(नोट: लेख्ने अभ्यास मात्र हो, पड्न मन लाए पढिदिनु ।)
सुकरातले नै भनेको रहेछ, " The only true wisdom is in knowing you know nothing." ।
कुरो ठ्याक्कै बुझ्दा चाँहि हावादारी पनि हो । यत्रो स्कुल-कलेज-व्याचलर-युनिभर्सिटी रहरले वा करले धाइसकियो । किताब थुप्रो पढिसकियो, विज्ञानमा ठुलो रुचि छ, देशविदेशमा के भइराख्छ, चाँसो राख्छु, अध्ययन तिव्र छ... नजाने अहिलेसम्म कति विषयमा घोत्लिएको छु, अध्ययन जारी छ... केइ जानिएकै छैन भन्नु?
तर ज्ञान पूर्ण हुदैँन भन्ने पनि हो अनि अध्ययन गतिलो छैन । यसो सोच्छु, हालसम्म के नै जानिएको हो र? हाल अध्ययन गरिएको विषय सोच्छु, आफैँलाई प्रश्न सोध्छु... जानिएकै जस्तो लाग्दैन । आफ्ना रुचिहरू र मुल विषयहरू भन्दा अन्य रहरका विषयहरू सोच्छु, त्यसमा त प्रखर बनिने कुरै भएन ।
आफैँलाई केही सोच्न-सोध्न सक्ने, आफ्नो महत्व र आफू हुनुको कुरो बुझिए झैँ लाग्छ अलिकति । आफ्नै ज्ञानमा पूर्णता छैन भन्ने महशुस हुन्छ । अरु के जान्दा होलान् आफ्नो बारेमा... मैले भनेँ मैले धेरै कुरा जानेको छैन र विस्तार जान्दै बुझ्दै जाने, भन्ने कुरामा नै विश्वस्त भइसकेको छु ।
सोध्नुस् न कुन विषयको पूर्ण र सम्पूर्ण ज्ञान छ? पूर्ण भनिएको विषय आफैँ अपूर्ण छ भनिने हुन्छ, प्रत्येक समय, ज्ञान थुप्रदैँ जान्छन् र कति आउटडेटेड पनि बनी भ्याइदिन्छ । जीवन आफैँमा पूर्ण पनि हुँदै हुदैँन, प्रत्येक व्यक्ति झन् पूर्ण हुँदै हुदैँन... हरेक कुरा अपूर्ण छन्, यसै लेख पनि । यस्तो अपूर्ण गफ दिइरहने व्यक्तिको ज्ञान कसरी पुर्ण बन्दो हो ।
जे तर्क होस्, जसले जे भनोस्, मैले जानिसकेँ, बुझिसकेँ... मलाई थाहा छैन... मलाई थाहा धेरै कुराको छैन तर मलाई यही थाहा छ- मलाई धेरै भन्दा धेरै कुरा थाहा छैन, र यस बारेमा दुखेसो गर्नु आवश्यक छैन । आफ्नो ज्ञान अधुरो छ भन्ने भएपछि यो अङ्ग्रेजीको अोभरकन्फिडेन्स भन्दा वस्तु भागेर पनि जाँदो रहेछ । भरैव बाको मपाई भन्ने प्राणि पनि मरिदिदों रहेछ ।
*सत्य कुरैहरूमा आधारित
#LOL कल्ले पड्छहोला, है यस्तो बल्ग
पढ्दै हुनुहुन्थ्यो भने, चाँइ त्यइ हो, "हामीले सबै कुरा जानेका छैनौँ, हामीले जानेका छैनौँ, यही सत्य हो, जान्ने प्रयत्न गरौँ ।"