Thursday, 23 November 2017

कत्तिकत्ति!

नसुनिएका गीतहरु कत्ति छन्, कत्ती!
कति पो छन्,
नपढिएका पुस्तकहरू
कति पो छन्!

नपढिएका नयनहरू कति बाँच्छन् कती

म-कवि भनेर बोल्नेहरू कत्ति छन्?
कति पो छन्,
नघोंकिएका सिद्धान्तहरू,
कति, कति मात्र पनि छन्!
कत्ती, कत्ति मात्र पनि छन्!
नजानिएका विषयहरु,
नबुझिएका रहस्यहरू!

नबोलिएका बातहरु कति छन् कति!
कति पो छन्,
नसुनाइएका बहहरु!
नपुगिएका ग्रहहरु!
कत्ति पो छन् कत्ति!

नरचिएका गीत कति सुनिन्नन् कति!

म-छु भनेर भुल्नेहरु कति छन्?
कति पो छन्?
मर्न खोज्नेहरु
कति मात्र छन्!
कति, कति मात्र पनि होलान्?
मन भित्र स्वरहरु
ननापिएका मनका उचाइहरु,
समुद्रका गहिराइहरू,

नमिलेका हिसाबहरू कति छन् कत्ति!
कति पो छन्!
कत्ति मात्र पो छन्
अङ्कहरू!
के के मात्र पनि छन्!
के के मात्र पनि छैनन्!
कति कति मात्र पनि छन्!
कति मात्र पनि छैनन्,
स्वयंलाई थाहा नभएका विषयहरू!

कति कति! बग्न खोज्दै गरेको नदीको कथा!
कति कति! मात्र नअर्थ्याइएका मानव इतिहास!
कति! नखोजिएका शहरहरू...
... कत्ति छन्? कति?

मलाई भनेर बाँच्नेहरु कति छन्?

कति पो छन्
नघुमेका देशहरु,
कति, कति मात्र पनि छन्!
कत्ती, कत्ति मात्र पनि छन्!
नदेखिएका भेषहरु!
नचाखिएका स्वादहरु!

अपूर्ण जीन्दगी मानेर रुने कति छन्?
अपूर्णमै पूर्ण जान्ने कति छन्?
कति पो छन्?
नझिकिएका शब्दहरु,
कति! कति! हुन सक्लान्
यो नपढ्नेहरू!
थोरै त छन् (कम्तिमा!)
यो पढ्नेहरू!
अपूर्णमै पूर्ण बनाइदिनेहरू!

केइ छैन! कत्ति कत्तिमा,
हराइनु भन्दा!
आज हाँसिदिए ठीक छ!
नसुनिएका गीतहरु त कत्ति छन्, कत्ती!
कति पो छन्, के के! कत्ती! कत्ती!
धेरै भन्दा पनि धेरै,
भन्दा पनि धेरै,
के के!
कति पो छन्! कत्ति!
आज बाँचिदिएर सोच्नै छ,
एउटै दिनमा!
जिउन अझै कति छ कति!
बाँच्न अझै कति छ कति!


--सब-भुलेर-मुस्कुराउनुस् :)

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...