आज बाँचेर हेरेको,
मरेको भए कसरी हेर्दो हुँ!
हँ!
गिटारमा झङझङ र झ्या्याङझ्याङमा,
गित गाएर सुनेँ!
अहो!
म कसरी नगाउँदो हुँ ।
एेनामा हेरेँ,
सम्झेर हेरेँ,
नियालेर
म कस्तो देखिंदो हो!
हँ!
भोली के चिन्ता छ?
आज खिचिक्क खिचिक्क एउटा
फोटो खिच्दामा छु ।
आज म जिउँदै छु ।
म मुस्काउन खोजेँ किनभने,
नमुस्काउने कारण खोजिँन,
र,
यहाँ फूलहरु शीत दाँजिन मन लाग्यो!
आज सुवासित पुष्प - पुष्ष भएर रहूँ झैँ लाग्यो!
र,
कवितामा म आज आएँ!
अहो, आज म कसरी जिन्दा भएँ ।
म हिजो ढुङ्गा झैँ लम्पसार,
पानीमा तैरिएको मृत डुङ्गा झैँ पो थिएँ ।
आज बाँचेँ बाँचेँ रहेँ रहेँ झैँ भएको छ ।
अहो!
भगवान् त म भित्रै लुकेको रहेछ ।
मर्छु भनेर फ्यानमा पासो के लगाएँ ।
हँ! मृत्यु पछि के चाँइ छ भनेर सोधेँ ।
र, सोचिदिएँ कि जीवन नै ठीकै छ ।
मरेपछि कसले सेहार्छ मृत शरीरलाई!
अहो!
म मन्दिर हुँ! भगमान् कहाँ भाग्ला?
आज बाँचेर यसो डुलेर आएँ,
मनमा कसैकालागि प्रेम सजाएँ थिएँ
सजाय होइन भनेर प्रेम सोचेँ
र!
हो आज बाँच्ने दुस्साहस गरेँ,
र, बाँचेँ म बाँचेँ,
म बाँचेँ,
जिउँदो - भएर बाँचेँ,
मर्नै छ त, छिटो किन मर्ने,
जिउँदो भएर बाँच्ने!!
अँ, तेसैले आज जिउँदा भएर बाँचेँ,
मर्या भए कसरी हेर्दा हुँ!
आज जिउँदो भएँ ।
मरेको भए कसरी हेर्दो हुँ!
हँ!
गिटारमा झङझङ र झ्या्याङझ्याङमा,
गित गाएर सुनेँ!
अहो!
म कसरी नगाउँदो हुँ ।
एेनामा हेरेँ,
सम्झेर हेरेँ,
नियालेर
म कस्तो देखिंदो हो!
हँ!
भोली के चिन्ता छ?
आज खिचिक्क खिचिक्क एउटा
फोटो खिच्दामा छु ।
आज म जिउँदै छु ।
म मुस्काउन खोजेँ किनभने,
नमुस्काउने कारण खोजिँन,
र,
यहाँ फूलहरु शीत दाँजिन मन लाग्यो!
आज सुवासित पुष्प - पुष्ष भएर रहूँ झैँ लाग्यो!
र,
कवितामा म आज आएँ!
अहो, आज म कसरी जिन्दा भएँ ।
म हिजो ढुङ्गा झैँ लम्पसार,
पानीमा तैरिएको मृत डुङ्गा झैँ पो थिएँ ।
आज बाँचेँ बाँचेँ रहेँ रहेँ झैँ भएको छ ।
अहो!
भगवान् त म भित्रै लुकेको रहेछ ।
मर्छु भनेर फ्यानमा पासो के लगाएँ ।
हँ! मृत्यु पछि के चाँइ छ भनेर सोधेँ ।
र, सोचिदिएँ कि जीवन नै ठीकै छ ।
मरेपछि कसले सेहार्छ मृत शरीरलाई!
अहो!
म मन्दिर हुँ! भगमान् कहाँ भाग्ला?
आज बाँचेर यसो डुलेर आएँ,
मनमा कसैकालागि प्रेम सजाएँ थिएँ
सजाय होइन भनेर प्रेम सोचेँ
र!
हो आज बाँच्ने दुस्साहस गरेँ,
र, बाँचेँ म बाँचेँ,
म बाँचेँ,
जिउँदो - भएर बाँचेँ,
मर्नै छ त, छिटो किन मर्ने,
जिउँदो भएर बाँच्ने!!
अँ, तेसैले आज जिउँदा भएर बाँचेँ,
मर्या भए कसरी हेर्दा हुँ!
आज जिउँदो भएँ ।