तितेपाती,
Artemisia vulgaris, common mugwort, जडिबुटी को रुपमा लिइने औषधीय गुण भएको विरुवा हो । खेतीपाती नगरेको स्थानमा वा प्राय सबैजसो स्थानमा सजिलै उम्रिएको पाइने हुनाले यसलाई झारको रुपमा पनि लिइन्छ ।[1][2]
उचाइमा करिब १ देखि २ मिटर अग्लो हुन्छ भने यसमा पहेँला फूल पनि फूल्दछन् ।[3][4]
Artemisia vulgaris[/caption]
हालका अनुसन्धानले यसमा विभिन्न रासायनिक तत्व भएका पाइएका छन् जसले महिलाको महिनावारीको दुखाइलाई कम गराउँछ, भने मानिसको पाचन प्रक्रिया लाई समेत सहयोग गर्दछ, र जुका समेतलाई मार्दछ ।[5][6] तितेपातीमा फेनोलिक र फ्लेबोनोइड जस्ता रासायनिक तत्व (ब्याक्टेरिया अवरोधी र एन्टी अक्सिडेन्ट) प्रचुर मात्रामा पाइन्छन् ।[7]
सन्दर्भ सामग्री
4. Plants For A Future: Artemisia vulgaris - L. https://pfaf.org/user/Plant.aspx?LatinName=Artemisia+vulgaris
6. Oneworld: https://www.oneworld-alc.org/wp-content/uploads/2015/02/Artemisia-vulgaris.pdf
7. Pandey BP, Thapa R, Upreti A. 2017. Chemical composition, antioxidant and antibacterial activities of essential oil and methanol extract of Artemisia vulgaris and Gaultheria fragrantissima collected from Nepal. Asian Pacific Journal of Tropical Medicine. [accessed 2018 Aug 8]; 10(10): https://www.ncbi.nlm.nih.gov/pubmed/29111190. DOI: 10.1016/j.apjtm.2017.09.005
No comments:
Post a Comment