Wednesday, 25 October 2017

. . .

चाहे, नचाहे
माने, नमाने
अइले झ्या्उ छ,
सास फेर्न पनि,
उभिन पनि,
भार छ!

मैले सोचे जस्तो यो समय,
मैले सोचिरहेकै यो समय,
बगिरहेको बहिरहेको
समय होइन!
विगतबाट
खोस्रिएको,
वर्तमानलाई पूर्ण तल्लीन,
मैले सोचेको समय,
भविष्यको मीठो रसवरी,
...वर्तमानमा होइन,
...समयमा होइन ।

भने नभने
कल्पे नकल्पे
अइले बोर छ
बाँच्न पनि
मरे मरे झैँ
रर डढेको छ

मेरो मगजले बाँचेर हेर्न
खोजेको समय
किन वर्तमान होइन?
आँखा चिम्लिएर बसेको साधु हुँ म,
हात बाँधेँर बाँचेको मानव म,
बगिरहेको समय बेपर्वाह,
भोली डाकिरहेको मैले,
...म हिजो छु,
...म भोली छु,
वर्तमानमा होइन,
समयमा होइन ।

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...