Tuesday, 29 September 2020

सपना पनि कस्ता? (भाग २)


म युवतीसँग छु। अदृश्य प्वाँख भएका पखेटा पलाएको म मा महशुस हुन्छ। पागल भनिएका युवती लाई म छुटाउन गएको म बुझ्दछु। युवती म तिर दौडिदैँ आएको म बुझ्दछु। किराना पसल छेउ मैले किनेको एक पलास्टिक झोला छुर्फी राखिदिन म बुझ्छु। युवती पागल छैनन् भन्ने भेउ मैले पाइसकेको हुन्छु।

युवती मेरै छाती टाँसिएकी छे। मलाई अँगाँलेकी छे। म एक हातले उनलाई लपेट्छु र अर्का हातले डुङ्गा खियाए झैँ गर्छु। हामी माथी पुगेको म देख्दछु। म खोला र बस्तीहरु भएको भेउ पाउँछु। वरपर घाम प्रष्ट देखिन्नन्; सबै पानी रङले पोतिए झैँ निला र समुद्री रङ, अनि कालाले झिसमिस उजेलो भएको म पाउँदछु। यात्रा त्यत्तिकै सकिएको हुन्छ र म युवती को हो पनि चिन्दिँन। यत्तिकै सबै अन्त्य हुन्छ। त्यस पछि के भो म मा चेतना रहन्न।

                                              ‌                                       ***

म उड्दै गई टङ्गारो सम्म आइपुग्छु। पुरुष र महिला सँग आउँदै गरेकाहरु सित यो स्थान कुन हो भनेर म सोध्दछु तर उत्तर पाउँन्न। बोर्ड नेर केही पढे झैँ गर्दछु र यो तराईको कुनै स्थान भएको म बुझ्दछु। 

अलिक वर बढे झैँ गर्दा तल घर बनाउँदै गरेका, पिल्लरहरु देखे झैँ हुन्छ। म त्यस ठाउँ नाघँला झैँ भनेर उफ्रन्छु र उड्छु। खोला तल रहेको देखिन्छ, र मुनितिर सेति ट्याङ्की हो या स्तुपा हो या सेता मन्दिर हो भेउ रहन्न। म उडेँर अझ तल खोला किनार मा  पुग्दछु। त्यहाँ म शिव लिङ्ग भएको र छेउमा एक जना बुढा, दारीवाल जसको म अनुहारको म भेउ पाउँदिन। म सँग खल्तीमा २० का दुई वटा नोट रहेको कसो गरी हेक्का रहन्छ र म ‍एउटा बिसको नोट सो व्यक्तिलाई दिन्छु। सो ठाउँबाट म उठ्छु र छेउमा भर्याङहरु चढेर म अर्कै ठाउँमा म गइरहेको थाहा हुन्छ; म होटेलको रुम मा रहेको थाहा हुन्छ। 

कोठामा हेर्दा पुराना सुटकेसका सामानहरु बिस्तारा भरि कसैले मेरो सामान चोरेर लगिदिएका हुन् भन्ने मलाई लाग्दछ। छेउमा रहेका शौचालयहरु पनि त्यति सफा नरेहेका कुरा म बुझ्दछु। 

                                                                                               ***

सबै बगाएर लग्ने कुरा म बुझेको मलाई थाहा हुन्छ। हाम्रो समुह सानो एउटा घर जस्तो छाप्रो हो या खोला नजिकको टापु जस्तो स्थान: त्यहीं छौँ। हामी अघि आएका पुल भत्काएर लेगेको दृश्य कैद हुन्छ। यो हाइड्रो पावर को हाउस हो र हामी त्यहाँ सुरक्षित छौँ भन्ने कुरा कसैले गरेको मलाई लाग्दछ। म ठ्याक्कै बाहिर निस्कदाँ पानी धमिलिएर, माटा रङका भएको र उफ्रेर, बढेर आएको देख्दछु। 

फर्केर हेर्दा, त्यो पावर हावस पनि बगाउन लागेका र त्यहाँका सबै निक्लेर पारी गइसकेका थाहा हुन्छ। र, म पनि बचेर, कसो गरेर निस्किएको र अहिले घरको भुइँ तलामा २ जना बुढी मान्छेहरुसँग बसेको पाउँदछु। हामी बसेको घरलाई नै हल्लाएर, बसमा बसे झैँ बगाएर लगिरहेको, मलाई थाहा हुन्छ। ती बुढीहरु नआत्तिन भन्दछन्। मैले ती बुढी मानिसहरुलाई पहिले कहिल्यै देखेको मलाई लाग्दैन। खोल्सा, नाला, र भिर बाट हामी खेसे झैँ लाग्दछ, तर खोलै छेउ पुग्दा घर अट्किएको हुन्च र फुत्त निस्कन्छु। घर ले बनाउँदै ल्याएको गहिरो, खाडल जस्तो बाटोहरु पछ्याउँदैँ म शहर सम्म निस्किएको पाउँछु। 

सो खाडल हेर्दै गर्दा चर्किएका सडक भए छेउ आइपुग्छु। म हेर्दै गर्दा कालो गेट भएको घरमा पुग्छु। त्यहाँ एक व्यक्ति कुर्चीमा बसेर समाचार पढ्दैछन्। मलाइ देख्दैनन्। म सिधै ढोकानेर पुग्छु र त्यस ठाउँमा भुँइचालो आएको महशुस हुन्छ। म भने डराएको हुँदिन। 

म नै भुँइचालो भएको मलाई महशुस हुन्छ।

                                                                                                    ***

No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...