Sunday, 11 June 2017

यसरी नै अर्को एउटा कुरा...

 बुझ्नहुन्छ, यइ समय नै हो, हेर्नुस्, गाको गै, गाको गै, गाको गै, गाको गै, गाको गै गरेर, गीत गाइदिन्छ ... जिन्दगीकै गीत । अब, हाँस्न नजान्नेहरूलाई हसाउँने, रुन नजान्नेलाई रुवाउने, जीवन-मृत्यु, सबका सब, आँखा अगाडि झल्झल्ती सम्झिन सकिने जस्तै न छ, नी समय । यति छिटो दिन बित्छ, रात, दिन, हप्ता, महिना, वर्ष, सम्झनामा ल्याउँदा समय धेरै अघि निक्लिएको पत्तो था हुन्छ, पछि मात्र...

 यसो सोचि ल्याउँदा, समय यन्त्र भइदिए पनि हुनु, समय लाई रोक्न सक्ने पाइन हुँदो हो पनि कति जाति हुँदो हो! बोलीमा चल् भने चल्, बस् भने बस्, यो समय अपरम्पार नै भइदिएको छ, हेर्नुस्...

 अँ, के लख्नु? सम्झनामा त्यती भरपुर भएर कल्पिएको भने होइन । यो गएको हप्ताहरू त, यति छिटो बिते, पत्तै भएन । रफ्तारले कुदे झैँ समय कुदेको कुदेइ, कुदेइ ... अझ गर्मी त लास्टै छ, अँ सेकुवा बन्न मात्रै बाँकि । अरू के सुनाउनु...? 

 अनि, समयसँगै चल्ने त उमेर नै । जिन्दगी, जिन्दगी भनेर नानाथरी गीत, कविता लेख्नेहरू पनि लेख्दाहुन् । कति छिटो वयस्कमा प्रवेश नगर्दै बूढो हुँदो हुँला, भनेर कल्पना गर्न समेत भ्याउँछु म त । कस्तो के? अङग्रेजी फिल्ममा हिरोइनले भने जस्तै, That's not fair." यति छिटै सब उड्छ, पानी उमाल्यो, उड्छ, सब उड्छ, जिन्दगी पनि, दृश्य र मस्तिष्कमा के के सम्झि ल्याउँदा पनि के के हो के के?

 अनी, अर्को थरी यो मगजले यस्ता हावादारी कुरा सोच्नु हुन्न भन्दै न्याय दिन्छ, हुनु पनि हो ... वाइयात । समय हो, गइहाल्छ । कल्लाई के? आफ्नो समयसँगै चल्न सिक्नुपर्यो । सबै ठीक हुनेछ । सै पनि हो । बरू यता बल्ग तिर बहकिने मनलाई लेख्न लगाउनुपर्छ भन्ने चाँइ भएकै हो, अनि लेखिदिएको... :)

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...