Monday, 23 October 2017

Exam times, पछ्याइरहेछ दानव

  जीवन जागे झैँ सरसरती पाना पल्टिन्छ किताबहरूका, यही जाँचको समय । ऊ बेलै देखि कम्मर कसेर, मिहिनेत गरेर पड्नी बानी त कुनै जमानामै सेलाए जस्तै जस्तै लाग्छ । पढाउनेहरूमा के दोष छोडूँ? दोष त पढ्नेहरूमा... दोष त आफैँमा अझ बढी ।



 एक्कासी, एक्कासि जब जाँच आपुग्छ । भएभरका सन्सारका देवदेवी समझिइन्छ, मुटुले सधैँ डिस्को डान् स त गरिराकै हुन्च, यो बेला झन् उचालिएर, नाना थरी हारमोन आक्रमण शरीर भरभर भएर मुटु कान्छो कन्सर्ट सुरु गर्छ ढ्याङ ढ्याङ डुक चुक ढुक चुक वाला म्युजिक सहित... हे देव, फलाकिन्छ, त्यो देव फलाकिन्छ । आँखामा भयको छाप, अनिँदोको भार आपसेआप, क्षणका क्षण... सर्प देखेपछि दाम्लोमा बाँधिएको गाई उफ्रिए झैँ, उफ्रिनै राको हुन्च मनमुटु । अन्त, नो सुख! पड्नै परिगो, अनि त सुरु हुन्छ किताबी, नोटनानी मैयाँ जो छन् सबै सँग डेटिङ वा कुस्ती र पर्च घम्सा घम्सी...

 नोट नानीसँग बात मारेर यति भ्याएँ त्यति भ्याएँ भनेर कोठा कोठा आउने कोठे ड्रामा गर्नेहरू यति बेला उच्च रुपमा सजिन्छन् । ह्या मैले त पाँच मिनेटमै कन्ठ पारेको भनेर खुपै धाक देखाउने जाँचका लडाकुहरू बात लाउन निपुण भइजान्छन् यतिबेला । कति त फेेसबुक स्ट्याट्स सम्ममा छाउँछन्, जाँचको समय छ भनेर । अब तिनका जाँच भनेर कल्लाई फरक पर्नी हो?

 नोट नानी बोलिसिन्छ, यो पड् त्यो पड्, यो पनि, यो झन् important, समय यति छिटो चल्ने समय नै यही हो । हावा पनि रहेको नरहेको पत्तो सम्म हुन्न । उज्यालो, रात अत्तो पत्तो हुन्न । नोट नानीले खुब बटारिएर बात मार्छिन्, यतिबेला । दिमागमा सिन्को घुसे पो? हे नारान! ८ देखि नौ पाना पल्टिएसँगै साँझ पर्छ । पीडा र टेन्स भएभर अनि जीवनका फिलोसोफी सब एक्कै चोटी बडारिन्छ । राती निद्रा नै भाग्छ, काँ पुग्छ काँ?

 दानव त दानवै हो जाँच । भयङ्करको Anaconda नै हो यो, निल्नै खोज्छ । परीक्षा भनेकै परको इच्छा, पारी परिहरूको मनमा के छन् कसरी जान्ने ए! परिक्षा अघिका समय तर अति नै दर्दनाक र पीडादायक...

 जाँचको अघिल्लो दिन र जाँचकै दिन त कथाले उच्च मोड लिन्छ । कथाको 'म' पात्र निराश, निराशाले निथ्रुक्क भिज्छ । मस्तिष्कमा दानवले घेरिसक्छ । आँखामा एक किसिमको चिन्ता घेरिन्छ । एक स्वरमा सोचिन्छ, "ऊ बेलै पड्न पर्नी त नी । होस् तर..."

 बेन्चामा बसेपछि प्रश्न लेखिएको कागज नाचेर स्वागत गर्छ । जाँचले साँच्चै जाँची छाड्छ तेती बेला । कान रातो हुन्छ, टाउका घाम तापे झैँ तातो बन्च । अनुहार चाँइ गमक्क बन्छ रातो भएर । अब के त? शरीर भर दानवको बास भयो, कति बेला आयो, बस्यो? के था कइले दानव आयो? जाँच नसकुन्जेल बसिरन्च, शिर उपर नै चियाइरन्छ, यो दानव । मुटु त डिस्को डानस् गरिरहेकै हुन्छ । (र, background music continues...)

 फेेरी, जाँच सक्किए पछि हुल का हुल दानव पसेका सम्पूर्ण टाउकाहरू निस्किन्छन् चौरतिर । केइ टाउकाहरू धाक लाउँछन्, यसको उत्तर यति लेखेँ, यसको उत्तर यो, त्यो । केइ टाउको लुपुक्क पुच्छर लुकाएको कुकुर झैँ भाग्छन् घरतिर र यी जाँच भ्याए लगत्तै घर कुद्नेहरू नै वास्तवमा असली हिरो पनि हुन् । Legends don't stay there late to tell their stories. They move to create other stories. हो ।

जाँचको समयमा
जाँच सकिएपछि
  जाँच सकिए लगत्तै क्षणमै दानवहरू हराउँछन् । खुला आकाशका साना टुक्रा बादलमा पनि कविता पोखिन्छ । मुटु मन्द भइ संगित बज्छ । आहा! राहतको असली मजा तेतीबेला ।

 जब जब जाँच आउँच, तब तब मात्र किन अध्ययनको भयले सताइदिन्छ? विषय र अध्ययन जोडिएको भए यस्तो नहुँदो हो । प्रत्येक दिन केही न केही गरि पडिएको वा केही कुरो सिक्न खोजिएको भए, सिकाइ र बुझाई झ्याङ्गिदैँ जान सक्थ्यो । तर, त्यसो हुन्न । दिनहरू बिनाअर्थी काममै बिलाउँछ । फुटबल क्रिकेट हेरेर के कौन सा हाम्लाई के? कसैको फेसबुक पोष्टमा लाइक गरेर फाइदा कौन सा? टुइटमा बात मार्दै, रिटुइटको अर्थ के? यी र यावत् कुराहरूको महत्व जाँच अघि मात्रै घोत्लिन बाध्य बनाउनु जाँच दानवको सहयोग पनि हो ।

 अर्को तिर जीवन जीउँदै जाँदा नतिजाका अङ्क सँग माया मर्दै गएपछि फेरी दानवको मतलब पनि नहुने रहेछ । अध्ययन र सिकाइ कस्तो हो भनेर प्रश्न गर्ने र आफ्नो अध्य्ययन पछि चिन्ता लिन पर्च भनेर यो दानव तर कइले सिकाउन्न । Marks नै ठुलो कुरो भनेर जब सम्म यो दानव सोचाइरहन्छ, तब सम्म Exam times को दानव पछ्याइरहन्छ... Be safe!


SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...