस्ता प्राविधिक विषयमा पनि भविष्यका चलचित्र निर्माणका सिकारुहरु लाई चलचित्रले थुप्रै सिकाइहरु पक्कै राखेका छन्। यसमा पनि केही कमजोरी बोल्ने पनि प्राविधिकहरु बाट होस्। साधारण रुपमा प्राविधिक पक्षमा बोल्नुपर्ने  ठाउँ देखिन्न। झरी परेको अवस्थालाई प्राविधिक रुपमा चित्रण गर्न चलचित्र सफल भएको छ।

 

यसरी चलचित्रले "आमा" नाम पाएर नेपाली परिवेशको सामाजिक परिवेशको झल्को दिएको छ। चलचित्र प्रशंसा योग्य छ - नेपाली चलचित्र भएर साँच्चिकै नेपालीहरुकै कथा बोलेको र बोकेकै भएर मात्र यसो हुन पुगेको हो। निर्माता, निर्देशक सम्पूर्ण टिमलाई बधाई्!!




यी पनि पढ्नुहोस्ः चलचित्र समिक्षा: Selfie King

No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...