Sunday 9 June 2024

संगित र जीवन

धुनले मस्तिष्कलाई राहत दिन्छ। मलाई लाग्छ अनेकन नेताका भाषण भन्दा मिठो धुनमा मन, मस्तिष्क र शरीर सम्मलाई आनन्द मिल्छ, मन हलुङ्गो हुन्छ। सामाजिक सन्जाल चियाउनय भन्दा निर्धक्क आँखा चिम्लेर बसेमा समय झन् प्रष्टिन्छ। त्यसमा संगितले सहायता गर्दछ।

मन रोओस् र धुनले मलम लगाउँछ। म गितको कुरा गर्दैछैन, बरु बाजागाजाको सुनिरहुँ लाग्ने ध्वमीको कुरा गर्दैछु। दुखी हुँदा झन् दुखी बनाउने गीतको के काम? मन धेरै सेलाउँदा न्यानो दिने, र बढी नै आत्तिँदा शान्ति दिने - त्यस्तो धुन पो धुन। मलाई यो - "यो सोचेँ जस्तो हुन्न जीवन" भन्ने गीत कति मन पर्दैन। जीवनको वास्तविकता आफैँ थाहा पाऊँ र मनन गरौँ, गीतैले हामीलाई किन सिकाओस् जस्तो कि जिस्काए झैँ गरेर। आनन्दमा रागको रस पठोस्, त्यहाँ पो शितलताको रस छ। हो, धुनमा मानव रचित हुदैँन र त्यसमा हामी आफ्नै शब्द कोर्न सक्छौँ - म त्यसैमा सुन्दरता देख्छु।

मानिसको जीवन पनि धुन जस्तै बन्नुपर्छ। त्यहाँ अवरोह र आरोहमा बाँधिदैँ जीवनको सुत्र आफैँ खुल्दै जाओस्। लाग्छ, त्यो धुन मिठो भए सबैले त्यसलाई पछ्याउनेछ। 


No comments:

Post a Comment

Energy Transition Index nepal

Nepal ranks 100th in Energy Transition Index 2024. Energy Transition Index 2024 Top 10 Countries 1. Sweden🇸🇪 2. Denmark🇩🇰 3. Finland🇫🇮...