Friday, 7 June 2024

मिठो फलः खरबुजा

खरबुजा, गर्मीको फल, जस्तो कि भगवान्ले नै बनाएका हुन्। गर्मी याममा तातोले छटपटाएको शरीरलाई शितलता र रगतमा पानीको मात्रा बढाइदिने कस्तो गुणकारी फल। सबै भन्दा भिटामिन सि पाइने यो खरबुजा कति फलदायी छ। जीव शरीरको युरिया चक्रमा मध्यकर्ताको भुमिका खेल्ने 'साइट्रुलिन' नामक अमिनो एसिड यसैबाट खोजी गरिएको रे।



तर, खासमा मानवले नै बनाएका हुन् बनाउन त - छानी, छानी प्रजनन गराउँदै। उसो त पहिलेका खरबुजा त्यति मिठा हुदैँनथे, हुन त मैले चाखेकै चाँइ होइन। पुराना प्रकार यसको केही होस् वा फल भलै भगवान् वा कुनै दैविय शक्तिले बनाएका हुन् वा होइनन्, आजको स्वाद यसको कति जिवदायी र पुर्ण अमृत लाग्छ मलाई। 

मृत सागर वरपर पाइएको बताइने यो फल सातौँ शताब्दी  तिर आइसकेको थियो रे भारत तिर, र दशौँ शताब्दी तिर चिन पुग्यो अरे। सोह्रौँ शताब्दी तिर स्पेनीहरूले हालको फ्लोरिडा पुर्याए र सत्र शताब्दी तिर पेरु, ब्राजील तिर पुगिसकेको थियो अरे। सन् १९४९ मा बिज रहित खरबुजा बन्दै आज त सन्सार वरपर परिचित भइसक्यो। अब यति वाक्य लेख्दा नलेख्दा कति मानव इतिहास, कथा लेखिसकियो। 




मलाई कहिले विज्ञानमै भर परि कति सृष्टि सर्जित मानव आफैँले गरेको जस्तो पनि लाग्दछ - जस्तो कि खरबुजा त मानवले नै बनाउदैँ, खियाउँदै ल्याए झैँ लाग्छ; फेरि म दैविय गुण धरणीको आशिर्वाद यसैमा देख्दछु। कहिलेकाँही विज्ञान आफैँ समयनुसार, कालनुसार परमात्माले नै बाटो देखाइदिने हुन् कि जस्तो लाग्दछ। जब म खरबुजा जस्तो फल खादैँ हुन्छु, कस्तो सिर्जित र कल्पित रुपमा म कहाँ आइपुगेको छ र म बडो इच्छाले यसैलाई म खान तम्सिन्छु। म त दुवै दैविय शक्ति र वैज्ञानिय दर्शनलाई बुझ्ने चेष्टा गर्छु। म एक्कासी दुवै विज्ञान र अनादिकालको विचारोपर आनन्दित हुन्छु, हो त आखिर विज्ञान समयसँग उठेको एक मनोधार। 

यति सानु चिन्तनमै पनि म ककसलाई मात्र पनि धन्यवाद दिउँ जस्तोि। फललाई, त्यो कर्म गरी उब्जाउनेलाई, यहाँ सम्म ल्याइ पुर्याउने चालक होस्, मैमा पाचन सहयोगी अनेकन ब्याक्टेरियाका अमेजन जङ्‍गल होस... ककसलाई...। म मात्र कृतज्ञ भइ यसलाई खाँदा म पुनः सम्पूर्णता सँग जोडिन्छु र धन्यवाद मात्र दिन सक्छु मनैदेखि...


No comments:

Post a Comment

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...