Tuesday, 27 June 2017

पोष्ट, प्रेमको

के कुरामा नभुलीकनै बस्नु? बाटामा हेरी, तेर्सिएका धारिला नजरहरू हिडेँको देख्छु । ट्वाल्ल हेर्छु । क्षणभरमै प्रेम, हा हा... अचम्म! प्रेम नभए के? के त? के...? हो, प्रेम नै । गल्ती मेरै चाँइ होइन है । फेरी प्रेम भन्छु, भुलिहाल्छु । फेसबुकमा फोटो अपलोड गरि एउटीले, नराम्री मानूँ त? आ... त्यति विधि नराम्री पनि छैनन् । हैट, कति राम्री । लौ! अनि फेरी प्रेम... टिभिमा देखिने अनुहारमा, बाटामा हिड्ने आफ्नै उमेरकाहरुलाई हेरेर दङ्ग पर्नु पनि भुल्नु होला र? यो त सरासर प्रेम हो । एकदम् प्रेम । हामी केटाहरूको काम नै यही हो । हामी आखाँ डुलाइरहन्छौ, भुलिरहन्छौ, भुलिरहन्छौ...

अब, के भन्नुहुन्छ? मैले राम्री ठानेँ, राम्री पनि लाग्यो, राम्री नै सोचेँ । फरक यहीँ छ, जिस्काउनेहरू जिस्काउँछन् ... नानाथरी भन्दा हुन् । तर, मलाई चाँइ झन् सम्मान गर्न मन लाग्छ । कसैलाई केही भनिन्न । "राम्री रहिछिन्" भनेर मन सम्ममा पनि गुन्जाउनु म भित्रैकै विषय हो। बरु, पछि मात्र तिनी वा उनी राम्री रहिछिन् भन्ने उद्घोष हुन्छ, मनैभित्र । मैले भने जस्तो ठाउँका ठाउँका "प्रेम भयो" भन्नुको अर्थ फेरी अर्कै हो यहाँ । मैले मात्र शब्दाएको प्रेम फरक हो, फरक । मेरो भन्नुको मतलब --- मलाई राम्री लागिन् --- भन्नु हो । "यो त सरासर प्रेम हो" --- मैले अघि भन्नुको अर्थ चाँइ उनी राम्री छिन् मात्र को अर्को स्वरुप मात्र हो । त्यसरी बुझियोस् । हो, त्यसैले मलाई केही/कोही राम्री लागिरहन्छ वा मेरै भाषामा प्रेम परिरहन्छ मेरो ।

एकथरी नारीवादीहरू केटी मान्छेलाई यस्तो-उस्तो गरिएको, स्वतन्त्रता छैन, के के, यता उता भन्दछन् । तर, कसम्म! भनिहालूँ, सबै पुरुष उस्तै हुदैनन् । केही केटा मान्छेहरू मात्र रुप वर्णन गर्न रुचाउँछन् । ती सुन्दरताका लोभी हुन्, तर राक्षस भएर सुन्दरता माथि नङ्ग्रा गाड्दैनन् । राम्रो रुपलाई राम्रो देख्नु, ठान्नु गलत होइन । मन कसले जाँच्न सकोस्? बरु, मन भित्रै बाट "यिनी राम्री रहिछन्" भन्नु सम्ममा गलत हुन्न, हुँदै हुन्न । सबै केटाहरू एउटै नसोच्न पनि सक्लान् । फरक त्यहीँ छ, अर्थ्याइ फरक छ । कति विषय व्यक्ति-व्यक्तिमा नै फरक पर्न सक्छ, पर्छ पनि...

तर, म आफुलाई एकदम "प्रेम परिरहने" मान्छेमा उद्घोष गर्न चाहन्छु । मलाई कोही राम्री लाग्छ, भने मैले मन भित्र/उसैको सामु राम्री छ्यौ भनेर मैले सोच्न पाउनुपर्छ अथवा भन्न सक्नुपर्छ । त्यो भन्दा मेरो मनमा अरु कुनै पनि नकारात्मक सोच वा भावना हुदैँन । भएछन् भने म पनि पापी हुँ । र, यो नितान्त मेरो मन भित्रको कुरा हो । अनि, जहाँ सम्म भुल्नु, भुलिरहनुको कुरा छ, यदि कसैको सुन्दरतामा म भुल्छु भने, म त्यसलाई "म भुलिरहेको छु" भनेर बुझ्न चाहन्न, "म प्रेममा छु" भनेर भन्न रुचाउँछु । भनिहाल्नोस्, यो आकर्षण हो भनेर तर भनिहालेँ यसमा बाह्य गन्ध मिसिएको होइन, मैले कुनै पुष्प राम्रो मानेको मात्रै हो, यसलाई त्यसरी नै प्रेम भनूँ ।

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...