म आलु हुँ,
आलु म हुँ ।
कमसेकम म पिँडालु त होइन,
क्याक् क्याक् कोक्काउने!
म सोच्छु,
यति सरल छु म,
कक्षाको एउटा बच्चाले यो हिसाब
सजिलो छ भने जस्तो!
होइन, म गम्भीर छु,
म चिन्तन गर्छु ।
अनि, म छुच्चो पनि छु, रिसाइदिन्छु ।
म मिल्न पनि सक्छु, मिल्छु ।
धेरै... सायद मिले झैँ गर्छु ।
म, तर आलु मान्छे
एकदम मीठो,
एकदम सस्तो,
गुलियो,
हेपिएको हुँ, सायद!
नखोजेको हुँ... हो!
सबै सीत मिले झैँ सक्ने,
म एकदम, आलु आलु ।
एकदम नकुइएको आलु,
तर, बजारमा अभाव भएको हल्लामा
हराए जस्तो ...
यो आलुको महत्त्व छैन ।
म, मासु बन्न सकेको भए!!!
एक बोतल रक्सी बनेको भए,
मात्र एक खिल्लि चुरोट बनेको भए!
रामरी चिनिँन सक्थेँ...
तर,
कसैले सोच्दैन,
हुन पनि केइले मिठा मान्छन्,
असल मान्छन् ।
आफैँमा ठिक...
म आलु हुँ ।
आलु म हुँ ।
कमसेकम म पिँडालु होइन,
कोक्काउन्न!
आलु म हुँ ।
कमसेकम म पिँडालु त होइन,
क्याक् क्याक् कोक्काउने!
म सोच्छु,
यति सरल छु म,
कक्षाको एउटा बच्चाले यो हिसाब
सजिलो छ भने जस्तो!
होइन, म गम्भीर छु,
म चिन्तन गर्छु ।
अनि, म छुच्चो पनि छु, रिसाइदिन्छु ।
म मिल्न पनि सक्छु, मिल्छु ।
धेरै... सायद मिले झैँ गर्छु ।
म, तर आलु मान्छे
एकदम मीठो,
एकदम सस्तो,
गुलियो,
हेपिएको हुँ, सायद!
नखोजेको हुँ... हो!
सबै सीत मिले झैँ सक्ने,
म एकदम, आलु आलु ।
एकदम नकुइएको आलु,
तर, बजारमा अभाव भएको हल्लामा
हराए जस्तो ...
यो आलुको महत्त्व छैन ।
म, मासु बन्न सकेको भए!!!
एक बोतल रक्सी बनेको भए,
मात्र एक खिल्लि चुरोट बनेको भए!
रामरी चिनिँन सक्थेँ...
तर,
कसैले सोच्दैन,
हुन पनि केइले मिठा मान्छन्,
असल मान्छन् ।
आफैँमा ठिक...
म आलु हुँ ।
आलु म हुँ ।
कमसेकम म पिँडालु होइन,
कोक्काउन्न!