.
.
कहिलकाँइ
ननिदाइ आकाश हेरेछौ भने,
यदि देखेछौ
टिलपिल टल्किएका ताराहरू भने,
गनेर
हजार बार,
तिमीलाई मन नपराउने मगजहरू भुल्ने अठोट लिनु...
अनि सम्झिनु तिमी ---छौ या छैनौ--- पनि ज्ञात नभएका मानिसहरू सोच्नु...
.
कसम्म हल्का हल्का बनेर ---आफैँ हुनुको मज्जा--- जिउनु,
.
.
कहिलेकाँइ
असनका भिडहरूमा हराएछौ भने,
यदि देखेनौ
मुसुक्क मुस्कुराइरहने आखाँहरू भने,
नसोचेरै,
हजार बार,
.
तिमी देखि नहाँस्ने अनुहारहरू नियाली मुस्कुराउने प्रयास गर्नु,
अनि सम्झाइदिनु --- बाँचिरहेका छौँ --- भनेर बुझ्न लगाउनु,
.
कसम्म शुन्य शुन्य बनेर पनि --- बाँच्न सक्ने --- प्रयास गर्नु,
.
.
कहिलेकाँइ,
आफैँ एक्लै भएको पायौ भने,
यदि पाएनौ,
साथमा साथ भन्ने काँधहरू भने,
नआत्तिएरै,
कयौँ बार,
आफैँसँग हराएर बात मार्ने प्रयास गर्नु,
अनि बुझिदिनु --- म छु ---- भनेर सोच्न लगाउनु,

कसम्म ---आफ्नो मिल्ने साथी आफैँ--- बन्ने प्रयास गर्नु ।
.
.