Tuesday, 24 July 2018

. . .

यही खाल्डोमा बाँच्छु साथी,
यही खाल्डोमा,
जुनै देश 
जुनै ब्रह्माण्ड पछ्याउने सोच्छु,
सरसर तिम्रा वास्नाहरूको
पिछा गर्न पनि त सक्दिँन,

यही सन्सारमा जिउँदो देखिएँ, साथी,
अब यही सन्सारमा प्राण त्यागूँला!
यो सासको के भर?
यो शरीरको के भर?
म यहीँ मुस्कुराएर बाँच्छु,
म यहीँ हाँसेर बाँच्छु ।

पिंजडाको मान्छे, 
यहीँ रमाएँ, साथी,
कतै कहीँ उड्नु छैन, पुग्नु छैन!
म यहीँ ठिक छु, साथी,
म यहीँ ठिक छु ।

म यो खाल्डोमा कति पनि निस्सासिँन्न!
यही खाल्डोमा बाँच्छु साथी,
यही खाल्डोमा!
र, तिम्रा साथ जति खोजे पनि, नभेटूँ!
तिम्रा यादहरुमै बाँचुला,
म ठीक छु,
म ठीकै छु ।

Punishments in civil service in Nepal

Punishments Ordinary Punishment: (1) Censure, (2) Withholding of promotion for up to two years or withholding of a maximum of two salary inc...