Sunday, 9 July 2017

वयस्क पछि

File:Beyoglu 5788 01x.jpg
 Imagemosaics
(CC BY SA-3.0)
         
दारी झुस्स गालामा आउँदैँ-नआउँदै शरीर बूढो हुँदै गएको थाहा हुन्छ, वयस्क हुनुलाई फेरी दारी सित नदाँजियोस् नि! शरीरका संरचनाको व्याख्या गर्नु यो लेखको लक्ष्य भने होइन । वयस्क हँदा सन्सार हेर्ने आँखाहरू पुराना बन्छन्, मस्तिष्क ठुलो सोच्छ, सन्सार रच्छ, ओठ माथि जुङ्गाको रेखीले वयस्क बोल्यो-बोलेन, के सरोकार? मस्तिष्कले बोलोस् । स्वर कस्तो भो? के मतलब? के बोलियो भन्ने पो महत्व । एकदम फरक भएर मुटु सोचोस्, मन सोचोस्, मस्तिष्क सपना देखोस्, पूरा गर्ने अठोट बटुलोस् । केटा पुरुष बन्नु, केटी महिला बन्नु मात्र पनि वयस्क भएन ।

शरीरको आवरणमा, हुर्किएको भनि वयस्क के खोज्नू? बरु जानियोस्, यसरी कि ऊ कसरी सोच्छ, कसरी बात मार्छ, उसको तरिकामा सरलपन आओस्, केही भिन्न होस् ।

वयस्क हुनु कुनै परिस्थितिको सामाना गर्न व्यक्ति कसरी सामर्थ्य राख्छ भन्नु हो । रोई, कराई कुनै अवस्थामा पिरोलिएर पनि केही फाइदा नाँइ । दर्दलाई कसरी आत्मसाथ गर्न सक्ने विशेषताले वयस्कपन झल्काउँछ । अब, पीडा पर्यो भनेर मात्र के? पीडा आफैँ सँग राखेर झार निमोठे झैँ निमोठ्ने कलाको विकास होस्, अनि पो ठुलो भइन्छ । आफू हुनुको तात्पर्य बुझी आफ्ना आवेगहरू संयमित भई रोक्न सकियून् । वयस्क भइन्छ ।

मुस्किल छ, कार्यलाई जति सरल बनाई बुझ्न सकिन्छ, त्यति नै बुझ्दै जानू नै बन्नु हो । सरल बन्दै जानु नै जीवनको लक्ष्य हो । गल्दै जानू, वयस्क होइन । भुल्दै जानू होइन, सिक्दै जानू हो, उमेर मात्र त हुँदै होइन ।

घटना अनुसार चल्नु, चल्न सक्नु नै बुझ्क्की बन्नु हो । शरीर बूढो हुदैँमा ऊ जान्ने छ भन्ने हुदैँन । समयसँग बग्नुनै हुर्कनु हो । वयस्क पछि नै जीवन टुङ्गिन्न, यस पछि मात्र सुरु हुन्छ, एउटा कथा लेखिन्छ, यहाँ पात्र बन्नु हो । सकेसम्म कथामा मोडिनु हो, आफुलाई सिकाउँदैँ लाग्नु नै हो, जीवन भनेको... फेरी दुख त वयस्क पछि शरीर बूढो र फुस्रो हुँदै गएपछिको... तर चिन्ता कसैको केहीको लिन नपर्ने, खुल्ला र उड्दैँ हुन सिक्दै जानु नै वयस्क हुनुको अभ्यास र उद्देश्य हुनुपर्छ; गाह्रो बनाउन हुदैँ होइन।

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...