Saturday, 2 December 2017

प्रेमका टुक्रा

तिमी!
बनेर गीत बन,
धुन बन,
तिमी,
मेरालागि सारङ्गीको र्याँइ र्याँइमा आउनु,
मेरा लागि गिटारको झ्याङझ्याङमा छाउनु,
तिमी,
मिलेर गीत बन,
छन्द बन,
तिमी,
मीठो मुस्कानको एक सन्देश लिएरै आयौ भने,
मेरो दृश्यमा मनलाई बतास भयौ भने,
तिमी!
मेरा लागि बन!
मेरै लागि!
मे र इ ला गी...

तिम्लाई देखेछु भने,
म पारी बाट तिम्लाई हेरि रहेको तिम्लाई पत्तो नभएकै ठिक,
तिम्लाई बोलेछु भने,
म चियाइ हेरिरहर, तिम्लाई सम्झी कविता रचेको था नभएकै ठीक,
तिम्ले था पाएछौ भने,
मैले लेखेका कविता अत्ति! अरुका जस्तै लाग्छ भनेर हो!
मैले देखाएका प्यारका बात! अरुका जस्तै हुनसक्लआ भनेर हो!
तिम्लाई भटेर पनि!
मैले तिम्लाई प्रेमको प्रस्ताव नभन्नु नै ठीक,
मैले तिम्लाई मनपराको कुरा नसुनाएकै ठीक!!

तर,
तिमी! छौ! र हौ!
बनेर गीत बन,
बनेर धुन बन,
तिमी,
मेरालागि सपनीमा आउन चाह्यौ भने, वा,
मलाई तिम्रै सपनीमा बोलायौ भने,
मेरा लागि गजलको हरफमा डाक्नु,
तिमी,
मिलेर स्वर बन,
गायन बन,
तिमी,
मीठो यादको एक सन्देश लिएरै आयौ भने,
मेरो टोलाउने कारण थप्न आयौ भने,
तिमी!
मेरा लागि बन!
मेरै लागि!
मे र इ ला गी...

तिमीबाट नचिनिए पनि,
म, म हुँ भनेर तिम्रो तारिफ र मुस्कानमा घायल भइजाँदा!
म, छु भनेर तिम्लाई उद्घोष सम्म गर्न नसक्दा!
तिमी म सँग बोल्यौ वा
म तिमी सँग बोलेँ भने!
तिमीले प्रेमको सुवास सम्म बुझ्यौ भने,
मैले प्रेमको सङ्केतसम्म दिन सकेँ भने!
मैले तिम्लाई प्रेमको प्रस्ताव नभन्नु नै ठीक,
मैले तिम्लाई मनपराको कुरा नसुनाएकै ठीक!!

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...