मलाई धेरै पर सम्म पुग्नु नै थ्यो!
मलाई सारा दुनियाँले हेरेर रमाको हेर्नू थ्यो,
र, मलाई कइलेइ नदेखेकाहरुले देखून्,
कइलेइ नसोचेकाहरुले सोचून्!
र, मेरो महत्व मलाई होस् --- भन्ने झैँ थ्यो!
म मा, कृष्णको झैँ चमकदार कला थ्यो,
मेरा नयनमा हेरेर जोकोही मख्खिने जादु थ्यो,
र, सडक छेउ सुसेल्दा झुम्नेहरू थिए,
र, मेरो केइ समयको रुप
बैँस!
आहा! मेरो मोहनी!
म, मयुर झैँ नाच्थेँ!
मानौँ म किरण झैँ उज्यालो हुँ,
र, म एफ्रोडाइट भन्दा पनि सुन्दर,
कुनै मिथको अप्सरा भन्दा पनि रुपवान्,
डाहा, गरे झैँ पुतलीहरू मान्थे,
र, मलाई नाचेको हेर्न सप झुम्थे!
र, म एत्तिकै! बाँच्थेँ,
भोली थिएन,
थिएन, भोली!
मानेँ! आज छ, म छु!
मेरो रुप छ...
तर, एक्कासी समय गल्यो,
तारा 'म' चम्किन छाडेँ,
बलिन तेस् दिन पछि,
जादु हराउँदै गयो,
उज्यालो गुमेर गयो!
मलाई हेर्नेहरू अर्कै फूल्नेहरूलाई हेर्थे,
म, मा गर्भ बसेन!
अर्को दिन हुरी चल्यो!
म, भुँइमा झरेँ, पछारिएँ!
कुल्चिइएँ!
म, सुन्दर पुष्प रहिँन,
बिलाएँ!!