Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Monday, 23 December 2024

नुन-चिनी कम खाने भएँ, भजन सुन्ने भएँ

 नुन - खाना लाई स्वाद र जीवन दिने कारक तत्व; नभई नहुने, तर बढी भए फेरी त्यत्तिकै बेफाइदा पनि। जीवनको सन्तुलन नै यी साना साना कुराको व्यवस्थापन बाट नै सहज हुने गरिनुपर्ने कुरा बाट म छर्लङ्गि सकेको छु। यद्यपि धेरै कुरा पालना गर्नै पनि कठिन, जटिल र समयावस्थानुसार झन्झन्टिलो हुने पनि गर्दछन्। यी र अन्य कुरा सुल्झाउने स्वयं मस्तिष्क भएको हुनाले, दिमागको अवस्थालाई बढी महत्व दिइनु पर्छ। बुझौँ त, सारा अध्यात्मिक जगत्को सार चेतना, र जीवन सुत्र पनि यही मन र मस्तिष्कको सफापन, स्वच्छपन र स्फुर्तपनमै आधारित छ।

जब मन र मस्तिष्क आफैँमा सफा, कोमल र हितदायी छन्। अनि दागरहित र चेतनशील छन् - शरीर जाबो त आफैँ स्वस्थ र निश्चल बन्छ। किनकी जब मस्तिष्क आफैँ अग्रसर भई आफ्नो हितमा सोच्न असक्षम रहन्छ तब उसले आफ्नै भलो पनि गर्न सक्दैन। र समाजसेवा र पराईहितको सोच कसरी राख्न सक्छ?

यस शीर्षकउपर चर्चा गर्दा नुनचिनी लाई म शरीरको विषादीको उपमा दिन्छु। यी एकदम रसायन नै हुन्। भौतिक जगतमा रसायनको उचित मुल्य र आवश्यकता छ। र शरीरको इन्जिन चलाउन, धड्कनको स्पन्दन कायम राख्न र कोषिकामा जलगत प्रकिया कायम राख्न यी नुनचिनीकै भुमिका रहन्छ। तर, जसरी रसायनिक मलले माटि बिगार्छ र फलामका मसिनरी खिइन्छ - शरीरमा पनि भिन्नता छैन। भलै आत्मा आफैँ यो जगत् बाहिरका कुरा हुन् तर शरीर त यही पञ्चतत्वकै बनोट हो। त्यसकारण मलाई लाग्छ कि नुनचिनीको सेवन अस्वस्थकर नै छ। 

अझ चिनीले त दिमागमा लतको झैँ काम गर्न सक्दछ। चिनी त हामीले अन्न बाटै पाइरहेका छौँ। थप चिनी सेवनले शरीरमा शरीरलाई ढिलो र स्फुर्त बन्नै दिदैँन। नजानी यो शरिरमा गएर थेग्रिन्छ। कुरा चिनीकै मात्र भएन, तेल, चिल्लो, पिरो, तितो, प्याच, लसुन यी सबै रसायनलाई कम भन्दा कम नै सेवन गर्नैपर्छ।

अर्को विषयउपर सोच्दा यो भजन, स्लोक, संस्कृतका स्तोत्र ठन्डा वायु जस्ता हुन्, वातानुकुली यत्रमा दिमागलाई विश्राम दिए जस्तै। यस्ता सुसज्जित संस्कृतका स्तोत्रले एकछिन द्रुत गतिमा हिडेँका सवारीलाई ट्राफिकले रोके जस्तोको काम गर्छ। एकछिन त पर्ख, विस्तारै त हिँड। र बारम्बर संस्कृतका स्तोत्र, मंत्र दोहोर्याउनाले मनमा आनन्द र शीतलता ल्याउँछ। शरीर, मस्तिष्क र मनलाई स्थिर गराउँछ, र एकै बिन्दुमा ल्याउन मदत गर्दछ र वर्तमानमै बाँच्न लगाउँछ। धन्य हुन् ती हजारौँ र हजारौँ वर्षका ती तपस्वी र ज्ञानीहरू र तिनका ज्ञानलाई संरक्षण गर्नेहरू, आज हामी ती स्तोत्रहरू पढ्न र सुन्न पाउँछौँ।

सारंशमा रसायनलाई कम प्रवेश गराऔँ जति सकिन्छ। र दिमागलाई शान्त राख्ने प्रयास गरौँ। सुन्दा सजिलै लागेपनि यी कम सजिलो छैन। म त प्रयासरत छु, त्यसैले नुन-चिनी कम खाने भएँ, भजन सुन्ने भएँ।

Wednesday, 26 June 2024

सुसाइड सोच

म मेरो दुनियाँमा करिब धेरै चोटी मरेँ। २ चोटी हाम्फालेर, १ चोटी झुन्डेर,१ चोटी हातको नशा काटेर... दृश्यहरु बार बार सजिव हुदैँ आउँथ्यो। आकाश अधेँरीए झैँ हुन्थ्यो। म मेरो मृत शरीर कल्पना गर्छु। छियाछिया, टाउको पट्ट फुट्दो हो, रगतै रगत, हड्डिहरू देखिँदो, शरीर छ्याल्लब्याल्ल! आँखा पिचिक्क परेका! दृश्यमा झुन्डिएको शव झिक्दै गरेका! सास फूलेर आउँथ्यो। रुम रुम झैँ लाग्थ्यो। ट्युब्लाइटको बत्तीको उज्यालोमा हेर्दा पनि अँध्यारो लाग्थ्यो। लामो सास बाट म फूल्लिन्थेँ।

Sunday, 9 June 2024

संगित र जीवन

धुनले मस्तिष्कलाई राहत दिन्छ। मलाई लाग्छ अनेकन नेताका भाषण भन्दा मिठो धुनमा मन, मस्तिष्क र शरीर सम्मलाई आनन्द मिल्छ, मन हलुङ्गो हुन्छ। सामाजिक सन्जाल चियाउनय भन्दा निर्धक्क आँखा चिम्लेर बसेमा समय झन् प्रष्टिन्छ। त्यसमा संगितले सहायता गर्दछ।

Friday, 7 June 2024

मिठो फलः खरबुजा

खरबुजा, गर्मीको फल, जस्तो कि भगवान्ले नै बनाएका हुन्। गर्मी याममा तातोले छटपटाएको शरीरलाई शितलता र रगतमा पानीको मात्रा बढाइदिने कस्तो गुणकारी फल। सबै भन्दा भिटामिन सि पाइने यो खरबुजा कति फलदायी छ। जीव शरीरको युरिया चक्रमा मध्यकर्ताको भुमिका खेल्ने 'साइट्रुलिन' नामक अमिनो एसिड यसैबाट खोजी गरिएको रे।

Thursday, 23 May 2024

चुरोट-भक्तहरूलाई सानु सन्देश

भनेको थाहा नभएको पनि होइन - "धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ, क्यान्सर निम्तयाउँछ"। तथ्यांक आफ्नै ठाउँमा होलान्, चर्चा नगरौँ। अनेकथरी रसायनकै नाउँ घोकेर पनि पार लाइने होइन, यद्यपि तथ्यांक र रसायन जानीकन आफ्नै दिमाग स्फुर्त हुने हुँदा जान्दा बेठिक पनि होइन। यो लेखमा चाँइ चुरोट किन नखाने भन्ने चर्चा मात्र के!

Tuesday, 30 May 2023

सपना पनि कस्ता?

This post was originally published on September 17, 2017. However, Medium notified me of a potential violation of their rules, which I was not aware of. As a result, I will likely be deleting all of my posts from there. However, any posts that I particularly enjoyed will be shared on my blog. 

The following post is about a dream experience that I had. I enjoy writing about the dreams that I remember in the morning as soon as possible, as it gives me a chance to improve my writing skills.


बारी तिर सुतिरहेको रहेछु । यो बारी हाम्रै हो भन्ने मलाई महशुस हुन्च । होइन, म पल्टिरहेको माथि आकाश तिर हेरेर…, एक्कासि अचम्मै भो! Hot Air Balloon कि के भन्चन् नि, हो त्यसमा ... त्यसमा क्या! जसमा मान्छेहरू बस्छन् नि उड्चन् पनि, आकाश भरी हुलका हुल आए, प्रतेकमा कोइ न कोइ थिए । म सुतेर हात हल्लाइरहेको थिएँ । एक-दुई वटा खस्ला झैँ भएर पहाड तिर ठोक्किएलान् झैँ देखिएका । म एउटा काले मान्छेले पनि मैले हात हल्लाइरहेको देखेर हाई गरिरहेको पनि देख्छु । तेस पछि म दायाँ तिर पनि हेर्दो रहेछु । पारी पारी तिर पनि तेस्तै ठुला ठुला बेलुन हरू देखिरन्छु । यो मेरै गाउँ तिर हो भन्ने मलाई था हुन्छ । एक्कासि अनुहारमा पानीका छिटा परे जस्तो हुन्छ, म माथि एउटा ठुलो बेलुन देख्छु आकाशतिर । छ्या! बेलुनमा बस्नेहरले हात धोका होलान् वा पिसाब फेरेका होलान् भनेर म रन्थनिएर भाग्छु ।

एक फन्को लाएर, फेरी अघि सुतेको बायाँ तिर हेर्दा मैले बार लाएको देख्छु । बार, उता पट्टी जीप जस्तो देख्छु र एउटा कुइरे (अन्य कुइरे पनि छन् भन्ने आभाष हुन्थ्यो) तर, हो! एउटा कुइरे नै हो । साँप होइन, पाइथन बुझिन्थ्यो, पाइथन को टाउको समाएर हातमा लिइरहेको । तेसपछि हाम्रा दाई चाँइ (मेरै एकजना दाइ, खै! कता बाट बार नाघेर पनि कुइरे नेर पुगेर, दाँत चेक गरिरहेको पाइथन को, दाँतै रहेनछ) ए…! । यस्तो के भन्दा भन्दै, पाइथन समाउन प्रयास गर्न पुग्छन् हाम्रा दाई अघि कुइरेले जस्तै तर कुइरे खै! के भन्दै हपार्न खोज्छन् । म हेरिराकै हुन्छु । म चाँइ "खै! यल्ले घाँटीमा बेर्यो भने त मान्छे मर्च" भनेर कुइरे सीत बात मारिरहेको रहेछु । कुइरे तेइ इसारामा खै! अङग्रेजीमा के के भन्छ, म बुझ्दिन । मान्छे त ननिल्ला, म यस्तै के बुझ्छु ।

म अलि पर पुग्दो रैचु, खोला जस्तो हो कि खै! पैरो गाको हो! खोला नै माटो मिसिएको पानी जस्तो, देखिने रहेछ । तर अघिका कुइरेहरूको हुल पनि देखिन्छ । है! हाम्रा गाउँ त कुइरेको destination भएच यार, म यस्तै केइ सोच्छु । खोला नै हुनुपर्च, एकदम्, माटो मिसिएर बगेको, म कुइरेहरलाई हेर्दिन खासै! तर यो दुरी टाढा भए झैँ हुन्च ।तेस पछि म university कि खै के हो हुँदा हो घुम्दै रहेछु । त्याँका धारा जस्तो हो कि कतातिर म हुँदा रैचु । खै! मैले ट्याङ्की जस्तो को पानी खोल्दिन्छु । र मलाई पारी तिर रहेका हरले तेइभर मलाई गाली गरिराको म बुझ्छु । तर, पछि आएर खै! एक जना ठुलो भाँडा लेर माझ्न थालेको देख्छु । म बाटो मास्तिर हुन्छु र यो त university नै रहेको मलाई था हुन्छ । एकजना ठुलो स्वरमा गीत गाएको हो कि जस्तो हुन्च । म नि गाउँथे नि गीत भन्ने जस्तो हुन्च । left तिर केइकेइ selfie लिराको म देख्छु ।


यत्तिकै...,


एक्कासि म क्लाँसमा आइपुग्छु । त्याँ टन्नै छन् खै को को, म चाँइ घर जान हतार गरिराको रहेछु । ब्याग गह्रौं नभएपनि ठुलो छ भन्ने चाँइ मलाई था हुन्छ । क्लाँस ठिकैको ठुुलो छ । भित्तामा कै के, घेरम्ला, फर्सीका का पातहरू जस्तै, मा parasitic plant कि के भनेर अरुलाई देखाइरन्छु । एकछिन गफ भए झैँ हुन्च, एकजना अइलेका साथीले mimicry गर्न भन्च एउटा सरको, म हल्का गर्छु । पछि त अर्को विषय पढाउने सर पनि रहेको म देख्छु मेरो दायाँ तिर अनि म चुप हुन्छु अनि म क्लाँसको ढोकाबाट निस्कन खोज्छु । खै! कसरी क्लाँस त बाँकी छ त भन्दै म अन्तिम भन्दा एक बेन्च अगाडि बस्दो रहेछु । एक्कासि, चार जना chemistry का प्रोफेसर (मलाई था भइहाल्छ,) physical chemistry पढाउन लाको, म बुझ्छु । खै! के के लेख्छन् । अरु तीन जना प्रोफेसर क्लाँसको सुरुमा बसेका छन् । एक जना चाँइ के सोध्दै पछाडि सम्म आइपुग्छन् । मैले चाँइ केइ बुझेको हुँदिन । अइले सम्मै, नपढाको --- यस्तै के सोचिराको हुन्छु । पछाडि बस्ने एक जना त स्कुलमा म सँगै पढ्ने पनि रैच, हल्का दारी झपक्कै भएछ, ती उठेर खै! के भन्चन् । म सुन्चु तर बुझ्दिन । ठ्याक्कै! मलाई सोध्नी पालो आए आए झैँ गर्दा चाँइ बुढा कोइसन सक्यो कि के! भनेर क्लाँसको अगाडि तिर लाग्चन् । राहतै भए जस्तो हुन्च मलाई! तेस पछि assignment पनि के भनेर आर्कै professor लेख्न थालेको म देख्छु । खै! के के...अनि, एकछिन मा अरू अरू पनि के के देखेजस्तो भएर म ब्युझिँहाल्छु । सोचेँ! यो सपना हो? कोइ गम्दछन् कि सपनाहरू पनि कुनै अर्को दुनियाँमा भएका घटनाहरू हुन् । हुन सक्छन् । No idea!

Thursday, 11 November 2021

के गर्दैछस्? - प्रश्न

के गर्दैछस् भन्नुहोला? म लाजले भनुँला, "केही छैन।" तर प्रश्न यसो आउँदो हो भनेरै म लुकीलुकी हिड्दों हुँ। कसम्म प्रश्न जति सरल होस्, बताउन यति गाह्रो र झन्झन्टिलो हुदों हो भनेर बल्ल जानेँ बाबै!

अहो! कसो कसो गरी भनुँ र नभनुँको बिचमा पिरेम पर्छ भन्ने सुनिन्थ्यो। यो पिरले पनि उसै गरी पिरोल्छ भन्ने अलिक जानकार थिइँन। हो न हो! यसो बाटोको बिचमा भेटिएँ भने प्रश्नको जवाफ दिन नै मलाई सकस पर्दो हो भनेर जानेकै पछिल्ला वर्षमा हो। त्यसैले! म पनि अरुलाई विरलै सोध्छु, "के गर्दैछौ भनेर?" यो त प्रश्न नै होइन के, औपचारिकताको यसो मलम मात्र!

मान्छेको हाँसो पनि नक्कली छ। अब मान्छे नै नक्कली भइसक्यो। कसैलाई सोधुँ, - उत्तर नक्कली। बोल्दा खोज्दा - बोली र लवज नक्कली। र यो "के गर्दै" भन्ने प्रश्न पनि एकदम नक्कली! र प्रश्न नक्कली हँदा जवाफ पनि नक्कली नै निक्लने भो।

अब फेरी व्यक्तिको कमजोरी र आत्मविश्वासको कमी बाट ग्रसित व्यक्तिको मानसिकता भएकाले प्रश्नहरुको जवाफ फर्काउने उत्साहमा ह्रास आएको होला भनी मानसिकशास्त्र बाट कोही व्याख्यान सुनाउन्। वा व्यक्तिको हृदयले एक्लोपन महशुस गरको हुँदा एक्लोपनमा डुबुल्की मार्दैछ भनेर काव्य कोही कोरुन्। कोही त  यस्ता सँग नबोलेकै वेश भनेर घुर्की प्रदर्शनी नै गरुन्। तर जे होस्! यो मेरो आफ्नै सोच र व्यक्तित्वको विकास हो। 

"के गर्देछौ?", भनेर मायालुले सोध्लिन्। म प्यार जरुर देखुँला। ठीक छ।
"के गर्दैछस् बाबु?" भन्दा बाबुआमाको म ममता देख्छु।
"के गर्दैछस्?" भन्ने दाजुको प्रश्नमा दाजुको भाई प्रतिको चिन्ता पाऊँला।

तर जब यही प्रश्न अपर्झट हल्का हल्का चिनेका, धेरै धेरै नचिनेका बाट बडो प्रफुल्लित भएर सिधा म कहाँ आउँछ। यस प्रश्नको उत्तर कत्ति हदसम्म पनि उत्तरित गराइराख्नु पर्ने आवश्यक म देख्तिँन्। यसमा हो, पक्कै अन्य प्रतिको मेरो मानसिकता झ्याङ्गिएको भनेर म पाउँदछु। 

हस् त अहिले लाई यति नै!
-----
बलग खाली भएकाले यत्तिकै लेखेको! ःD

Thursday, 3 December 2020

PUBG, अफिम युद्ध र युवा

हामी सिधै भन्न र कल्पना गर्न सक्दैनौँ। हामी भन्न सक्दैनौँ भविष्य कस्तो हुन्छ, इतिहास कस्तो थियो; केही प्राप्त तथ्तहरु, अवशेषहरु, लेखहरु, उक्ति र कथनहरु, आदि इत्यादि बाट भविष्य र वर्तमान अनुमानित वा अर्थ्याइदैँ गइन्छ। आज यो क्षण कुनै जमाना बनिसक्छ, हामी अचल र अवर्णित तवरले कुनै अवशेष सम्म पनि नभई वा नछाडि समयमा हराउँछौँ। 

भनिहालूँ! यो लेखिरहेको समय टिकटक र पबजीका समय हो, वाइफाई र स्मार्टफोनको समयमा हामी कुनै एक थोप्लो बनेर युगमा बाँचिरहेछौँ। यो शुन्य र बेअर्थ वा भरीएको अर्थपूर्ण -लागोस्-!! यस समयको प्रतिनिधि बनेर आजका तन्नेरी पुस्ता, आज मोबाइलका गेममा हराउँछ। गाँजा र रक्सी छदैँ छन्, युवा मस्तिष्क आजको वर्तमानमा यस समय घन्टौँ यो पबजीमा झुम्दछ। यसले तरङ्ग पैदा गर्छ - यो तपस्या हो - यहाँ युद्ध चल्छ‍। सायदै, धेरै अघिका "हामी" ले कल्पना गरेका हुँदा हुन्, यो समयको "हामी" ले जति आँखाले देखिरहेका यस्ता चमात्कारिक सन्सार। र, फेरी हामीले यो सही, गलत, राम्रो, नराम्रो जस्ता शब्द प्रयोगले असर राख्दैनन्। जो छ! छ र होस्!

युद्ध गर्न कुरुक्षेत्र पुग्नै नपर्ने, यहाँ सबै कृष्ण छन्। पाण्डव र कौरव बन्न हतार रहेन। विश्व युद्ध चल्दछ, सन्सारका सारा मानिस मोबाइलका डिब्बामा झुम्दछन् र पनि सन्सार शितल र शान्त छ। यहाँ युवा "शब्द" फलाक्छ, नारा घन्काउँछ र रमाउँँछ। यहाँ विरोध छैन। यहाँ कुनै घात - प्रतिघात छैन। यहाँ हत्या छ, युद्ध र विध्वंश छ र पनि जीवन छ। विश्व नफेरिएको होइन। रमाइदिन किन फुटबल र क्रिकेट खेल्न पर्या छ? एक गेम भिडे भो मोबाइलमा। किल्स का र लेभल का बात मारे भइहाल्यो। कुनै दिन केटीले, "केटा त पबजि नै नखेल्ने परेछ" भनेर बिहे नै नगर्ने भनिदिने जमाना आए पो हरिविजोग नहोला र? नेपालै हो, यस गेमकै नाममा कोरिया र जापान पुर्याउछु भन्ने कोचिङ सेन्टर खोलिए जस्तै अब यही पबजीकै क्लाँस र कोर्स चलाउने सेन्टर खोलिए भने? 

जमाना -गाई भैँसीलाई सङ्गित मात्र सुनाउने होइनः Augmented Reality हेराएर दुध निकाल्ने- गाईवस्तुका मात्रै होइन माछा सम्म लाई पनि Stress पर्न दिन नहुने नत्र माछा मिठो नहुने कुरा सम्म आइसकेकै हुन्। प्रविधिले फड्को मारिसक्यो, र मार्दै छ। घरमा आजकल टुयुब लाइट पिलिक पिलिक गर्दैन, मान्छेका भुँडी बढे पनि टिभी आजकल स्लिम आइसक्यो, पृथ्वी वरपर कृत्रिम उपग्रह र यान पठाइएको पठाइएकै छ - मोबाइलमा खेल खेल्ने प्रक्रियामा दसौँ गुणा परिवर्तन भइसक्यो। जमाना हरदिन नयाँ बनेको हो या पुरानो बन्दै गइरहेको- बुझ्न मुस्किल छ। क
सैले असन कुनै जमानामा कस्तो र कुनै शताब्दीमा कस्तो होला भन्ने कल्पना गरोस्! तर एकै बार बाँच्न पाउने हामीहरुले  मात्र एक र एउटै मात्र स्थिर लाग्ने समय मात्र महशुस गरिरहे झैँ  लाग्दछ। यो महशुस हामीलाई कति अर्थपुर्ण हुन्छ वा यसमा हामी कति अर्थपूर्ण बनेर सजिन्छौँ भन्ने विषय पनि छ। पबजी यस एकै समयको रङ होः कुनै दिन खुइसक्ला तर अहिले माधकता बनेर युवामा फिजिएको छ।


युवालाई भयंकर हुने गरी ऊ बेला चिनिया र बेलायतको युद्ध नै पर्यो। सामाजिक संरचना खैलबलिने गरी गाँजाले युवालाई झुम्याए। अब अफिमलाई नरोकी भएन भनेर चिन सरकारले प्रतिबन्ध नै लाउनु पर्यो र बेलायत सँग युद्धमा होमिनै पर्यो। अबको जमानामा युद्ध पनि भिन्नै होला-नहोला। यस पबजीलाई आधुनिक गाँजाको उपमा नदिऊँ र? बच्न पर्ने आफैँ हो।


~ JPT वा हावादारी लेख्ने क्रममा...





    

Saturday, 17 October 2020

चलचित्र समिक्षा: Selfie King

चलचित्र "सेल्फी किङ" हेर्ने अवसर युट्युब बाटै भो। हल गएर नहेर्ने, नेपाली फिलम लाई केही रुचाउने, केही मन नपराउने तर प्रशंसा भने गर्न पछाडि नपर्ने एक जमात पनि छ; भलै धेरैले त्यति खुलेर मन भने नपराउन् नेपाली फिलम लाई...यस्त अवसर युट्युबले दिएकै छ। बिपिन कार्की अभिनित चलचित्र हुनाले यसमा दर्शकको रुचि र चाँसो हुने भइहाल्यो। फिल्म को निर्माण र प्राविधिक पक्ष भन्दा पनि कथात्मक प्रयास र अभिनिय प्रयास एक हिसाबले समिक्षा योग्य र अन्य चलचित्र भने हेर्न योग्य रहेको मेरो समिक्षा रह्यो।



नेपाली कलाकारको जीवनमा आधारित चलचित्रले बोलेको कथा वास्तविक नै देखिन्छ। कलाकारको जिन्दगी सुखमा बित्ने, आरामदायी र मोजमा बित्दछ भने नेपालीका मानसिकता रहेको विषयलाई खल्बल्याउँदैँ; अरुका जीवन जस्तै -ट्रक चालक जस्तै- हुने गरी दाँजिएर यस चलचित्र कथा बताउने प्रयत्न गर्छ। रक्सी र अनैतिक सम्बन्ध, घर परिवार देखि टाढापन, आफ्नै बाबु बाट टाढा जस्ता विषयबाट आम व्यक्ति भन्दा कुनै पनि फरक नभई, पर्दामा देखिए झैँ जिन्दगी कत्ति पनि नहुने कथाले प्रष्ट पार्दछ ।

कथा सार:
सेल्फी किङ "गोपाल दाहाल" साना पर्दाबाट ख्याती प्राप्त हास्य कलाकार हुन्। आफ्ना बाबु बाट उनको यस पेसा प्रति त्यति खुसी नभएका सेल्फ किङ सबै सामु चर्चित छन्। उनका बाबु सेल्फी किङकै कार्यक्रम हेर्दा हेर्दै स्ट्रोकले ग्रसित भई उपचारत अस्पतालमा जीवनको अन्तिम अवस्था सम्म पुग्दछन्। यस क्रममा कार्यक्रमका लागि सल्लेरी (सोलुखुम्बु) मा जानै पर्ने दोधारत्मक निर्णय बाट सल्लेरी जान्छन्। आयोजक बाट अवेहलना वा बेवास्ता  सहदैँ कार्यक्रमको समय सम्म बाबुको देहान्त भएको खबर पाउँदछन्। बाबु लाई अन्तिममा देख्न भए पनि कार्यक्रम लाई त्यति ध्यान नदिइ काठमाण्डौँ फर्कने प्रयास गर्दछन्।
यी र यीनै घटनाक्रममा सेल्फी किङको पात्र विकास, चरित्रको प्रकाश पारिन्छन् भने विभिन्न व्यक्तिको धारणा पनि दर्शाइन्छन्।


बलियो पक्ष
नेपाली विषयको कथा हुनाले, असान्दार्भिक लाग्रे अन्य चलचित्र भन्दा चलचित्र वास्तवमै उत्कृष्ट लाग्दछ। कलाकार छनोट, अभिनय पक्ष पनि बलियो नै भएको मान्न सकिन्छ। चलचित्रले चुनेको विषय नै यसको बलियो पक्ष हो। हास्य कलाकार भित्रको रोदन र पिडा, अब्यस्त जिन्दगीको वास्तविक दृश्यलाई नै सामान्य व्यक्ति झैँ हुनु नै कथाले प्रस्तुत गरेको त्रासदी हो।
बाबु र छोरा को सम्बन्ध पनि बोकेको हुदाँ कहीँ कहीँ "कर्णाली ब्लुज" पढेका दर्शक लाई (जस्तो मलाई नै) बाबु छोराको सम्बन्ध बारे पनि केही छोएको आभास हुन सक्दछ। मृत्यु, बिछोड र पश्चाताप जस्ता विषय पनि घोलिएको हुदाँ सम्बन्ध पनि केही क्षण, सो विषय पनि प्रस्तुत हुन्छ।  यद्यपी, कथाको मुख्य उद्देश्य भने त्यो अलिक होइन। जे होस्, मुख्य पात्र परिवार बाट टाढा रहेको प्रस्ट हुन जान्छ।


कमजोर पक्ष
नेपाली चलचित्र, सधैँ २ घन्टा भन्दा पनि बढी हुनु आफैँमा कमजोरी हुन सक्दछ। कथा केही दृश्यले भन्न नसक्नु र बढी ‍संवादको प्रयोग बाट पनि कथा अप्रष्टिनु यो चलचित्रमा पनि कमजोरी हो। 
पात्रले अरुलाई हसाउँनु आफ्नो कर्तब्य भनी हिडेँ पनि रक्स्याहा बानीले उनलाई आफु त्यति त्यस प्रति लगाव नभएको देखाउँछ। उक्त बानीले दर्शकमा, पात्र प्रति, त्यति  सहानुभूति प्रकट नगर्न सक्दछ, वा चलचित्रको त्यो उद्देश्य नहुन सक्दछ।
व्यक्तिगत रुपमा, कथाको प्राविधिक पक्षमा अन्य चलचित्र भन्दा भिन्न भएको महशुस हुदैँन। नेपाली चलचित्र हाल जुन किसिमले आवाज, पर्दाको रङको सम्मिश्रण - उज्यालोमा त्यति भिन्न भएको महशुस भने हुदैँन।

 
सुझाव
थोरै दृश्य खिचेर वा थोरै सम्वादको प्रयोग बाट पनि धेरै कुरा, अर्थपूर्ण बताउन सक्ने चलचित्रको कलात्मक पक्ष पनि चलचित्रहरुले पक्ष्याउनु पर्छ। कथा छनोट भने चलचित्रकै बलियो पक्ष सेल्फी किङको मान्न सकिन्छ। कथा कत्ति पनि विचलित नभई चलचित्र भर बताउन सकेको विषयमा भने निर्माताहरुको प्रशंसा गरिनै पर्छ। अन्य चलचित्र निर्माताहरुलाई नेपाली कथा भने पछि, नेपाली समाजकै, यस्ता कथा छनोट गरिनुपर्न सुझाव हो। 


समग्रमा चलचित्र उत्कृष्ट र नेपाली परिवेश सु‍हाउँदो, र सान्दार्भिकता भने बोकेको छ। नवनिर्देशक/लेखक बाट बनेको चलचित्र बाट यस चलचित्रमा आसयोग्य प्रयत्न भएको मान्न सकिन्छ। 


Tuesday, 29 September 2020

सपना पनि कस्ता? (भाग २)


म युवतीसँग छु। अदृश्य प्वाँख भएका पखेटा पलाएको म मा महशुस हुन्छ। पागल भनिएका युवती लाई म छुटाउन गएको म बुझ्दछु। युवती म तिर दौडिदैँ आएको म बुझ्दछु। किराना पसल छेउ मैले किनेको एक पलास्टिक झोला छुर्फी राखिदिन म बुझ्छु। युवती पागल छैनन् भन्ने भेउ मैले पाइसकेको हुन्छु।

युवती मेरै छाती टाँसिएकी छे। मलाई अँगाँलेकी छे। म एक हातले उनलाई लपेट्छु र अर्का हातले डुङ्गा खियाए झैँ गर्छु। हामी माथी पुगेको म देख्दछु। म खोला र बस्तीहरु भएको भेउ पाउँछु। वरपर घाम प्रष्ट देखिन्नन्; सबै पानी रङले पोतिए झैँ निला र समुद्री रङ, अनि कालाले झिसमिस उजेलो भएको म पाउँदछु। यात्रा त्यत्तिकै सकिएको हुन्छ र म युवती को हो पनि चिन्दिँन। यत्तिकै सबै अन्त्य हुन्छ। त्यस पछि के भो म मा चेतना रहन्न।

                                              ‌                                       ***

म उड्दै गई टङ्गारो सम्म आइपुग्छु। पुरुष र महिला सँग आउँदै गरेकाहरु सित यो स्थान कुन हो भनेर म सोध्दछु तर उत्तर पाउँन्न। बोर्ड नेर केही पढे झैँ गर्दछु र यो तराईको कुनै स्थान भएको म बुझ्दछु। 

अलिक वर बढे झैँ गर्दा तल घर बनाउँदै गरेका, पिल्लरहरु देखे झैँ हुन्छ। म त्यस ठाउँ नाघँला झैँ भनेर उफ्रन्छु र उड्छु। खोला तल रहेको देखिन्छ, र मुनितिर सेति ट्याङ्की हो या स्तुपा हो या सेता मन्दिर हो भेउ रहन्न। म उडेँर अझ तल खोला किनार मा  पुग्दछु। त्यहाँ म शिव लिङ्ग भएको र छेउमा एक जना बुढा, दारीवाल जसको म अनुहारको म भेउ पाउँदिन। म सँग खल्तीमा २० का दुई वटा नोट रहेको कसो गरी हेक्का रहन्छ र म ‍एउटा बिसको नोट सो व्यक्तिलाई दिन्छु। सो ठाउँबाट म उठ्छु र छेउमा भर्याङहरु चढेर म अर्कै ठाउँमा म गइरहेको थाहा हुन्छ; म होटेलको रुम मा रहेको थाहा हुन्छ। 

कोठामा हेर्दा पुराना सुटकेसका सामानहरु बिस्तारा भरि कसैले मेरो सामान चोरेर लगिदिएका हुन् भन्ने मलाई लाग्दछ। छेउमा रहेका शौचालयहरु पनि त्यति सफा नरेहेका कुरा म बुझ्दछु। 

                                                                                               ***

सबै बगाएर लग्ने कुरा म बुझेको मलाई थाहा हुन्छ। हाम्रो समुह सानो एउटा घर जस्तो छाप्रो हो या खोला नजिकको टापु जस्तो स्थान: त्यहीं छौँ। हामी अघि आएका पुल भत्काएर लेगेको दृश्य कैद हुन्छ। यो हाइड्रो पावर को हाउस हो र हामी त्यहाँ सुरक्षित छौँ भन्ने कुरा कसैले गरेको मलाई लाग्दछ। म ठ्याक्कै बाहिर निस्कदाँ पानी धमिलिएर, माटा रङका भएको र उफ्रेर, बढेर आएको देख्दछु। 

फर्केर हेर्दा, त्यो पावर हावस पनि बगाउन लागेका र त्यहाँका सबै निक्लेर पारी गइसकेका थाहा हुन्छ। र, म पनि बचेर, कसो गरेर निस्किएको र अहिले घरको भुइँ तलामा २ जना बुढी मान्छेहरुसँग बसेको पाउँदछु। हामी बसेको घरलाई नै हल्लाएर, बसमा बसे झैँ बगाएर लगिरहेको, मलाई थाहा हुन्छ। ती बुढीहरु नआत्तिन भन्दछन्। मैले ती बुढी मानिसहरुलाई पहिले कहिल्यै देखेको मलाई लाग्दैन। खोल्सा, नाला, र भिर बाट हामी खेसे झैँ लाग्दछ, तर खोलै छेउ पुग्दा घर अट्किएको हुन्च र फुत्त निस्कन्छु। घर ले बनाउँदै ल्याएको गहिरो, खाडल जस्तो बाटोहरु पछ्याउँदैँ म शहर सम्म निस्किएको पाउँछु। 

सो खाडल हेर्दै गर्दा चर्किएका सडक भए छेउ आइपुग्छु। म हेर्दै गर्दा कालो गेट भएको घरमा पुग्छु। त्यहाँ एक व्यक्ति कुर्चीमा बसेर समाचार पढ्दैछन्। मलाइ देख्दैनन्। म सिधै ढोकानेर पुग्छु र त्यस ठाउँमा भुँइचालो आएको महशुस हुन्छ। म भने डराएको हुँदिन। 

म नै भुँइचालो भएको मलाई महशुस हुन्छ।

                                                                                                    ***

Tuesday, 19 May 2020

कोभिड १९ लकडाउनमा "कृषि गतिविधि" मा पालिकाहरूको भूमिकाको विश्लेषण र समिक्षा

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ लाई विश्व स्वास्थ्य संगठनले ११ मार्चमा महामारीको घोषणा गर्यो। राजनीति, मानव स्वास्थ्य, शिक्षा, अर्थ-बजार, सामाजिक परिवेश, सामान्य जनजीवन र हरेक क्षेत्रमा यसको प्रभाव विश्वभर परि नै रह्यो। नेपालमा पनि लकडाउन महिनाभर कायम रह्यो भने यहाँको मानवीय दैनिक जनजीवन नै अस्तव्यस्त बन्न पुग्यो।

 

समग्रमा, कोभिड १९ ले कृषिमा पनि असर नपारेको भने होइन। सुरुमा, यातायातमा हलचल नहुनाले कृषि सामग्रीमा ढुवानी र कृषि (खाद्य सामग्री) ओसारपसारमा नकारात्मक असर रह्यो। लकडाउनकै कारण, व्यक्तिको आवतजावतमा मुस्किल हुँदा श्रमको कमि, पशुका दाना अभाव र किसानको दैनिकी बाली कटानी र अन्य कार्यहरूमा पनि प्रभाव पारेकै हो। कृषि जन्य उत्पादन (दुग्ध, अण्डा, तरकारी) ले बजार नपाई त्यत्तिकै बस्नुपर्ने एकातिर समाचार सुनिए भने अर्कातिर शहरबजारमा घर सम्म पुर्याइदिने होम डेलिभरीको सुविधा खोजी भएको भन्ने कुरा पनि रहे। कोभिड १९ कै अर्को मुख्य चुनौती खाद्य सुरक्षा सँग पनि जोडियो। खाद्य सामग्रीमा सम्भावित मुल्य वृद्धि, आयात र निर्यात प्रणालीमा लकडाउन कै कारण समस्या उत्पन्न हुँदा खाद्य सुरक्षाको चुनौती देखियो। झन् हाम्रो जस्तो मुलुकमा बाह्य सामग्रीमै परनिर्भर रहेको बजार भएको हुनाले गम्भीर समस्या देखिनु ठुलो कुरा रहेन। सोही हुँदा हुँदै स्थानीय बजारमा पनि लकडाउनकै कारण बाधा खडा पनि भए।

 

पुर्ण लेख शीर्षक परिवर्तन र केही सम्पादन भई यहाँ प्रकाशित छ: < krishitoday >


Monday, 23 March 2020

Covid 19 विरुद्ध हाम्रो प्रयास

हामी सबैको प्रयास यसैमा:
Everyone as a warrior in Humans Vs Corona
(Battle Ground: Earth ~ episode 2020)

* राम्रोसँग हात धुने (२ चोटी Happy Birthday गाउदैँ २० सेकन्ड सम्म रे)

* नमस्कार गर्ने र भिडभाडमा नजाने, जानैपरे मास्क लगाउने;

* हातले अनावश्यक अनुहारमा नछुने,

* गलत हल्ला नफैलाउने, र अनावश्यक चर्चा परिचर्चालाई महत्त्व नदिने; यसमा हामी डिजिटल साक्षर (Digital literate) हुनु आवश्यक छ जसमा आधिकारिक स्रोत बाट आएका सुचना र जानकारीहरू लाई मात्र पछ्याउने । आफ्नो सामाजिक सन्जालमा पनि सही समाचार र जानकारी मात्र सम्प्रेषण र सेयर गरि असल व्यक्तिको परिचय दिने ।

* शरीरलाई स्वस्थ्य राख्ने प्रयास गर्ने ।

"अरुलाई रोग लागे मलाई पनि लाग्न सक्छ" र "मलाई रोग लागे अरुलाई त नलागोस्" भन्ने मानवीय भावना लाई आत्मसाथ गर्ने ।

Thursday, 30 January 2020

ओखलढुङ्गा: क्षण भरलाई मेेरो नजरमा


युगकवुको विशाल मानव शालिक
पहाडी जिल्लामै पर्दो रहेछ ओखलढुङ्गा! सिद्धिचरण हुर्किएको स्थल र उनको कविता "मेरो प्यारो ओखलढुङ्गा" पहिले नपढिएको र नजानिएको पनि होइन । अवसरै हो । आउने मौका मिल्यो र आएँ । पुर्व तिरको मेरो बसाइँ नौलो हो । अझ भन्दा घुमाईको हिसाबले त्यति धेरै जिल्ला नपुगेको र नघुमेको हुनाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा आइपुग्नु र त्यसमा पनि केही महिना यतै रहन पाउने गरि आउने मौका "अवसरै हो" भनेर अर्थाएको छु ।

पहाडी जिल्लामै जन्मि हुर्केका, वा लामो समय त्यतै घुमी बसेकाहरूका लागि ओखलढुङ्गा भुगोलको हिसाबले नयाँ नलाग्न सक्छ । घर गोरखा भई काठमाडौं हुर्किए पनि पहाडको अनुभव र गाउँठाउँको रहनसहन म बुझ्दछु । त्यसो हुनाले ओखलढुङ्गा अलिअलि मात्र नभई धेरै नै गोरखाकै सक्कल सँग मिल्दा जुल्दा रहेको आभाष पक्का भएको छ । गोरखा बजार पनि पहाडमै टाँसिएको र ओखलढुङ्गा पनि पहाडमै टाँसिएकै जस्तो हुँदा -- यी दुई जिल्ला मलाई उस्तै उस्तै नै लागेको छ । जातीय हिसाबले राई, तामाङ, मगर, नेवार, बाह्रमण आदिको बाहुल्यता रहेको पनि बुझियो । त्यसो हुनाले सांस्कृतिक पक्षबाट धनी भएकोमा दुईमत रहेन । मिलेमा केही जात्राहरू ओखलढुङ्गा बजारका सडकमा हेरुँला पनि!

एेतिहासिक र पौराणिक पक्षबाट महत्त्व रहेको ओखल जस्तै ठुलो ढुङ्गा हाल इटैँइटँले घेरिएर ओखल आकारको संरचना बनाइएको रहेछ । मल्ल र किराँतहरूको युद्धमा किराँतहरूलाई लेखेटी त्यसै ठाउँमा धान कुटी खाएको भन्ने पनि रहेछ । सो संरचनाकै अर्का छेऊ कवि सिद्धिचरणको विशाल मानव आकृतिको शालिक पनि छ । अवलोकन हेतु बनाईएको माथि पार्क सम्म पनि हामी पुग्न सक्छौँ । नेपाल एकिकरणको समयपश्चात् भिमसेन थापाको समयमा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामध्ये ओखलढुङ्गा उक्त समयकै प्रशाशनिक हिसाबले महत्त्व बोकेको स्थान पनि रहेछ । राजा महेन्द्रको समयमा सगरमाथा अञ्चलमै ओखलढुङ्गालाई राखियो । उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर र सिन्धुली, पुर्वमा दुधकोशीले खोटाङ सँग बनाएको विभाजन र पश्चिममा लिखु नदिले रामेछापसँग विभाजनको रेखा कोरेको रहेछ ।
कृषिको हिसाबबाट देशलाई लागेको रोग वा कृषि उत्पादनको हिसाबमा आयात बढी भएको छ भन्ने मलाई लाग्छ । सरसर्ती हेर्दा आजको समय सम्ममा जिल्लाले धेरै गर्न बाँकी नै छ भन्ने मेरो साधा र साझा विश्लेषण नै हो । बसाइँको दौरान घुमाईको अलिक बढी मेसो मिलेछन् भने बुझाई त्यसरी नै बन्ला । यस क्रमहरूमा केही फोटाहरू फेसबुक र इन्स्टामा हाल्ने मौका मिल्ने नै छ । जे होस्! आगामी वर्षहरूमा सामुहिक गफको विषयमा ओखलढुङ्गा निस्किएछ भने रमाईकन चाँइ जरुर भनूँला, "ओखलढुङ्गामा म पनि बस्याछु! राम्रो छ ठाउँ!"

सुनकोसी गा. पा. को भुुक्म्पीय जोखिम लाई ध्यानमा राखि बनाइएको सुन्दर कार्यलयीय भवन

Thursday, 8 August 2019

रिस बारे

आफुले सोचे जस्तो भएन भने रिस उठ्छ । अरुको सोच आफ्ना जस्ता नभएमा नै रिस उठ्छ । मगज जोड जोडले आफु नै ठिक भएको खवर बार बार दोहोराउँछ, अनि चेतना हराउँछ, दम्भ देखिन्छ, आक्रोशका चट्याङ् पोखिन्छन् । र, मान्छे रिसाउँछ । मुख्यतः आफ्ना विषय उठानका कुरा सही अनुरुप नभएमा रिसाउँछ ।

साना कुरामा घोत्लिरहनु स्वभावतः मान्छेको जातै हो । सधैं केही कुराको नतिजा खोज्छ । कुनै समय भनाईमा मत भिन्नता देखिन्छन् । कुनै समय व्यक्ति उच्च ओहोदामा पुग्छ र अरुलाई झुसिलकिराको उपमा दिन पुग्छ, व्यक्तिको दम्भ रिसका प्रथम चरण हो । रिसाउनुका कारण यिनै हुन् ।

रिसाउँदा मान्छे आँखा देख्दैनन् । र, कति समय त आफू के गर्दैछु र बोल्दैछु समेत हेक्का रहन्न । र, बर्बादीको बाटो त्यसै कोरिन्छ ।

आफ्नो दिमाग लाई सिधै फ्रिजको पानी जस्तै शितल राख्नुपर्छ । प्रयास यत्ति हो । रिसाउनुमा फायदा हुन्न ।

Saturday, 2 March 2019

शब्दहरूमा केही...

कहिले कहिले, यसरी सोचेर मात्र पनि नहुने वा नसोचूँ, केइ पनि नसोचूँ, त्यसो पनि नहुने । बडा खल्लो माने खल्लो भइजाने, र रोमाञ्चक माने अनेकौँ कथाहरू आफैँ भइआउला झैँ गर्ने । यहाँ सुत्र छैन । यहाँ मगज छ । सोचको अनेकौँ नदीहरू बगाउँछ । म त्यहाँ डुङ्गामा तैरिन्छु, पौडन्छु र डुब्छु । आजकल कसो कसो नमज्जा छ । यी नमज्जामा अन्धकार आउँछ । म छामछुम गर्दै हिडिँरहन्छु । खै! कहाँ छ रोशनी? दिमाग आजकल बडो नमिठो सोच्छ ।

घाम र चन्द्र पछ्याइरहेका दिन र रातहरू पनि यसै बित्दै छन् । म बाहिर हेर्छु । सडकमा चर्का चर्की आवाज मात्र छन् । मानिसहरू छन् । आवाजहरू छन् । बाटाहरू मृत छन् । कता पो जाऊँ? कता पो हेरूँ? फिक्का निला आकाशमा म केही देख्दिँन । बादल लाग्दछ । आकाशको रङ उडेको पाउँछु । बादल नलागोस् । आकाशको महत्त्व हराउँछ । बाटाबाट आवाजहरू नसूनँ । कति दिक्दार लाग्छ । बाटाका आवाजहरू कानमा ठोक्किउन् । पुन: वाक्क लाग्छ । हावा छन् वा हावा छ । म सास फेर्छु । सास फेरिएको छ । भित्ता हेर्छु । झ्यालका पर्दाहरू वस्त्र हुन् मेरा । म प्युपा माने प्युपा! म अझै अन्डा माने अन्डा! म मृत बाकसमा मृत लास? होइन, उठेर म पर्दा खोल्छु कोठाका । उही आकाश छ । उही नै छ आकाश ।

आजकल बिहान उठ्नु र नउठ्नु को प्राय अर्थ पनि त देख्दिँन नि म । छिटो उठूँ, काम केही छैन । ढिला सम्म सुतूँ त घामले जिस्काउँछन् । सुन्तला रङका वास्नादार घामका किरण जब आँखामा पानी छ्याप्छन् । म जाग्छु र पुन: पल्टन्छु बिस्तारामा । भगेँराहरूको चिरचिर चुर चुर को आवाजहरू आजकल सुन्दिँन । तीनले गिज्याउनु र नगिज्याउनुसँग मेरो सुताइको कुनै मिलन छैन । प्रत्येक दिन मनमा एउटा ठुलो चित्कार जागी उठ्छ, "अब के गर्ने? के गर्ने? कता जाने?" अनेकौँ कायर शब्दका उपाधीहरू दिएर आफैँलाई गिज्याउँछु र फेरी आफैँलाई बडा बौद्धिक, टाँठो बाठो मान्छेको तक्मा भिराइहाल्छु । आश्चर्य छ यसकारण, कि म छु र म मेरा लागि सुन्छु । म आफैँलाई पढाउँछु र यहाँ कुनै गुरूहरू भेटिन्न् । कुनै जानुपर्ने कक्षाकोठा छैन । र, यी दिनहरू बढी अल्छि लाग्दा मात्र म भन्न सक्दिँन । मनमा अनेकन अनेकन विषयहरू सम्झाउन बुझाउन बताउन आए झैँ लाग्छ । आजकल यस्सै छु । होइन, म मृत होइन ।

एकपटक वडो कल्पिएर सोच्छु । यो जिन्दगी गोलभेँडा हो । गोलभेडैँ हो । पिचिक्क, थिचिक्क थिच्दा त्यो मर्यो कि जिवित भयो, वा पुन: त्यसले नव जीवन पायो । जिन्दगी गोलभेँडा हो भने बारबार फुटूँ र संवाद लिएर जिब्रोमा सजिऊँ । है? होइन! जिन्दगी गोलभेँडा हुनै सक्दैन । यो केही जस्तो पनि छैन । छैन, केही जस्तो पनि छैन । होस् जे भए पनि होस् । यो गोलभेँडा भए पनि होस्, आलु भए पनि होस् । जे होस्, होस् । घाम सँगै उठ्ने र घाम अस्ताए सँगैँ अस्ताउने, यही दिनहरू नै त होलान् नी जिन्दगी भनेका । बढी शब्द के के मात्र लेख्नु नलेख्नू? घाम अस्ताए सँगै एउटा दिन सक्कियो र बिलायो निलो आकाश, जिन्दगीको एक दिन! यसरी नै...

घाम डुब्नै लाग्दा आकाशमा चराहरूका उडान हेर्नुपर्छ । छतबाट मै पनि जब बिदाइ गर्न लाग्छु, आकाश रोए झैँ गर्दो हो? एउटा दिन बित्यो । म पारी तिर बाट चोयाइरहेको कालो रङले छोपिएको पाउँछु । र खोज्छु, आफैँलाई... सकियो, आजलाई सकियो । भोली फेरी यसरी नै अर्को घाम डुब्नेछ...

कहिलेकाहीँ यस्सै सोचिरहन्छु । नसोचिकन बस्दा पनि ठीक छ । सोचूँ केही छ, केही पनि छैन । केही छैन भमेर सोच्छु फेरी मनका अनेक तरङ्ग । आजकल के के सोच्दछु । दार्शनिक बनेर सोच्न मन लाग्छ । मैले सोचेँ जतिको प्रयास गर्छु । मगज हुर्किएको हो कि?

Friday, 8 February 2019

प्रेमका अनुच्छेद

म प्रेमका कविताहरू लेख्ने भएको थिएँ । मनमा कम्पन लिएर आए झैँ, म एउटा मानिसलाई मन पराउने भएको थिएँ । र, कविताहरू बगेर आउँथेँ । म मन लेख्थेँ । मनमा कसैका लागि म शब्दहरूको सङ्कलन गर्थेँ । लाग्थ्यो, म कसैका निम्ति यत्ति सरल, यत्ति चोखो बन्नेछु । मलाई राम्री लाग्ने मान्छेलाई म फेरी सम्झन्थेँ । र, फेरी समझन्छु ।

बाटामा हिडँदा उनैलाई देखूँ देखूँ झैँ लाग्थ्यो । यस्तो पनि हुँदो रहेछ । नदेखेको दिन म खिन्न भएर उदास भएको हुँदो रहेछु । कसैलाई देखेर मन हल्का हुनु यो कस्तो आभाष थियो ? तर, जब उनलाई देख्थेँ, म उनलाई हेरेर मुस्कुेाउन खोजे खोजे झैँ र यी आँखा यति लोभी बनेर नियाल्थे । समय त्यस क्षण रोकियोस् । त्यसै क्षण रोकियोस् । मुटुमा पुन: यस्तो कम्पन जाग्थ्यो । म बोल्न सक्दिनथेँ । म त्यस क्षण सम्झिन्थेँ । यी क्षण म पछि पछि, र धेरै पछि पनि मेरो मस्तिष्क बाकस मा कैद गरेर राख्नेछु । किनभने, मैले जानेको प्रेमका विषयमा जानेको एउटा मुस्कान थियो, कसैलाई नियालेर हेरिरहन सक्नु र घन्टौँ कसैको बारे सम्झेर समय कटाउनु । यी प्रेम थिए । मैले यसैलाई अर्थ्याएँ । र, हामी हेराहेर छुटिन्थ्यौँ । त्यहाँ कुनै बोली थिएनन् तर यस्तो कि हामी कति गहिरा बात मारिरहेछौँ । त्यो समय म अझै सम्झन्थेँ । मलाई राम्री लाग्ने मान्छेलाई म फेरी सम्झन्थेँ ।

कसैको मन जाँच्न सक्ने भए पनि मलाई खाँचो थिएन । तर, सधैँ लाग्थ्यो के उनी पनि त्यस्तै महशुस गर्दी हुन् । के उनी कसैलाई यसरी नै सोच्दी हुन्? म सोच्थेँ । के उनी पनि त्यस्तै सोच्छ्नि्? सोच्छिन् होली त? म जान्दिनथेँ । तर, मलाई थाहा थियो कि मेरो मनमा कसैका लागि यति धेरै शब्दहरू छन् । मलाई कोही यति सुन्दर लाग्न थालेको छ । र, म पछि पनि सम्झिरहनेछु । र, म अझै सम्झन्छु । मलाई राम्री लाग्ने मान्छे म अझै सम्झन्छु ।

सबैभन्दा सुरुमा मैले उनलाई कहाँ देखेँ भन्ने सम्म हेक्का छैन । तर, अन्तिम समयको दिन मलाई पुरापुर जानकारी छ । त्यसदिन पछि मैले अब कहिले पनि उनलाई फेरी देख्छु पनि वा देख्दिँन, मलाई थाहा थिएन । होइन, यो कुनै मृत्युको वा नाटकीय विछोड थिएन । यसमा पुनर्मिलनको आसा थिएन । मुख्य: कुरा यहाँ प्रेमै थियो थिएन, मेरो बुझाईमा थिए भनिए पनि म भन्न सक्दिँन । त्यसदिन पछि हाम्रो भेट भएको छैन । वा, भनौँ मैले फेरी उनलाई हेरेर मुस्कराउन पाएको छैन । म मेरो अनुहारमा एउटा मीठो मुस्कान लिएर पुन: उनको सामु देखिँन पाएको छैन । को के जान्दो होला? कताकता अझै लागिरहन्छ र अझै सोधिरहन्छु, के उनी पनि त्यस्तै सोच्थिन् । के उनी पनि त्यस्तै महशुस गर्थिन् ? अव्यक्त मुस्कानमा के उनी पनि केही खोज्थिन् । के मुस्काउँदामा प्रेम झल्कन्न? मलाई राम्री लाग्ने मान्छे म अझै सम्झन्छु ।

म त्यस समय पनि लेख्थेँ र अझै सम्झन्छु र लेख्छु । यी मनमा उदाएका अनेकौँ कल्पनाहरू के त्यत्तिकै सिमित रहुन् ? म यो कथामा उनी सित पन: भेट भएको हेर्न चाहन्छु । र, म कस्तो सोच्थेँ भनेर सुनाउन चाहन्छु । म सँग उनलाई सम्झनु बाहेक अर्को कुनै उपाय छैन । मनमा मैले सोचेको प्रेम अझै बाल्छु । म उनलाई अझै सम्झन्छु ।

Tuesday, 9 October 2018

र, समयमा केही शब्दहरू...

समय अलिक बितिसकेछ । यता अलिक भ्याइनभ्याइ छ । दिमाग भित्र अनेकौँ ज्ञान हुल्ने प्रयास गर । आँखाले सपना देख्छन् । धेरै पो छ । प्रत्येक दिन बितिरहेछ, भोली बोलाउँछ र तान्दा तान्दै हप्ता र महिना बित्यो । वर्ष बोलाइरहेछ । कसरी र के लेख्नु, के सुनाउनु, के भन्न लगाउनु भन्दा भन्दै मन र दिमागका खाडलहरूमा कसैको लागि ठुुलो खाडलहरू... कता कता के के सोची भ्याउनु छ ।

आगामी महिनाहरूले अलिक धेेरै ल्याउन् । यता कस्तो कस्तो समयमा दगुरिरहेछु । दिन त यत्तिकै बित्दामा छ ।


Friday, 11 May 2018

कल्पना! कल्पना! कल्पना

म सोच्छु, पागल झैँ सोच्छु । मनमनमा नाना कुरा खेल्छन् । हावाहुरी चले झैँ, कस्तरी सोचिरहन्छु कल्पनाहरू, कहिलेइ नघट्ने घटनाको चित्रित दृश्य, कल्पिएका संवाद, र दिमागमा अनेकौँ सोचहरुको युद्ध चलिरहेको ।

डाहामा मरेर कहिले, कसैको प्रगति!!! आफुले पनि जित्न पाएको हुँदो हुँ भन्ने मनको कल्पना, भ्रम! यहाँ आफैँ सँग अनेक टुक्रा टुक्री अइनाहरू छन् । प्रत्येक बाट आफैँलाई हेर्दामै ठिक्क! फूल बनेर आफु सुवासित बनेको अवास्तविक कल्पना, हावामा हलुका बनेर उडिरहेछु । फेरी, कल्पनाहरू कस्ता? कतै कसैको प्रेमी बन्न पाएँ भन्ने हुँदा रमाएको छु, संवादमा अनेक रमाइला डाइलगहरू स्क्रिप्टेड! कतै कुनै कार्यक्रममा म गाइरहेछु, स्याबासी थापीरहेछु । म एक्लै बोल्छु । क्या! मिठा घटना हुन् । कति मिठा घटना छन् ।

अन्धकारमा, वा मधुर प्रकाशमा म एउटा कलाकार बन्छु र संवाद बोल्छु । म मा अभिनय देखिन्छन् । र, हेर्नेहरू यस एतिहासिक र साहसिक अभिनयमा मलाई हेर्न पाउने अवसरमा छैनन् । म बन्द कोठामा तपस्विको ताज लाएर एक्लै कल्पनाको घिउमा चिउरा चपाइरहेछु । मुखबाट पानी आइरहेछ । आइरहेछ, मगजमा दृश्यहरू । चलचित्र बनिरहेछ । म एक्कासि निर्माता, पनि बनेछु । कलाकार त थिएँ, थिएँ । चेतना भो, एकदम माथि उठेर कल्पिएँ र म दर्शक पनि बनी भ्याएँ । दर्शक ताली पिट्छ । सलाम! अभिनय, क्या अभिनय! सलाम! मेरो प्रिय कलाकार! सलाम!!!

हिजो मात्रै म उनकै कल्पनामा थिएँ । म पनि सोच्छु, सोच्छु र सोचको दीर्घ रुप मेरो आवस्तविक मेरो परिधि भन्दा बाहिरका घटना परिवेश मनमा नचाउनुमै म नाच्छु । म भित्ता देख्दिँन, जीवित चित्रहरू पनि झुन्डिएका छन् । अब म फोटोग्राफर पनि भएँ । म मेरो दिनको, जीवनको कुनै पनि तस्बिर लिन सक्छु र म डाक्टर स्ट्रेन्ज बनी भ्याउँछु । म आफ्नो भूत, भविष्य, वर्तमान सबका सब एक पलमा कल्पिन सक्ने बनि सकेको पो हुन्छु ।

त्यही त, हिजो मात्रै म उनको कल्पनामा थिएँ । सोचेँ कि उनी म वरपर भएकी भए म मुस्कुराउने थिएँ । आफैँलाई झनै असल, सोझो पाउँछु । म काँडा बिनको गुलाफ हुँ, हुँ एकदम कोमल फूल झैँ । म पुरुष हुँ उमेरले अब वयस्कपथमा लम्किरहेको । आफैँलाई अनेकौँ प्रीय शब्दहरूले एक्लै सम्मान गर्न मन लाग्छ । आफ्नै प्रिय छु । म आफ्नै प्रिय छु । र, ठीक छु । यी कल्पनाका डुङ्गा खियाउँदा उनलाई पनि बारबार सम्झिरहेको हुन्छु । कसम्म! अनेकौँ घटनाहरू दृश्यमा । म उनलाई के भन्थेँ होला, उनले के भन्थी होली, उनले के सुनाउँथीँ होली, म यसो भनिदिने थिएँ । र, म आफुलाई अब नाटककार वा स्क्र्पिट राइटर पनि बनेको पाउँछु । वा, वावा! कति खुबी छ म मा, च्याट संसारमा केइ बोल्न र सुनाउन नसक्नुहुने मानव यहाँ के के लेखिरनुभएछ । के लेख्नुहुन्छ---? म प्रेममा पनि छु, उद्घोष आफैँ सीत छ । अरुलाई सुनाउन सक्दिनँ । खास गरि, उनलाई, सुनाउन सक्दिँन ।

नानाथरी भावना, र कल्पना एकीकृत भएर सँगसँगै छन् । अनेकौँ अनेक कल्पनाहरूले मन सिंचित छ । म प्वाँख झैँ हलुका छु । हावा झैँ हल्का । काग झै का' का' कराइरहेको छु । मनमा ठुलो चिच्याहट छ । कतै शान्त पनि छ । म शान्त लाई पनि पछ्याउँदै हुन्छु । उनलाई पनि पछ्याउँछु । तर, खासमा म पागल नै भएको होइन । म यसैको खोज छु । शब्द रसले आफैँलाई सजिन्छु र फूल्छु । म आफ्ना अनेकौँ कल्पना भित्र, मेरो शब्द घर भित्र ओत लागेर तपतप पानीमै पनि भिज्न खोजिरहेछु । तर, कल्पनामा म आफैँलाई समय सापेक्ष त ढालिरहेको छु । मेरो सफलता नामको जहाज यसैमा तइरियोस् कि कुनै घटना, कम्तिमा कुनै घटना त वास्तविक र धेेरै वास्तविक बनेर आओस् । भएर आओस् । आज, म एकदम साधु हुँ । म तपस्यामै छु । म, सोचमा छु, धेरै सोचमा छु ।

Wednesday, 7 March 2018

...

अनि हिजोआज ब्लग लेखम्ला भन्दाभन्दै महिना गइसकेछ । अनिकि! यो बल्गलाई चिटिक्कि रङसङले पोतेर घर रङ्गाए झैँ रङ्गाउन यो कोडिङ, Css के जाति, अलिक अझै जानिया छैन । हे । जेहोस्, अनिकि! बडो सम्झेर यो थोत्रो मगजलाई फेरी कोतरेर शब्द निकाली आज एउटा अनुच्छेद लेख्न लगाएँ । रमाएँ ।

विगतका महिनाहरू ठीकै सँगै बिते । फेरी के सुनेँ भनेँ बेलबेला लेखिरहे! वा जोर्नल लेखिरहे दिमागलाई सन्चो र सुख हुने कुरा बुझ्नमा आयो । जोर्नल नै त होइन, लेख्दा आफ्नो मगजका नेगेटिभ र पोजेटिभ पक्षलाई सँगालेर बल्गमा फिजार्न सके, एक त पाना पनि भरिने र दिमागलाई मेडिटेसन गरी माइन्ड कन्ट्रोल हुने कुरा पनि रहेछ । सोचेँ, ठीकै हो ।

अनिकि, यो गुगलडनले थाही नदिई बल्ग डिलिट गर्छ रे! तेसो त मेरो मा नगर्ला, हाहा गरे पनि के! भन्नलाई अरु केही पनि छैन । ठीकै छ!!! :) अरु भन्दै, सुनाउँदैँ गरम्ला!! हल्का! गिटार नि सिक्दै होन्त! 😇

Saturday, 2 December 2017

सोच्नुस्

सोच्नुपर्छ । हामी सोच्छौँ । सोचिरहनुपर्छ । हामीले जानेका कुरा सोच्नुपर्छ । हामीले नजानेका कुरा सोच्नुपर्छ । जीवन छोटो छ र जानिएका र नजानिएका विषय धेरै छन् । र, त्यो सोच्नुपर्छ । पोख्त र निपुण भन्ने विषय केही छैन । सिकाइमा कमजोरी । अल्छिले डेरा जमाउँछ । निद्रा लाग्छ । खाना खान पर्यो । अल्छि लागिहाल्छ । रोग लाग्छ । जीवन छोटो छ । सिक्नुपर्ने के हो? ज्ञान भनेर अर्थ्याइएका ज्ञान नै हुन् । अथवा के होइनन् ।

चुप्प बस्नेहरु भिक्षु हुन् । मनमा केइ छैन । वा, छैन भन्छन् ।
वैज्ञानिक पनि हुन्छन् । खोज गर्छन् ।
बाटामा हिड्नेहरु, वा डिग्री पास नभाकाहरु, वा धर्मात्माहरु, वा दर्शन बोल्नेहरु, वा वेद जान्नेहरु सबै सिकाइ बोल्छन् । सुत्र सबैको आफ्ना आफ्नै र भोगाइसँगै बुझाई फरक फरक!

सिकाइ के हो? जान्नु के हो?
सोच्नुपर्छ ।

हामी आनन्द खोज्छौँ । शीतल खोज्छौँ । न ताप होस्! न चिसो! शरिरलाई आनन्द! आनन्द यो माने कि ठीक सँगको आनन्द! न हाम्रो शरिरलाई आराम, न हाम्रो मनलाई आराम! भौतारिन्छ । समत गएको गएकै, गएको गएकै! मन आत्तिएकै! आत्तिएकै । फेरी हामी ज्ञान भन्छौँ! सोच्छौँ! आनन्द कहाँ छ ।

हामी बुद्ध होइनौँ । हामी अब जङ्गलै पस्न सक्दैनौं । सके! कोही ठिक छ । अनि, यो हृदय, शरीर, सोच, मन, आवेग, भावना, मस्तिष्क एकसेएक नानाथरी बोल्छन् । मन बोल्छ? के बोल्यो? के बोलेन? ज्ञान काम लाग्यो? लागेन? लाग्यो? पूर्ण भन्ने के छ? जीवन छैन ।

सार! भन्नु नै आनन्दको बाटो! दिमागलाई आनन्दसँग राख्ने! ज्ञान भन्नु नै यही मनलाई पकडमा राख्ने! यसलाई उत्ताउलो हुन नदिने! यो शरीरलाई सुख भोगी हुन नदिने! 

सोचिरहने, घोत्लिरहने! शरिरको पीडा होस् या मनको हल एउटै! मनलाई वसमा राख्ने! अर्थ देखे अर्थ बोक्छ! अर्थ माने अर्थ मिल्छ । सब सोचमा! तेसैले सोच्नुस्! सोच्नुपर्छ । तमाम! समयका भोगाइहरु अर्थ्याउनुस्, मान्नुस्, बुझ्नुस् । केही ग्रन्थहरू सोच्नुस् । जति असल कुरा छन्, सप डाक्नुस् । सोच्नुस् । ज्ञान तेहीँ छ । यो जीवननै ज्ञान हो । सोच्नुस् ।

SDGs in Nepal

Achieving the Sustainable Development Goals (SDGs) in Nepal by the 2030 deadline is a major national aspiration but also a complex challeng...