Tuesday 30 May 2023

सपना पनि कस्ता?

This post was originally published on September 17, 2017. However, Medium notified me of a potential violation of their rules, which I was not aware of. As a result, I will likely be deleting all of my posts from there. However, any posts that I particularly enjoyed will be shared on my blog. 

The following post is about a dream experience that I had. I enjoy writing about the dreams that I remember in the morning as soon as possible, as it gives me a chance to improve my writing skills.


बारी तिर सुतिरहेको रहेछु । यो बारी हाम्रै हो भन्ने मलाई महशुस हुन्च । होइन, म पल्टिरहेको माथि आकाश तिर हेरेर…, एक्कासि अचम्मै भो! Hot Air Balloon कि के भन्चन् नि, हो त्यसमा ... त्यसमा क्या! जसमा मान्छेहरू बस्छन् नि उड्चन् पनि, आकाश भरी हुलका हुल आए, प्रतेकमा कोइ न कोइ थिए । म सुतेर हात हल्लाइरहेको थिएँ । एक-दुई वटा खस्ला झैँ भएर पहाड तिर ठोक्किएलान् झैँ देखिएका । म एउटा काले मान्छेले पनि मैले हात हल्लाइरहेको देखेर हाई गरिरहेको पनि देख्छु । तेस पछि म दायाँ तिर पनि हेर्दो रहेछु । पारी पारी तिर पनि तेस्तै ठुला ठुला बेलुन हरू देखिरन्छु । यो मेरै गाउँ तिर हो भन्ने मलाई था हुन्छ । एक्कासि अनुहारमा पानीका छिटा परे जस्तो हुन्छ, म माथि एउटा ठुलो बेलुन देख्छु आकाशतिर । छ्या! बेलुनमा बस्नेहरले हात धोका होलान् वा पिसाब फेरेका होलान् भनेर म रन्थनिएर भाग्छु ।

एक फन्को लाएर, फेरी अघि सुतेको बायाँ तिर हेर्दा मैले बार लाएको देख्छु । बार, उता पट्टी जीप जस्तो देख्छु र एउटा कुइरे (अन्य कुइरे पनि छन् भन्ने आभाष हुन्थ्यो) तर, हो! एउटा कुइरे नै हो । साँप होइन, पाइथन बुझिन्थ्यो, पाइथन को टाउको समाएर हातमा लिइरहेको । तेसपछि हाम्रा दाई चाँइ (मेरै एकजना दाइ, खै! कता बाट बार नाघेर पनि कुइरे नेर पुगेर, दाँत चेक गरिरहेको पाइथन को, दाँतै रहेनछ) ए…! । यस्तो के भन्दा भन्दै, पाइथन समाउन प्रयास गर्न पुग्छन् हाम्रा दाई अघि कुइरेले जस्तै तर कुइरे खै! के भन्दै हपार्न खोज्छन् । म हेरिराकै हुन्छु । म चाँइ "खै! यल्ले घाँटीमा बेर्यो भने त मान्छे मर्च" भनेर कुइरे सीत बात मारिरहेको रहेछु । कुइरे तेइ इसारामा खै! अङग्रेजीमा के के भन्छ, म बुझ्दिन । मान्छे त ननिल्ला, म यस्तै के बुझ्छु ।

म अलि पर पुग्दो रैचु, खोला जस्तो हो कि खै! पैरो गाको हो! खोला नै माटो मिसिएको पानी जस्तो, देखिने रहेछ । तर अघिका कुइरेहरूको हुल पनि देखिन्छ । है! हाम्रा गाउँ त कुइरेको destination भएच यार, म यस्तै केइ सोच्छु । खोला नै हुनुपर्च, एकदम्, माटो मिसिएर बगेको, म कुइरेहरलाई हेर्दिन खासै! तर यो दुरी टाढा भए झैँ हुन्च ।तेस पछि म university कि खै के हो हुँदा हो घुम्दै रहेछु । त्याँका धारा जस्तो हो कि कतातिर म हुँदा रैचु । खै! मैले ट्याङ्की जस्तो को पानी खोल्दिन्छु । र मलाई पारी तिर रहेका हरले तेइभर मलाई गाली गरिराको म बुझ्छु । तर, पछि आएर खै! एक जना ठुलो भाँडा लेर माझ्न थालेको देख्छु । म बाटो मास्तिर हुन्छु र यो त university नै रहेको मलाई था हुन्छ । एकजना ठुलो स्वरमा गीत गाएको हो कि जस्तो हुन्च । म नि गाउँथे नि गीत भन्ने जस्तो हुन्च । left तिर केइकेइ selfie लिराको म देख्छु ।


यत्तिकै...,


एक्कासि म क्लाँसमा आइपुग्छु । त्याँ टन्नै छन् खै को को, म चाँइ घर जान हतार गरिराको रहेछु । ब्याग गह्रौं नभएपनि ठुलो छ भन्ने चाँइ मलाई था हुन्छ । क्लाँस ठिकैको ठुुलो छ । भित्तामा कै के, घेरम्ला, फर्सीका का पातहरू जस्तै, मा parasitic plant कि के भनेर अरुलाई देखाइरन्छु । एकछिन गफ भए झैँ हुन्च, एकजना अइलेका साथीले mimicry गर्न भन्च एउटा सरको, म हल्का गर्छु । पछि त अर्को विषय पढाउने सर पनि रहेको म देख्छु मेरो दायाँ तिर अनि म चुप हुन्छु अनि म क्लाँसको ढोकाबाट निस्कन खोज्छु । खै! कसरी क्लाँस त बाँकी छ त भन्दै म अन्तिम भन्दा एक बेन्च अगाडि बस्दो रहेछु । एक्कासि, चार जना chemistry का प्रोफेसर (मलाई था भइहाल्छ,) physical chemistry पढाउन लाको, म बुझ्छु । खै! के के लेख्छन् । अरु तीन जना प्रोफेसर क्लाँसको सुरुमा बसेका छन् । एक जना चाँइ के सोध्दै पछाडि सम्म आइपुग्छन् । मैले चाँइ केइ बुझेको हुँदिन । अइले सम्मै, नपढाको --- यस्तै के सोचिराको हुन्छु । पछाडि बस्ने एक जना त स्कुलमा म सँगै पढ्ने पनि रैच, हल्का दारी झपक्कै भएछ, ती उठेर खै! के भन्चन् । म सुन्चु तर बुझ्दिन । ठ्याक्कै! मलाई सोध्नी पालो आए आए झैँ गर्दा चाँइ बुढा कोइसन सक्यो कि के! भनेर क्लाँसको अगाडि तिर लाग्चन् । राहतै भए जस्तो हुन्च मलाई! तेस पछि assignment पनि के भनेर आर्कै professor लेख्न थालेको म देख्छु । खै! के के...अनि, एकछिन मा अरू अरू पनि के के देखेजस्तो भएर म ब्युझिँहाल्छु । सोचेँ! यो सपना हो? कोइ गम्दछन् कि सपनाहरू पनि कुनै अर्को दुनियाँमा भएका घटनाहरू हुन् । हुन सक्छन् । No idea!

Electoral reforms in Nepal are challenging

Background: Article 84 (5): Every Nepali citizen who has attained the age of eighteen years, as provided in law, shall be entitled to vote i...

Popular