Wednesday, 15 November 2017

यस्तै!

हाम्रो देश यस्तै हो, लर्नरड्जी

यस ठाउँको सभ्यता यस्तै!
बात चिल्ला!
बात टिलिक्क!
हाम्रो सभ्यताले पेट भर्न सिकायो
हामीलाई धर्म/शिक्षा/बुझ्न लगायो
व्यवहार सिकाएन, हामी स्वार्थी छम् ।

हामी तेइपनि अबोध छम् ।
हामी नजानिदों पाराका लोभी,
तर, हामी देशका बात मार्छम् ।

यहाँ बातहरू फल्छन् । अल्छि तिघ्राहरू जिउँछन् ।


हाम्रो देश, यस्तै हो लर्नर्डजी!
यस ठाउँको सभ्यता यस्तै!

हाम्रो देशमा सम्भावना होइन,
सम्भावनाका बात चल्छन्
यहाँ अनेकौँ तर्कहरु झुल्छन् ।

विकासका नाममा हामीसँग
एरिस्ट्टल काजीहरू धेरै जुक्ति छर्छन् ।
यहाँ विकासको कुरा प्रशस्त छ ।
यहाँ ५०-६० वर्षको ईतिहास नाटकीय छ ।
र, अर्थ्याउनेहरू बढी छन्।

लर्नरड् जी,
यो देश फूलको पनि भयो ।
यो देश हिउँको पनि भयो ।
यो देश पानीको पनि भयो ।
यो देश समथरको पनि भयो।
यो देशमा उचाइ पनि भयो ।
यहाँ सबथोक भयो ।
यहाँ सबथोक फलिदियो ।
यहाँ स्याउ फल्यो ।
यहाँ सुन्तला पनि फल्यो ।
यहाँ धान पनि फल्यो ।
यहाँ जे पनि फल्यो ।
यहाँ अनि सबथोक भयो ।
यहाँ सबथोक फल्यो ।
र सबै भन्दा बढी त गफ फल्यो ।
सबथोक फल्नु नै अभिसाप भयो ।
सबथोक फल्नु नै घाटा भइदियो ।


हाम्रो देश यस्तै हो! लर्नरड् जी,
यस ठाउँका परिधि यस्तै!
यो तरुल पनि होइन ।
यो खनिज पनि होइन ।
यो हिरा मात्र पनि भएन ।
यो हो तर होइन ।
सायद! सन्सारको कुनै पनि भुपरिवेष्ठित मुलुक यस्तै हुनुपर्छ ।

हामी, नेपालीहरू सन्सार नघुमेका होइनौँ ।
हाम्रो व्यवस्थामा सन्सार छ ।
हामीमा सरसर सब, सप एक साथ छ ।
तेसैले पनि खिचडी भयो ।

यो! खिचडीहरूको देश हो लर्नरड जी,
यहाँ सबै छ ।
यहाँ सबै छ ।
यहाँ सबै छ ।

जसरी यो पूरा लेख! तपाईं पढ्दै हुनुहुन्छ भने,
यो एक खिचडी जस्तै टुङ्गो विहिन र सुरुवात हराएको
झुप्पो हो,
यस्तै हो यो हाम्रो देश, लर्नरड् जी,
तर, मैले तपाईंलाई मेरो देश नराम्रो बोल्नुहुन्न ।
यहाँ भएर पनि भए झैँ नहुनु कसैको केही होइन ।
हामी, वास्तवमा भूगोलमा हेपिएका हौँ ।
हामी राजनीतिमा पेलिएका हौँ ।
हामी थिचिएका हौँ ।
हामी पेलिनु-पोलिनु, थिचिनु,
हेपिनु हाम्रै कारन हुन सक्छ ।
तर, त्यो हाम्रो कमजोरी
नभई खुबी हुन सक्छ ।

तर!
यस्तै हो लर्नरड्जी,
यस ठाउँको सभ्यता यस्तै!
बात चिल्ला!
टिलिक्क!
व्यक्तिमा आचरण खोजिने समय अझै भएको छैन ।
ठुलो सपना देख्नुहुन्न! हामी देख्छौँ---- देखिरन्छौँ नै!
हाम्रो एउटा मात्र असल खुबी त्यही हो ।
र!
हामी खुसी छौँ ।
हामी खु ... सी नै छौँ ।

तर!
यस्तै लर्नरड् जी,
यो देश यस्तै!
र स्वयं म पनि यस्तै! यस्तै! 
यस्तै! यस्तै! यस्तै! यस्तै! यस्तै!

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...