सोच्नुपर्छ । हामी सोच्छौँ । सोचिरहनुपर्छ । हामीले जानेका कुरा सोच्नुपर्छ । हामीले नजानेका कुरा सोच्नुपर्छ । जीवन छोटो छ र जानिएका र नजानिएका विषय धेरै छन् । र, त्यो सोच्नुपर्छ । पोख्त र निपुण भन्ने विषय केही छैन । सिकाइमा कमजोरी । अल्छिले डेरा जमाउँछ । निद्रा लाग्छ । खाना खान पर्यो । अल्छि लागिहाल्छ । रोग लाग्छ । जीवन छोटो छ । सिक्नुपर्ने के हो? ज्ञान भनेर अर्थ्याइएका ज्ञान नै हुन् । अथवा के होइनन् ।
चुप्प बस्नेहरु भिक्षु हुन् । मनमा केइ छैन । वा, छैन भन्छन् ।
वैज्ञानिक पनि हुन्छन् । खोज गर्छन् ।
बाटामा हिड्नेहरु, वा डिग्री पास नभाकाहरु, वा धर्मात्माहरु, वा दर्शन बोल्नेहरु, वा वेद जान्नेहरु सबै सिकाइ बोल्छन् । सुत्र सबैको आफ्ना आफ्नै र भोगाइसँगै बुझाई फरक फरक!
सिकाइ के हो? जान्नु के हो?
सोच्नुपर्छ ।
हामी आनन्द खोज्छौँ । शीतल खोज्छौँ । न ताप होस्! न चिसो! शरिरलाई आनन्द! आनन्द यो माने कि ठीक सँगको आनन्द! न हाम्रो शरिरलाई आराम, न हाम्रो मनलाई आराम! भौतारिन्छ । समत गएको गएकै, गएको गएकै! मन आत्तिएकै! आत्तिएकै । फेरी हामी ज्ञान भन्छौँ! सोच्छौँ! आनन्द कहाँ छ ।
हामी बुद्ध होइनौँ । हामी अब जङ्गलै पस्न सक्दैनौं । सके! कोही ठिक छ । अनि, यो हृदय, शरीर, सोच, मन, आवेग, भावना, मस्तिष्क एकसेएक नानाथरी बोल्छन् । मन बोल्छ? के बोल्यो? के बोलेन? ज्ञान काम लाग्यो? लागेन? लाग्यो? पूर्ण भन्ने के छ? जीवन छैन ।
सार! भन्नु नै आनन्दको बाटो! दिमागलाई आनन्दसँग राख्ने! ज्ञान भन्नु नै यही मनलाई पकडमा राख्ने! यसलाई उत्ताउलो हुन नदिने! यो शरीरलाई सुख भोगी हुन नदिने!
सोचिरहने, घोत्लिरहने! शरिरको पीडा होस् या मनको हल एउटै! मनलाई वसमा राख्ने! अर्थ देखे अर्थ बोक्छ! अर्थ माने अर्थ मिल्छ । सब सोचमा! तेसैले सोच्नुस्! सोच्नुपर्छ । तमाम! समयका भोगाइहरु अर्थ्याउनुस्, मान्नुस्, बुझ्नुस् । केही ग्रन्थहरू सोच्नुस् । जति असल कुरा छन्, सप डाक्नुस् । सोच्नुस् । ज्ञान तेहीँ छ । यो जीवननै ज्ञान हो । सोच्नुस् ।