खै! कसो गर्ने हो?
न अब आसाहरु रहे, न रहे सपनाहरु...
उद्घोष मात्र उद्घोष, र बाचा मात्र बाचा...
मेरा पाइलाहरु, यिनै गल्ली र चोकमा,
र शहरका अधेँरा कुनामा, पाङ्ग्रा झैँ घुम्दछ।
खै! कसो गर्ने हो?
न कहीँ पुग्दछु, न कहीँ उठ्दछु,
जाग्दछु र पनि अचेत... बन्द ओठका
शब्दहरु बोल्दिँन।
रातहरु सुत्छन्... म सुत्दिँन।
दिन उजेलिन्छ... म हुँदिँन।
अब आउँदिन म!
चोकचोकमा हल्लाहरु लिएर, क्रान्ति लिएर!
क्रोध लिएर, इतिहास बनेर!
खै! कसो गरेर बोलाउँछौँ?
तिम्रो हिसाब मिलाउन!
म सक्दिँन भो!
तिम्रा उद्घोष मात्र उद्घोष, र
बाचा मात्र बाचा सुनिदिन!
No comments:
Post a Comment