Tuesday, 14 July 2020

Locusts (in Nepali)

सलह: परिचय

सलह छोटा सिङ भएका एक्रिडेडी परिवार अन्तर्गत पर्ने फट्याङ्ग्राका प्रजातिहरु हुन्। अत्यन्तै लामो समयसम्म खडेरी भई, वनस्पति वृद्धि जस्ता पार्सथितिक समयमा सेरोटोनिनले फट्याङ्ग्रामा शारीरिक भिन्नता आउँछ। यसै क्रममा ती प्रजातिहरुमा समुहगत प्रवृत्तिको विकास हुन पुग्दछ र घुमन्ते शैली अपनाई ती सलह बन्न पुग्दछन्।

हावाकै बहावसँग उड्ने हुँदा सलह १५ देखि २० किमि प्रति घन्टा उड्दछन्। सलहको झुन्डको एक वर्ग किलोमिटर देखि सयौँ वर्ग किलोमिटर फैलिएको हुन सक्दछ भने करिब करौडौँको सङ्ख्यामा फट्याग्राहरु हुन सक्दछन्। एक गोटा सलहले आफु बराबर आफु बराबर नै खान सकद्छ। 

 

वातावरण हेरी सलहको आयु तिन देखि पाँच महिना हुन सक्दछ। १० देखि १५ सेमी बलौटे माटो मुनि यसले अन्डा पार्दछ। पोथीले ६ देखि ११ दिनको अन्तरालमा तिन पटक सम्म ८० वटाका हाराहारीमा अण्डा पार्न सक्दछे। १० देखि ६५ दिनमा अन्डा बाट निम्फ निस्कन्छन्; क्रमाङ्क रुपमा तिन देखि नौ हप्तामा ती वयस्क बन्दछन्।

 

प्रजातिहरू:

 


 

अष्ट्रियाली सलह (चोर्टोइसिटस टरमिनिफेरा)

 


 

मरुभुमी सलह (सिस्टोसेरा ग्रेगेरिया)

 

 

 

 

घुमन्ते सलह (लोकोस्टा माइग्रेटोरिया)

 


 

 

सेनेगाली फट्याङ्ग्रा (ओएडेलस सेनेगालेन्सिस)

अफ्रिकाली धानको फट्याङ्ग्रा

(हिइरोग्लिफस डागानेन्सिस)

 

 

स्थान, हुर्कदों अवस्था, उपप्रजाति, जस्ता कारणहरुले फट्याङ्ग्राका रङ, आकार फरक पर्न सक्दछन्। माथिका प्रतिनिधि बाहेक पनि समुहगत प्रवृत्ति र घुमन्ते शैली देखाउने फट्याङ्ग्राका थुप्रै प्रजाति हुन्छन्। 

 

घुमन्ते प्रकिया र अवस्था

·        आउटब्रेक: सुरुवाती अवस्थाका समुहमा देखिने फट्याङ्गराहरु

·        अपसर्ज: आउटब्रेक बाट जम्मा हुदैँ आइपुगेका,

·        प्लेग (प्रकोप): विभिन्न क्षेत्र बाटै जम्मा भई आएका,

·        डिक्लाइन: घट्दै गएपछिको अवस्था

 

व्यवस्थापन:

सलहको अन्डा, निम्फ र वयस्कलाई नै कुनै पनि प्रक्रियाबाट नोकसान पुर्याई नियन्त्रण गर्ने तरिकाहरु (जस्तै आगोले, कुनै साधनले किचेर) प्रयोग भएका छन्। ढुसीजन्य विषादी मेटाराइजियम एक्रिडमले पनि नियन्त्रण सहयोगी हुने पाइएको छ।

 

प्राय: विषादी, जैविक विषादी, र वृद्धि नियामकहरु (ग्रोथ रेगुलेटरस्) हाल अपनाइका विधिहरु हुन्। संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठनको (विषादि सुझाव समुहले) १० वटा विषादी र एक जैविक विषादी सिफारिस गरेको छ।

 

हालको प्रकोप:

 

हाल देखिएको प्रकोपको कारण मरुभुमी सलह हो। सन् २०१८ बाट अरेबी प्रायद्विप बाट यसको फैलावट भएको हो। सन् २०१९ सम्ममा सलह इरान, पाकिस्तान, भारत, सम्म पुग्यो भने २०१९को अन्त सम्ममा विभिन्न देशहरु: इथयोपिया, सोमालिया, साउदी अरेबिया, येमेन, इजिप्ट, ओमान, जस्ता थुप्रै मुलुकहरुमा फैलिसकेको थियो।

 

जुनको अन्तिम तिर नेपालमा पनि सलह प्रवेश गरेको पुष्टि भइसकेको छ।

 

 

 

स्रोत सामग्री:

·         Current Biology DOI: https://doi.org/10.1016/j.cub.2008.02.029

·         FAO: Desert Locust Guidelines (2001)

·         FAO: Desert Locust Q&A – 9 April Update

·         Journal Of Orthoptera Research DOI: 10.1665/1082-6467(2005)14[203:TPRGOF]2.0.CO;2

·         Science DOI: 10.1126/science.1165939

 

 

·         अनलाइन खबर: नेपालमा सलह किरा भित्रियो (२०७७ असार १३)

·         तस्बिर: विकिमेडिया कमन्स्

 

 


No comments:

Post a Comment

Federal State relations

  Q. Describe the interrelation between tiers of government in Nepal. How can state-province-federal relations be improved? Answer: Nepal...