Tuesday, 29 September 2020

क्रान्तिकारी साङ्लाहरु

रात भर गस्ती गर्दै हिड्ने 
साङ्लाहरु

जब खोज्दै हिड्छन् -
अर्ग्यानिक का अवशेषहरु,

फूल पार्दै थैलामा,
क्रान्तिका बिउ छरे झैँ,
भ्रम भरे झैँ,

मानिस पल्टाउने युगमा 
निरन्तर पर्खिरहेका साङ्लाहरू,
युद्धमा क्रान्तिकारी बनेर,
उड्छन् -
- हिड्छन्


खुल्ला युद्धमा मानिसले 
किच्छन्,
थिच्छन्,
र पनि साङ्लाहरु 
जन्माइरहन्छन्-
थैलाहरु,
बिउहरु,


भोली भिन्नै बनेर, 
उदाउने साहसमा,
पृथ्वी मेर‍ो पनि हो
भन्ने बुझाउने प्रयत्नमा,

रङ्ग र रुप फेर्ने...

नेपालका कम्युनिष्टहरु जस्तै!



  K: Animalia
P: Arthropoda
C: Insecta
O: Blattodea
F: Blattidae
G: Periplaneta
S: americana


No comments:

Post a Comment

Federal State relations

  Q. Describe the interrelation between tiers of government in Nepal. How can state-province-federal relations be improved? Answer: Nepal...