आफुले सोचे जस्तो भएन भने रिस उठ्छ । अरुको सोच आफ्ना जस्ता नभएमा नै रिस उठ्छ । मगज जोड जोडले आफु नै ठिक भएको खवर बार बार दोहोराउँछ, अनि चेतना हराउँछ, दम्भ देखिन्छ, आक्रोशका चट्याङ् पोखिन्छन् । र, मान्छे रिसाउँछ । मुख्यतः आफ्ना विषय उठानका कुरा सही अनुरुप नभएमा रिसाउँछ ।
साना कुरामा घोत्लिरहनु स्वभावतः मान्छेको जातै हो । सधैं केही कुराको नतिजा खोज्छ । कुनै समय भनाईमा मत भिन्नता देखिन्छन् । कुनै समय व्यक्ति उच्च ओहोदामा पुग्छ र अरुलाई झुसिलकिराको उपमा दिन पुग्छ, व्यक्तिको दम्भ रिसका प्रथम चरण हो । रिसाउनुका कारण यिनै हुन् ।
रिसाउँदा मान्छे आँखा देख्दैनन् । र, कति समय त आफू के गर्दैछु र बोल्दैछु समेत हेक्का रहन्न । र, बर्बादीको बाटो त्यसै कोरिन्छ ।
आफ्नो दिमाग लाई सिधै फ्रिजको पानी जस्तै शितल राख्नुपर्छ । प्रयास यत्ति हो । रिसाउनुमा फायदा हुन्न ।