Sunday, 24 December 2017

हल्ला

मेरा हल्लामा अभिनय हुन्छन् ।
मेरा हल्लामा अलिकति गफका गन्ध हुन्छन् ।
अनि, गीतका धुनहरू,
अनि, गीतका शब्दहरू
म, भनिदिन्छु! सुरिला स्वर...
सुरिला स्वर,
मेरा हल्लामा सुरिला स्वर हुन्छन् ।
सुरिला स्वर मन परे हल्ला नलाग्न पनि सक्छन् ।
मेरा हल्ला सुरिला स्वर नलाग्न पनि सक्छन् ।

मेरा हल्लामा रक्सिका छुवाइ हुन्नन् ।
मेरा हल्लामा वैंशको सुवास हुन सक्लान् ।
मेरा हल्लामा तर! सुनिदिउन् भन्ने चाहना हुन्नन् ।
मेरा हल्लामा, अलिकति! चिन्ता पोखिएका होलान् ।
तर! अरुलाई कुनै पनि असर परोस् भन्ने चाह छैनन् ।
हुन, त कसैलाई असर पर्ला भनेर हल्ला गरिन्नन् ।
आवाज! जुनै पनि हल्ला हुन सक्छन् ।
जुनै पनि स्वर! बोली! हल्ला! हुन सक्छन् ।

तर, मेरो हल्लालाई म गायकको गित ल्याउँछु ।
मेरो हल्लालाई म हृदयको मीठो ध्बनी बोल्छु ।
मेरो हल्लालाई तिम्ले मन पराइदिए हल्ला बोल्नेछैनौ!
तर! पनि ती मिठा हल्ला हुन्!
यी! मीठा हल्लाहरूमा तिम्रालागि अलिकति!
कविताहरू चिच्याइचिच्याइ छतको वाचनमा
मेरो कसैलाई हुन सक्छ ।
यी! हल्लामा मनले कतै!
तिम्लाई सम्झ्यो!
यी हल्लाले कतै!
अतितलाई! भविष्यलाई सँगै डाक्यो!
तर!
मेरा हल्लामा आज छु ।
म छु ।
म छु ।
अभिनय छन् ।
यी हल्लामा स्वर! अभिनय हुन्छन् ।

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...