Tuesday, 16 June 2020

आइदेऊ ! नेपाली

                                                                    

                                              आइदेऊ नेपाली तिमी

आइदेऊ नेपाली तिमी, 
कृषिमा पाखुरी लिएर,
माटोमा भविष्य खोज्न,  
पसिनाको अर्थ बुझेर, 
आइदेऊ नेपाली तिमी 

कृषिमा भविष्य बनेर,

आकाश मुनि,

बादलका भुवाहरुसँग

मितेरी गाँसेर,


उकाली ओराली गर्दै,

डाँडा-काँडा र पाखो-बारीमा,

जोश फलाउन...


आइदेऊ नेपाली

नेपालको कृषिमा

क्रान्ति लिएर,


भर कसैमा परेर हुदैँन,

गुनासा अब कसैलाई गरेर हुदैँन,

माटोमा बिउ फल्छ ...

गुनासा फल्दैन,

माटैमा बेर्ना फल्छ ...

सामाजिक-सन्जालका

गफ फल्दैन,

डाहा र अल्छी

फल्दैन,


त्यसैले

आइदेऊ नेपाली

कृषिमा साहास लिएर,

चुनौती पन्छाउँदै तिमी

कर्मको बाटो लिएर,


अफ्ठ्यारा जरुर छन्,

हरेश नखानु तिमी,

विदेशका सपना बोकेर

देश नबिर्सनु तिमी,


आइदेऊ नेपाली तिमी

अठोट लिएर,

प्रविधि बोकेर

सपना बोकेर

...तिम्रै त खाँचो छ...

आइदेऊ नेपाली तिमी

कृषिकै बाटो रोजेर...





No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...