Friday, 20 March 2020

कोरोना VIBES


File:SARS-CoV-2 without background.png



देख्छु बाटा भरीका
मान्छेहरु,
र डराउँछु।


हरेक विदेशीहरुसँग,
र अपरिचितहरुसँग,
र अनुहारहरुसँग
डराउँछु।


किराना पसल,
जुत्ता पसल,
र मासु पसलको भिड देखि,


हरेक
भिडहरु देखी डराउँछु।
आत्तिन्छु र भाग्छु,
र,
मेरै चेतनाले
म त्रसित छु।
मेरै बुझाइले
म चिन्तित छु।


अनि त,
कसैको हाच्छिऊँ देखि डराउँछु।
कसैको खोकी देखि त्रसित छु।
र,
डराउँछु,
आफ्नै हाच्छिऊँ देखि पनि आत्तिन्छु,
आफ्नै खोकी देखि पनि तर्सन्छु।
र,
आफ्नै प्रिय हातहरूको
स्पर्शहरु देखि डराउँछु।
यी हातहरु
चाहर्छन् नाक,
सुम्सुम्याउँछन् आँखाहरु,
र डराउँछु।


साझा बसका मानिसहरुबाट,
माइक्रो बस र टेम्पोको हुलहरुबाट,
भाग्दै छु।
zombie नै बनुँला भन्ने डरले
हो,
म तेसै तेसै
आत्तिन्छु।
डराइरहेछु र डराउँछु।


कोरोनाले लुटेको इहलिलामा,
इटली र इरान मा झैँ,
युरोपमा झैँ,
आफ्नो देशको पनि जिवनहरू,
नगाँसियोस् भनेर,
म शहर देखि डराउँछु।
म मृत्यु देखि डराउँछु।
म कोरोना देखि डराउँछु।



No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...