Friday, 22 May 2020

ए जिन्दगी...

ए जिन्दगी...

 

गाएर गीत, नाच्दै

हेरिदेऊ जिन्दगी

म प्रत्येक दिन

मुस्कानहरूमा

खोजिएर आउँछु,

भरिएर खुसीहरुमा

सजिएर छाउँछु।



गुनासा लाई लेखेटर,

छरिदेऊ जिन्दगी

आनन्दका रश्मिहरू,

सन्तुष्टि अँगालिएर

जगाइदेऊ जिन्दगी,

म रमेर प्रफुल्लित हुन्छु।

म बनेर कवि बन्छु।



खुल्ला... आकाश छ,

चङ्गा बनिदिऊ

जिन्दगी,

अनन्तका भावहरू

लिएर छाइदेऊ

जिन्दगी,

म रङ लिएर

जिन्दगी चित्र कोर्छु।

म यसै समय

मनको बन्धन बाट

मुक्त...

छुटिन्छु र जिऊँछु

जिन्दगी...

 

म जिएकै भुल्दो रहेछु,

र अप्रष्ट जिन्दगी...

म उद्देश्य नखोज्दो रहेछु,

र गन्तव्यहिन जिन्दगी...

म सुख अर्थ्याउँछु,

र नमिठो जिन्दगी...

म भोलीलाई बाँच्तछु...

हिजोमै हराउँछु...

र भेटिँन मिठास जिन्दगी!!

 

अब त भिन्न

सोच्न सिकिदेऊ,

सोचिदेऊ,

जिन्दगी

ऊ खोज्दछ,

तिमी पनि खोजिदेऊ,

जिन्दगी रमेर आउँछ।


No comments:

Post a Comment

How to increase the capital expenditure capability?

How to increase the capital expenditure capability? Capital expenditure is the country’s spending on infrastructural developments. Such infr...