अनि हिजोआज ब्लग लेखम्ला भन्दाभन्दै महिना गइसकेछ । अनिकि! यो बल्गलाई चिटिक्कि रङसङले पोतेर घर रङ्गाए झैँ रङ्गाउन यो कोडिङ, Css के जाति, अलिक अझै जानिया छैन । हे । जेहोस्, अनिकि! बडो सम्झेर यो थोत्रो मगजलाई फेरी कोतरेर शब्द निकाली आज एउटा अनुच्छेद लेख्न लगाएँ । रमाएँ ।
विगतका महिनाहरू ठीकै सँगै बिते । फेरी के सुनेँ भनेँ बेलबेला लेखिरहे! वा जोर्नल लेखिरहे दिमागलाई सन्चो र सुख हुने कुरा बुझ्नमा आयो । जोर्नल नै त होइन, लेख्दा आफ्नो मगजका नेगेटिभ र पोजेटिभ पक्षलाई सँगालेर बल्गमा फिजार्न सके, एक त पाना पनि भरिने र दिमागलाई मेडिटेसन गरी माइन्ड कन्ट्रोल हुने कुरा पनि रहेछ । सोचेँ, ठीकै हो ।
अनिकि, यो गुगलडनले थाही नदिई बल्ग डिलिट गर्छ रे! तेसो त मेरो मा नगर्ला, हाहा गरे पनि के! भन्नलाई अरु केही पनि छैन । ठीकै छ!!! :) अरु भन्दै, सुनाउँदैँ गरम्ला!! हल्का! गिटार नि सिक्दै होन्त! 😇