Thursday, 31 August 2017

देशका कविता

कविता!
यी देशका कविता!
कति फिक्का,
कति सजाई सजाई,
दुलही झैँ सजाएरै
लेखिएका
यी देशका कविता,
प्रतियोगिता जित्ने!
यी फिक्का,
टिलिक्क टलकाइएका मात्र,
हरफ हरफ
छन्द छन्द बनाइएरै
लेखिएका
यी देशका कविता!
.
सहानुभूतिको मलम लगाऊ,
पुराना मसी सकिएको कलमले
ओतपोत छोपछाप
गाऊ गीत शानको,
यी देशका कविता
खोक्रो राष्ट्रवाद पोख्छ,
देशका चिन्तामा
तुरुक्क स्याल रुवाइ गर्छ,
यी फिक्का हुन्छन्, हो!
यी देशका कविता... ले
मात्र पनि
कसरी हो? मन टाल्छ,
अनि प्रतियोगिता जित्छ,
युट्युबे कवि संस्कृति जोड्छ,
कविता!
ती तेई कविता!
यी देशका कविता!
देशका कल्पनामा प्रयोग
भएको सुनाउँछ,
दुनियाँलाई सपना देखाउँछ,
तर, यी पालिस झैँ
झरिएर जानू छ!
यी देशका कविता
ओइलिएर झर्नु छ!
.
कविता!
यी देशका कविता,
कति मीठो झुट,
कति गुलिया गुलियो,
शब्दले सजाएरै
बनाइएका
यी देशका कविता
-पोख्नु सम्भावना डाक्छ!
-कल्पनाको रङ लगाउँछ!
-इतिहासमा रमिरहन्छ,
-वास्तविकता बोल्दैन,
-वस्तु जान्दैन
-सपना देखाउँछ, भुुलाउँछ,
-आज भुलाउँछ
तर,
कविता,
यी देशका कविता,
यो सानो नेपाल खाल्डो भन्दा
कइँ कतै नपुग्ने
यो कागहरूको सहरमा कराइरहन्छ,
जादुही भ्रम छरिरन्छ,
कथित इतिहासमा, शानमा रमिरन्छ,
.
कविता!
यी देशका कविता
फिक्का फिक्का भए पनि
रङ्ग सजाउन चाइए झैँ
ए त्ति कै किन?
सजाइरहन्छौँ? यी किन?
बाँचिरहन्छ? लेखिरन्छ?
यी देशका कविता!



SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...