एकचोटि बडा सोच्न मन लाग्यो? म को? करोडौं संख्यामा एउटो सानू मान्छे म, आफ्नै महत्व जान्नै मन लाग्यो। किन यही पृथ्वीमै चेत भरिएरै जन्मिएको? चेतना छदैँ छ, अनि सोचेँ "म" महत्वको महिमागान गाउनु आवश्यक किन त? होइन, अार्को मनले मजाले बोल्यो । आफ्नै महत्व नजान्ने तँ नामर्दै होस्? विद्याको ज्योति यो मगजभित्र कति हुलिसकेँ कति, यो धर्तीको प्रकाश, अन्धकार, ध्वनी सब पछ्याउने भइसकेँ, अब जाबो म को हुँ भनेर उत्तरै जान्न नसक्ने म को त? को हो त म? को?
एकफेर मोबाइल बिसाएँ, कापी समाएँ, आफ्नै बारे भ्याए जति लेख्न मन लायो : कनिकनि लेख्न खोजेँ आफ्नै बारे, म यस्तो, म त्यस्तो, मलाई यी मन पर्छ, यी मन पर्दैन, यी ठीक लाग्छन्, ती त पटक्कै मन पर्दैन, मलाई एकताका यो राम्रो लाग्थ्यो, पछि नराम्रो लाग्न थाल्यो, मलाई महत्व बोक्ने घटना सम्झिए, मलाई महत्व नलाग्ने घटना, त्यो पनि सम्झिए ... त्यति विधि ग्रीक दार्शनिकको सम्झना नभए पनि, दिमाग घुमाएँ, के था थ्यो र! केही उक्ति सम्झिएँ । बरु केही-कतै-कुनैबेला साथी भनेर काँधमा काँध मिलाएर हिँड्नेहरूले मेरो बारे तारिफ गरेको, एउटाले यसो भनेको, अर्काले यसो भनेको थियो भनेर पनि खुबै सम्झिएँ ... नजाने के के सम्झिएँ । अनि सम्झिने जति सम्झिएर, बुझ्दै जाँद कति कुरा हालको समयसँग अपडेट नभएका र नमिल्दिने भइसकेका ... आउटडेटेड । अब कुनै बेला मलाई तँ त यस्तो भन्नेहरू नजाने कता छन् कता? फेसबुकमा साथी छैनम्, अब त्यो समयको भनाईले आफूलाई सताइरहने कुरा हुदैँन । अनि कुनै बेला तँ कति ह्यानस्म छसँ, उ पारी बसेकीले तँलाई राम्रो मान्छे भनेर त्यति बेलाको भनाईले ऊ बेला बाल नदिए पनि अहिले रातो भएर फूलेर के? कसैको तारिफ, कसैको गुनासो, कसैले गरिदिएको बुझाईमा ... थाहै नपाई भारीका भारी कुरा सम्झँदैँ, जान्दै, बुझ्दै बुझ्न लाग्दा सब पुराना भएछन् - ए! अँ म त्यस्तै हुदों हुँ ।
समय, समय घटना परिवेशले ब्युताउँछ, बुझाउँछ, कहिँ कसैले घटना परिवेशमा, "बाबू यस्ता हुनुहुन्छ, यल्ले यस्तो बोलेको, रिस उठ्ने कुरा नगर् न ए!, ठिक कुरा गर्नुहुदों रहेछ, सै हो यार, मान्छे भनेको त तिमी हो के!, हसाँउचौ यार",जस्ता अनेकौँ अनेकौँले थामिदिएको हो, त्यस समयमा म को भन्दा, म त्यही भनाईमै घुम्ने रहेछु । कुनै समय गफ गर्दा तिम्ले यसो गर्दा त तहल्कै मचेको नि!, क्या भन्दिरा, जस्तो फ्याट्टै अन द स्पोट निस्कने कमेन्टस्मा पनि म को भनेर पूर्ण रुपमा उत्तर भने पाइएको हुदैँन । धारणाले आफू को भनेर भनिरहन चाँइ सकिँदैन ।
पुन: सोच्न लागेँ; मलाई क मनपर्छ, मनपर्दैन, मैले हिजो-अस्ति के के गरेँ, के गर्ने सोचमा थिएँ, के कल्पिएँ... तर यो पाली चाँइ अलि नयाँ, हालैका समयको घटना सम्बन्धित मात्र । मन घुमिहाल्यो, अस्ति लेख्या फेसबुक स्ट्याटस्मा कति लाइक आइराथ्यो, कल्ले के कमेन्ट गर्यो, रिसेन्ट भन्ने बित्तिकै सम्झिएँ, तुका तु बदलिने मन र विचारलाई कसरी हालको भनूँ ? कसरी म नै हुँ भनिदिने त? अनि त म को? भन्ने जवाफ मिल्दै मिलेन । भावना र मनमा पोखिएर म यही हँ भन्न पनि गाह्रो भो, भर्खरै हाँसिरहँदा, रुन मन लायो भने? रिसाँइदिएँ, एक थोक बोलेँ, रिस मर्यो शान्त भएर अार्कै बोलेँ भन्ने? अघि एकथोक गर्दै थिएँ, अहिले अरु काम गर्दैछु । आफ्नै मन सँग नसकिने, परिवर्तन व्यबहार र सोचले म को भन्ने ठीक उत्तर बुझाएको झैँ लागेन ।
म को, भन्ने प्रश्न यो लेख्दै गरेको थोत्रे दिमागले सोधेको प्रश्न त हुँदै होइन । नजाने कति दार्शनिक र विद्धानले सोचेकै प्रश्न त हो यो । के पनि भनिन्छ भन्ने, हो पनि... बच्चा देखि वयस्क हुदाँ सम्म त यो भौतिक शरीरका छाला, हड्डी, भित्रका सबै कुरा त फेरिरहैका हुन्छ । जिब्रोको छाला, हात-खुट्टाका नङ, कपाल, सबै शरीरका अंशहरूका कोषहरू बन्ने-मर्ने-बन्ने त निरन्तर रहेछ । त्यसैले अस्ति न को म र आजको म अनि केही वर्ष पछिको म त बिल्कुल फरक र अर्कै हुने भइहाल्यौँ । तर यसमा समयको मात्र खेल देखियो, म त फेरी म नै भइरहने रहेछु ।
एकथरी भनौँ । यो मपनि भनिरहने पर्छु । दुनियाँका जानेमाने व्यक्तित्वको के बोले, भने, गरे वा अरु कसैले के गर्यो भनेर त्यसैमा आफूलाई खोजेर पनि म को भनिर अर्थ्याउनु पनि सामान्य हो । ठुलो हेरी आफू सानो, सानो हेरी आफू ठुलो, अरु हेरी म यस्तो, म हेरी त्यो त्यस्तो भनेर पनि आफैँ लाई खोज्नु पनि खोजी नै हो । यसमा पनि चिर परचित कोही, वा सुनिएका कोही व्यक्तिहरूकै बारे सोचेँ । एउटोले यस्तो गर्यो, मैले त गर्नै सक्या छैन । अँ, उसले त चर्चा बटुलिसक्यो, मलै सक्या हैन । वाईपास तिर त घरै किन्या हो, मैले त सक्या हैन । उसलाई त सुखै छ वा उसले त धेरै दुख पाको । यसरी दाँज्दै दाँज्दै आफैँलाई खोजी गर्नु पनि नगरिएको होइन । अनि त के? म को भन्दा पनि म के होइन भनेर भनिरहन पर्ने... यो तरिका पनि ठीक होइन । म को भनेर पनि अरुलाई बुझ्न पर्ने । अनि हालसम्म सायद यस दाँज्ने प्रक्रियाले निरन्तरता पाए पनि आफैँलाई यसरी दाँजेर सोच्नु मनमा तापै निम्त्याउँनु भएको बुझेँ ।
म को भनेर बुझ्ने झनै जरुरीका साथ सोच्दै गएँ । अरुले के भन्थे-भन्छन्-भनिरहन्छन् मा आफुलाई बुझ्नु ठीक हो? दिमाग भित्र सभा नै बसाँए, थुप्रै आवाजका प्रतिनिधि बोलाइ छाँडेँ । केहीले सिधै बेठीक भनेँ, कतिले ठीक भनेँ, केहीले काँचै छस् - यस्ता कुरा जान्दैनस् पनि भने । अर्को दिमागी टोलीले अरु नै बाटो पत्ता लगाएस् भनेँ । केहीले काँचैँ पनि हुँ भनेको पनि सै नै हो । "म को" भन्ने प्रश्नको उत्तर आफैँले आफैँलाई सबैले सोध्ने हो भन्ने केही न केही उत्तर सबैले भन्लान् - नभन्लान् । आफैँले आफैँलाई अर्थ्याउनु जटिल छ तर, त्यसका लागि काँचैँ त हुँ । बरु सर्वज्ञानी भनिएर कहलिएकाहरू म को भनेर व्याख्या गरिरहुन्, आफ्नो बारेमा बुझ्न खोज्नेहरू पनि आफ्नै बारे म को भनेर जान्न खोजुन् । तर "म", म नै हो या मनै हो, जे होस् म को भन्दा प्रत्येक म जस्तो म ले भन्नेछन्, म, "म हुँ" । एकचोटि बडा सोच्न खोजेको मनले टुङ्गो लगाई छाड्यो, म, म हुँ, मात्र म । म अरु होइन, मात्र म हुँ ।